किसानद्वारा ७ वटै प्रदेशमा सरकारको नीति, कार्यक्रम र बजेटबारे सुझाव पेस
२४ जेष्ठ २०७८
•
२ मिनेट पाठ
किसानद्वारा ७ वटै प्रदेशमा सरकारको नीति, कार्यक्रम र बजेटबारे सुझाव पेस
राष्ट्रिय कृषक समूह महासंघ नेपालका७ वटै प्रदेश कार्यसमितिहरूले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरूमा आ.व. २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमार्फत समावेश गरिनुपर्ने विषयमा सुझाव पेस गरेको छ। सबै प्रदेशले असार १ गते बजेट ल्याउँदै गरेका सन्दर्भमा यस्तो सुझाव दिइएको महासंघले जनाएको छ।  




प्रत्येक प्रदेश समितिका सदस्यहरूको सहभागितामा जुमका माध्यामबाट छुट्टाछुट्टै बैठक बसी साना, भूमिहीन, सीमान्त तथा महिला कृषकहरुरूको समस्या तथा सवाल संकलन गरी इमेलमार्फत सुझाव पेस गरिएको महासंघका अध्यक्ष नवराज बस्नेतले जानकारी दिए। प्रदेशस्तरीय उक्तअन्तक्र्रियामा सम्बन्धित प्रदेशका सरकारी प्रतिनिधि तथा महासंघका तहगत संरचनाका प्रतिनिधिहरूको सहभागिता थियो।

अध्यक्ष बस्नेतका अनुसार प्रदेश नं. १ मा २८ बुँदे, २ मा २७ बुँदे, वाग्मती प्रदेशमा २५ बुँदे, गण्डकी प्रदेशमा २७ बुँदे, लुम्बिनी प्रदेशमा २९ बुँदे, कर्णाली प्रदेशमा ३० बुँदे र सुदूरपश्चिम प्रदेशमा २८ बुँदे सुझाव पेस भएको छ। यस्ता सुझावमा कोभिडलक्षित किसान प्याकेज, साना, सीमान्त, महिला, भूमिहीन समुदाय एवं युवालक्षित कृषि उद्यम विकास, रैथाने बिउविजनको संरक्षण, संवर्धन र प्रवर्धन, समयमा कृषि सामग्रीको उपलब्धता, किसान वर्गीकरण, कृषि तथा पशुपक्षी बिमा, जग्गा भाडामा लिइ गरिने करार खेती, कृषि अनुदान, समर्थन मूल्य, उत्पादनको बजारीकरण, प्रांगारिक खेती प्रवर्धनलगायत साना किसानलक्षित कार्यक्रमसम्बन्धी विषय समेटिएका छन्।

यसैगरी महासंघले संघीय सरकारको बजेटमा मल कारखाना र दूध कारखाना जस्ता केही महत्वाकांक्षी योजनाले गर्दा झट्ट हेर्दा बजेट बढेको देखिए पनि देशको अर्थतन्त्रको गार्हस्थ्य उत्पादनमा कृषिले गरेको योगदानका आधारमा बजेट नपाएको भन्दै असन्तुष्टि जनाएको छ। त्यसै गरी कृषि क्षेत्रलाई उत्थानशील क्षेत्र र अर्थतन्त्रको प्रमुख आधारकारूपमा विकास गरिने, खाद्य पोषण सुरक्षा अधिकार सुनिश्चित गरिने, कृषियोग्य जमिनको चक्लाबन्दी, सामूहिक र करारखेतीको विषय भनिएको तर यसलाई सुनिश्चित गर्ने आधारका रूपमा रहेका ग्रामीण कृषक समूह र कृषि सहकारीको समन्वय र स्थानीयतहहरूको स्वामित्वमा साना भूमिहीन र सीमान्त किसानको सहभागिताको सुनिश्चितता आवश्यक छ भनेको छ।  

उत्थानशील र पर्यावरणीय कृषिको प्रवर्धनमा योगदान गर्ने समुदायलाई सम्बोधन गरिएन भन्दै महासंघले माग गरेको छ– कृषि बिमाको दायरा बढाउने पनि भनिएको छ फेरि ७५ प्रतिशत अनुदान दिइँदै आएको कृषि बिमा घटाएर ५० प्रतिशतमा झारिएको छ। यो प्रतिगामी भयो। यसलाई सच्याइ पुनः ७५ प्रतिशत बनाइनुपर्छ। बिमा प्रवर्धनमा स्थानीय सरकारलाई समेत नजोडिएसम्म यसको प्रभावकारिता रहँदैन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस