गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे
२० जेष्ठ २०७८
•
३ मिनेट पाठ
गत वर्ष संघबाट ५५० किलोमिटर सडक कालोपत्रे
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे गरेको तथ्यांक सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७७/७८ आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संघीय सरकार मातहत पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जनाए।  




सोही अवधिमा पाँच सय चार किलोमिटर ग्राभेलर दुई सय ८४ किलोमिटर कच्ची सडक निर्माण भएको छ। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुुसार मुलुकभररणनीतिकर स्थानीय गरी कालोपत्रे सडक १५ हजार ९ सय ७४ किलोमिटर पुगेको छ।

ग्राभेल सडक ८ हजार ५ सय ८२र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर पुगेको छ। चालु आवको आठ महिनामा एक सय २९ पुल तयार भएका छन्। गत आवमा दुई सय १० वटा पुल निर्माण सम्पन्न भएको थियो। सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलकभर ९१ प्रतिशत जनसंख्यामा खानेपानीको आधारभूत पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ। चालु आवको आठ महिनामा एक लाख ५५ हजार ८ सय ८ जनसंख्यामा थप खानेपानीको पहुँच पुगेको हो। सरकारले सम्पूर्ण नेपाली जनताको घरधुरीमा शौचालयरहेको जनाएको छ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमाराष्ट्रिय गौरवका आयोजनाले अपेक्षाकृत रूपमा कार्यसम्पादन गर्न नसकेको देखिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार मध्यपहाडी (पुष्पलाल) लोकमार्गको आठ महिनाको अवधिमा ५६ किलोमिटर मात्रै कालोपत्रे भएको छ। यसको १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९७० किलोमिटर मात्रै कालोपत्रे भएको छ।

मध्यपहाडी लोकमार्गमा १२९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुन मशान्तसम्म ८४ वटा पुल निर्माण सकिएको छ, जबकि २०७७ असार मसान्तसम्म ९१४ किलोमिटर सडक कालोपत्रे भएको थियो। चालु आवको आठ महिनामा हुलाकीराजमार्गको निर्माण कार्य पनि अत्यन्तै सुस्त देखिन्छ। उक्त अवधिमा १४६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। १७ सय ९२ किलोमिटरमध्ये गत फागुनसम्म ६५८ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। योराजमार्ग अन्तर्गत २१९ वटा पुल निर्माण गर्नुपर्नेमा गत फागुनसम्म ९९ मात्रै निर्माण सकिएको छ।  

यी दुईराष्ट्रिय गौरवका आयोजना मात्रै होइन उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी करिडोरको निर्माण कार्य पनि अपेक्षित गतिमा हुन सकेको छैन। गैंडाकोट–राम्दी–मालढुंगा खण्डको २४५ किलोमिटरमध्ये फागुन मसान्तसम्म १५ किलोमिटर मात्रै कालोपत्रे सकिएको छ। कर्णाली करिडोर २८० किलोमिटर ट्र्याक खोल्नुपर्नेमा फागुन मसान्तसम्ममा २५१.८ किलोमिटर मात्रै ट्र्याक निर्माण भएको छ। कोसी करिडोर १६२ किलोमिटरमध्ये चालु आवको दोस्रो चौमासिकसम्म दुई किलोमिटर मात्रै चौडा गरिएको छ। यो सडक खण्डमा गत असार मसान्तसम्म ६८ किलोमिटर ग्राभेल गरिएको थियो।

आठ महिनामा डेड लाख सवारी साधन थपिए

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता भएका छन्। कोभिड महामारीबीच चालु आवको आठ महिनामा एक लाख ५० हजार ७६५ सवारी साधन थप भएका हुन्। नयाँ दर्ता भएकामध्ये ७९.३ प्रतिशत दुईपांग्रेर १.४ प्रतिशत बस छन्।  

९३ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको तथ्यांक सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। चालु आवको ८ महिनामा थप तीन प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको हो।  

नेपालमा विद्युत उपभोग गर्ने ग्राहककको संख्या ४९ लाख ९३ हजार पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। गत फागुन मसान्तसम्म भारतबाट १४८८.९४ गिगावाट आवर बिजुली आयात गरिएको थियो। विद्युत् चुहावट १५.३ प्रतिशत छ। गत फागुनसम्म ऊर्जा खपत परम्परागततर्फ ६८.६ प्रतिशत, व्यापारिकतर्फ २८.२ प्रतिशतर नवीकरणीयतर्फ ३.२ प्रतिशतरहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
अर्को समाचार
सडक कालोपत्र गर्न विश्व बैंकको सहुलियत ऋण
१८ माघ २०८०
•
३ मिनेट पाठ
सडक कालोपत्र गर्न विश्व बैंकको सहुलियत ऋण
त्रियुगा नगरपालिका भवन। तस्बिर: महेश्वर/ नागरिक
उदयपुरको गाईघाट बजारक्षेत्रको सडक स्तरोन्नति गर्न विश्व बैंकले एक अर्ब रूपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ। सदरमुकाम र जिल्लाकै जेठो स्थानीय तह रहेको त्रियुगा नगरपालिकाको बजारक्षेत्रका विभिन्न सडक आधुनिक र सुविधा सम्पन्न हुनेगरी स्तरोन्नति गर्न उक्त सहुलियत ऋण प्रदान गर्न लागेको हो।  




विश्व बैंकले नेपाली एक अर्ब रूपैयाँ लगानी गर्ने त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले बताए। उनका अनुसार विश्व बैंकले दिने ७८ लाख अमेरिकी डलर अर्थात् एक अर्ब रूपैयाँले गाईघाट बजारक्षेत्र समेटिएको वडा नम्बर ११, गाईघाट बजारसँग जोडिएका १०, १२ र १३ वडाका आन्तरिक सडक स्तरोन्नतिसहित कालोपत्रे गरिनेछ।  

सो सहयोग रकमबाट विभिन्न ९ वटा योजनाअन्तर्गत १४.५ किलोमिटर सडक आधुनिक प्रविधिमा कालोपत्रे गर्नेगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाइसकेको मेयर बस्नेतले बताए। विश्वका विभिन्न देशमा भौतिक विकास गर्ने नीतिअन्तर्गत यो सहयोग त्रियुगालाई प्राप्त भएको बस्नेतको भनाइ छ। तत्कालीन जिल्ला विकास समितिले गरेको साविक गाईघाट टाउन प्लानिङ क्षेत्र र त्रियुगा करिडोरका विभिन्न सडकको स्तरोन्नति हुनेछ। जसअनुसार पिपलचोक–सिमलटार सडक, बाबारानी–डिएम गेट, पिजी चोक–फुलचोक–बोटेटोल शिवालयटोल–करमगाछी, प्रगतिटोल–साकेलाटोल, सगरमाथा कृषि बजार पश्चिम–जनप्रेमीटोल–बिसनपुर त्रियुगा करिडोर खण्डका सडक निर्माण तथा कालोपत्रे गरिनेछ ।

यो आयोजना सञ्चालन गर्न ३ वर्षअघि नै विश्व बैंकले नेपाल सरकार, सहरी विकास मन्त्रालयमार्फत त्रियुगालाई सहमति दिएको थियो। ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम (युजिआइआइपी)’ अन्तर्गत नगरपालिकासँग गरेको सहमति विभिन्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्र्ने क्रममा अहिलेसम्म लागेको हो। नगरपालिकाका चारवटा वडाका ९ वटा सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रे गर्ने गरी भर्खरै ठेक्का प्रक्रिया अघि बढेको र माघ पहिलो साता टेन्डर आह्वान भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए। उनका अनुसार ठेक्कासम्झौता भएलगत्तै भटाभट काम सुुरु गरिहाल्ने योजना छ।  

नेपाल सरकारको निर्णयअनुसार विश्व बैंकको सहयोगमा ७ प्रदेशका ३३ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गरिनेछ। ती सबै आयोजना सञ्चालन गर्न विश्व बैंकले नेपाललाई १ अर्ब ५० करोड अमेरिकी डलर (करिब २ खर्ब रूपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको मन्त्रालयले जनाएको छ।  

विश्व बैंकको लगानीमा बन्ने सडक ‘डबल लेन’ र ‘स्ट्रिट लाइट’सहित अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा बन्नेछन्। अन्तर्राष्ट्रिय स्तरको सुविधा उपलब्ध सडक निर्माणले भर्खरै निर्माण सम्पन्न भएका मदन भण्डारी लोकमार्ग र सगरमाथा लोकमार्गसँग बजारलाई जोड्ने गाईघाट बजारको शोभा निकै बढ्ने अपेक्षा गरिएको छ। यसअघि धरानदेखि चतरा, रामपुर, बेलटार, गाईघाट, कटारी हुँदै सिन्धुलीसम्म जोड्ने मदन भण्डारी लोकमार्ग अस्फाल्ट प्रविधिको निर्माण भएर सञ्चालनमा आइसकेको छ। त्यसैग्री गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट बजारको आँखा उपचार केन्द्रदेखि बरुवा पुलसम्म पनि अस्फाल्ट प्रविधिकै कालोपत्रे सडक बनिसकेको छ।  

विश्व बैंकको सहयोगमा बन्ने डबल लेनका सडकले गाईघाट बजार क्षेत्रको महŒवलाई पूर्णता दिने आशा पलाएको नगरपालिकाका भौतिक पूर्वाधार विकास समिति संयोजक तथा १६ नम्बर वडाध्यक्ष मानबहादुर राई बताउँछन्। यो आयोजनाले बजार क्षेत्रलाई आपसमा जोडेर गाईघाटलाई सुविधासम्पन्न सडकको रूप दिने राईले बताए। आयोजनाको अवधि २०८२ असार ३१ गतेसम्म रहेको छ। त्यतिबेलासम्म ९ वटै सडक निर्माण कार्य पूरा भइसक्नुपर्ने सम्झौता विश्व बैंक र नगरपालिकाबीच भएको छ। 
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस