आगामी बजेटमा निजी क्षेत्रको सुझाव: स्वास्थ्य पूर्वाधार र आर्थिक पुनरुत्थान
१३ जेष्ठ २०७८
•
४ मिनेट पाठ
आगामी बजेटमा निजी क्षेत्रको सुझाव: स्वास्थ्य पूर्वाधार र आर्थिक पुनरुत्थान
बजेटको तयारी अन्तिम चरणमा पुगेका बेला निजी क्षेत्रले कोभिड–१९ नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेको छ। स्वास्थ्य पूर्वाधार नहुँदा हजारौं नेपालीले अकालमा ज्यान गुमाउनुपरेको भन्दै आम नागरिकलाई खोप र अस्पतालमा उपकरण खरिद जस्ता विषयलाई ध्यान दिन निजी क्षेत्रले सुझाएको छ। 




कोभिडको कारण अर्थतन्त्र तहसनहस भएको भन्दै उद्योगी, व्यवसायीलाई लक्ष्य गरेर आर्थिक पुनरुत्थानका प्याकेज घोषणा गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले माग गरेका छन्। अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान पुर्‍याएको  निजी क्षेत्रका मागलाई समावेश गरेमात्र आर्थिक विकास हुने उनीहरूको तर्क छ।  

कोभिड महामारी नियन्त्रण गर्ने कामलाई बजेटले पहिलो प्राथमिकतामा राख्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बताए। ‘आम नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्छ,’ ढकालले भने, ‘स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ।’  कोभिड नियन्त्रण नहुँदासम्म जनजीवन सामान्य भएर आर्थिक क्षेत्र चलायमान नहुने उनले बताए। कोभिडले साना तथा ठूला उद्योगमा ठूलो क्षति पुगेकाले निजी क्षेत्रलाई समेटेर आर्थिक पुनरुत्थान प्याकेज ल्याउनुपर्ने ढकालले बताए। ‘महामारीले उद्योग व्यवसाय बन्द भएको छ,’ ढकालले भने, ‘साना तथा मझौला उद्योगलाई राहत दिने गरी आर्थिक पुनरुत्थानका प्याकेज ल्याउनु पर्छ।’

स्वदेशमा उत्पादन गर्न सक्नेको उत्पादन वृद्धि गर्नुपर्ने, उत्पादनशील उद्योगलाई प्राथमिकता दिनुपर्ने, रोजगारी गुमाएकालाई रोजगारमा फिर्ता गर्ने वातावरण बनाउनुपर्ने र व्यावसायिक क्रियाकलापलाई पुरानो लयमा फर्काउन सहयोग गनुपर्ने ढकालले बताए। निजी क्षेत्रले कोरोना प्रभावित व्यवसायीलाई सरकारले चालु आवमा दिएको सहुलियत र सुविधा अझै दुई वर्ष थप्न माग गरको छ। कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको अवधि पनि एक वर्ष थप गर्नुपर्ने र लघु, घरेलु र साना व्यवसायीलाई व्यवसाय निरन्तरताका लागि कर्जा लिन कठिन भइरहेको अवस्थामा प्रक्रिया सरलीकरण गर्नुपर्ने उनीहरूको माग छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले कोभिड नियन्त्रण र औद्योगिक वातावरण बनाउने बजटे ल्याउनुपर्ने बताए। आम नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्ने मोरको माग छ। ‘कोभिडको कारण सबै क्षेत्र अस्तव्यस्त बनेको छ,’ मोरले भने, ‘खोप लगाएर कोभिड नियन्त्रणमा प्राथमिकता दिनुपर्छ ।’ मुलुकमा रोजगारी सिर्जनाका लागि सरकारले औद्योगिकीकरणमा पनि ध्यान दिनुपर्ने मोरले बताए। उद्योग, धन्दा नफष्टाउँदा मुलुक आयातमुखी भएकाले निर्यात बढाउने विषयलाई बजेटमा ध्यान दिनुपर्ने बताए। रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको भन्दै रोजगारीलाई उच्च प्राथमिकतामा राख्न औद्योगिकीकरण आवश्यक भएको बताए। ‘वार्षिक पाँच लाख नयाँ जनशक्ति बजारमा आउँछ,’ मोरले भने, ‘रोजगार दिन नयाँ उद्योग खोल्नुपर्छ।’  

कोरोना नियन्त्रण बजेटको पहिलो प्राथमिकता हुनुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन्। खोप लगाएर जनजीवन सहज नहुँदासम्म मुलुकको अर्थतन्त्रमा ठूलो क्षति हुने भन्दै सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्नुपर्ने बताए। ‘स्वास्थ्य पूर्वाधार नहुँदा धेरै नागरिकको ज्यान गयो,’ मल्लले भने, ‘स्वास्थ्य पूर्वाधार निर्माणमा बजेट केन्द्रित हुनुपर्छ।’ व्यवसायीलाई सहुलियत दिन पनि बजेट विनियोजन गर्नुपर्ने बताए।  

कर संकलन व्यवस्थित गर

निजी क्षेत्रका तीन संस्थाले उद्योगी, व्यवसाीसँगबाट लिने कर संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी स्थानीय तहमार्फत लिने विभिन्न कर हटाउन माग गरेका छन्। सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला प्रदेश र स्थानीय तहबाट उठाउने मनोरञ्जन कर, विज्ञापन कर, भूमि कर जस्ता प्रत्यक्ष राजस्व संकलनका क्षेत्रमा अझै पनि समस्या रहेकाले त्यसलाई हटाउन माग गरेका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिषकुमार मोर र चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरेको विज्ञप्तिमा कर हटाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अन्तरसरकारी वित्त परिषद्, प्रदेश परिषद् र नगरपालिका महासंघ तथा गाउँपालिका महासंघलाई अनुरोध गरिएको छ।  

तीन संस्थाले दरमा एकरूपता हुनुपर्ने, स्थानीय तहहरूले ठेक्कामार्फत नभइ आफैंले कर संकलन गर्नुपर्ने, कर संकलन गर्ने अधिकारीलाई करको विषयमा तालिम दिनुपर्ने माग गरेका छन्। स्थानीय तहका लागि कर संकलनका लागि कोड उपलब्ध गराउने र बैंक खातामा जम्मा गराउने व्यवस्था गनुपर्ने, करको दर वैज्ञानिक र एकरूपता बनाउन सुझाव दिएका छन्। ठेक्का मार्फत कर उठाउनेले उद्योगी–व्यवसायीलाई धम्क्याउने, जबर्जस्ती कर असुल गर्न खोज्ने विकृति देखिएको बताएका छन्। 
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
४४ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस