ऋणको ब्याजदर ५ प्रतिशत तल हुनुपर्छ
१२ जेष्ठ २०७८
•
४ मिनेट पाठ
ऋणको ब्याजदर ५ प्रतिशत तल हुनुपर्छ
सरकारले चालु आर्थिक वर्ष २०७७ / ७८ को बजेटमा घरेलु, साना तथा मझौला उद्यम र कोरोना महामारीबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिने भन्दै पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष बनायो।




सरकारको उक्त कदमबाट पर्यटन व्यवसायी निकै खुसी भए। सस्तोमा ऋण पाउँदा व्यवसाय चलाउन सहज हुने विश्वास थियो। लामो समय बिनाआम्दानी बसेका व्यवसायीले ऋण काढेर भए पनि व्यवसाय टिकाउने सोचे। तर सहजै ऋण नपाउँदा व्यवसायी अपेक्षाकृत लाभान्वित  हुन सकेनन्।  

त्यस्तै, गण्डकी प्रदेश सरकारले गत माघमा कोभिड–१९ को असर कम गर्ने भन्दै ‘व्यवसाय जीवन रक्षा कर्जा’ कार्यक्रम सुरु गर्‍यो। यस अन्तर्गत तीन वर्षसम्म निब्र्याजी एक लाखदेखि १५ लाख रुपैयाँसम्म व्यवसायीले पाउने भनियो। ऋणीले तिर्नुपर्ने ब्याज प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने र प्रदेशका सबै स्थानीय तहका वाणिज्य बैंकका शाखाबाट कर्जाको निवेदन दिन सक्ने भनियो। ऋण लिएको ६ महिनापछि मात्रै व्यवासायीले साँवा भुक्तानी सुरु गर्न सक्ने प्रावधान रहेको जानकारी दिइयो। व्यवसायीले यसबाट पनि अपेक्षाकृत लाभ लिन सकेनन्।  

आगामी आर्थिक वर्षको बजेट आउने दिन नजिकिँदै जाँदा व्यवसायी पोहोरभन्दा झनै बढी कोरोनाले थलिएका छन्। अहिलेको अनिश्चितता कहिलेसम्म भन्ने यकिन छैन।  त्यसैले आगामी वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाइ छ।

पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका व्यवसायी टिकाराम सापकोटा भन्छन्, ‘संघीय सरकारले पोहोर बजेटमा पर्यटनलाई राम्रै स्थान दियो तर त्यो अनुसार कार्यान्वयन भएन। गण्डकी प्रदेश सरकारको कर्जा कार्यक्रम पनि प्रभावकारी हुन सकेन। पर्यटन व्यवसायीले अपेक्षाकृत लाभ लिन पाएनन्।’ व्यवसायीले सरकारी कर्जा सहजै नपाउनुमा झन्झटिलो प्रक्रिया मुख्य कारण रहेको सापकोटा बताउँछन्।  

‘बजेटमा उल्लेख गरिन्छ, त्यो अनुसार नीति बन्दैन। अनि घोषणामै सीमित हुन्छ,’ सापकोटा भन्छन्, ‘संघीय र प्रदेश सरकारले ल्याएका कार्यक्रम हेर्दा साह्रै नै व्यवसायीमुखी देखिन्छन्। कार्यान्वनयमा आउँदैनन्। १०–१५ प्रतिशत व्यवसायीले मात्र यो कर्जा लिएका हुन्छन्।’  

व्यवसायीलाई ऋण लिन उत्साही बनाउने नीति नबनेको उनको भनाइ छ। ‘घोषणा भयो, कार्यान्वयन पक्ष निकै कमजोर छ,’ सापकोटा भन्छन्। बैंक तथा वित्तीय संस्थाको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले व्यवसायीले राहत पाउन नसकेको उनले बताए। ‘कोरोनाको असर २/३ वर्ष जाने निश्चित छ,’ उनले भने, ‘त्यसैले अबको बजेटमा राम्रै प्याकेज आउनुपर्छ । अबको बजेटमा पर्यटन क्षेत्र, व्यवासायी र आश्रित मजदुरलाई बचाउने गरी ल्याउनुपर्छ।’  

उनले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन व्यवसायीको ऋणको किस्तामा ‘रिसेड्यूल’ गरिदिनुपर्ने बताए । ‘किस्ता र ब्याज तिर्न सकिने अवस्था छैन। किस्ता तिर्न नसक्दा बैंकले व्यवसाय नै लिलाम गरिदिने त्रास छ। त्यसैले अब बैंकले लिलाम गर्न नमिल्ने व्यवस्था हुनुपर्छ। किस्ता तिर्ने अवधि लम्ब्याइदिने हो भने केही सहज हुन्छ,’ उनले भने। त्यसबाहेक ऋणको ब्याजदर बढीमा ५ प्रतिशत हुनुपर्ने उनले बताए।  

बैंकले प्रवाह गरेको पूर्ण कर्जाको कम्तीमा १० प्रतिशत पर्यटन क्षेत्रमा अनिवार्य गरिदिने हो भने बल्ल व्यवसायीलाई सहज हुने उनले बताए। ‘कृषिमा जस्तै पर्यटन क्षेत्रमा पनि निश्चित लगानी पर्यटनमा अनिवार्य गर्ने हो भने व्यवसायीलाई सहज हुन्छ। नीतिबिना बैंकले लगानी गर्दैनन्,’ उनले भने, ‘पर्यटनमा लगानी अनिवार्य गर्नुपर्ने नीति भए वित्तीय संस्था बाध्य हुन्छन्। बल्ल व्यावसायीले लाभ पाउँछन्।’  

व्यवसायीलाई कर छुट दिएर भए पनि बचाउनुपर्ने उनले बताए। स्थानीय सरकारले लिने एकीकृत सम्पत्ति कर, विद्युत्को डिमान्ड शुल्क लगायतमा छुट दिन सकिने उनले बताए। सापकोटाका अनुसार गण्डकीमा मात्र पर्यटनमा पाँच खर्ब रुपैयाँ लगानी छ। यहाँ झण्डै ७५ हजार मजदुर कार्यरत छन्। कोरोना महामारीले झन्डै २५ प्रतिशत साना तथा मझौला लगानीकर्ता पलायन भएको उनको अनुमान छ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पोहोर सरकारले बजेट विनियोजन गरे पनि बैंक तथा वित्तीय संस्थाको झन्झटिलो प्रक्रियाले अधिकांशले ऋण नपाएकोले अब नीतिगत रुपमा नै सहज बनाइदिनुपर्ने बताउँछन्। पराजुलीको अनुमानमा पोहोर विनियोजित रकम १५ प्रतिशत हाराहारीमा मात्र व्यवसायीले पाएका छन्।  

‘आगामी बजेटमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर तीन वर्षसम्ममा ब्याजदर पाँच प्रतिशतभन्दा तल हुनुपर्ने र दुई वर्षका लाग रिसेड्युल हुनुपर्छ,’ उनले भने, ‘व्यवसाय टिकाइरहन चालु कर्जा आवश्यक पर्ने भएकोले सहुलियत दरमा ऋण उपलब्ध गराइदिनुपर्छ ।’ ब्याज र किस्ता तिर्ने समय दुई वर्ष थपियो भने पर्यटन क्षेत्रको क्षति कम गर्न सकिने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटन व्यवसायीलाई बचाउने गरी बजेट आउनुपर्ने बताउँछन्। ‘पुनरकर्जालाई निरन्तरता दिनुपर्छ, सबै व्यवसायीले सहज रुपमा ऋण पाउने गरि नीति बनाउनुपर्छ,’ भट्टराईले भने, ‘किस्ता र ब्याज तिर्ने समय कम्तीमा दुई वर्ष बढाइदिनुपर्छ । अहिले तिर्न सक्ने अवस्था छैन।’ व्यवसाय टिक्ने माहोल बनाउन पाँच प्रतिशतभन्दा सस्तोमा ऋण दिनुपर्ने उनले बताए। ‘सस्तो ब्याजमा ऋण पाउने हो भने व्यवसायी टिक्छन्। त्यस्तै बैंकको कर्जाको केही अंश पर्यटन क्षेत्रमा अनिवार्य गर्ने हो भने पर्यटन क्षेत्र जोगिन्छ,’ उनले भने। पर्यटन मात्र बाँचेर नहुने भएकोले आश्रित मजदुरलाई पनि बचाउनुपर्ने भएकोले मजदुरमैत्री बजेट आउनुपर्ने उनले सुझाए। 
अर्को समाचार
पर्यटन व्यवसायी भन्छन्ः ऋणको ब्याजदर पाँच प्रतिशत भन्दा कम हुनुपर्छ
०९ जेष्ठ २०७८
•
६ मिनेट पाठ
पर्यटन व्यवसायी भन्छन्ः ऋणको ब्याजदर पाँच प्रतिशत भन्दा कम हुनुपर्छ
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन/नागरिक
सरकारले पोहोर चालु आर्थिक वर्ष (२०७७/७८) को बजेट सार्वजनिक गर्दै घरेलु, साना तथा मझौला उद्यम र कोरोनाको महामारिबाट थलिएको पर्यटन क्षेत्रलाई राहत दिने भन्दै पाँचप्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष विनियोजन गर्‍यो ।




कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले बजेट विनियोजन गर्दा त्यो बेला पर्यटन व्यावसायी निकै खुसी पनि भए । सस्तोमा ऋण पाउँदा व्यवसायलाई निरन्तरता दिन सहज हुने व्यवसायीको विश्वास थियो । लामो समय शुन्य आम्दानीमा बिताएका व्यवसायीले ऋण काढेर भएपनि व्यवसायमा टिकिरहने रणनीति पनि बनाएका थिए । तर, सरकारले बजेटमा विनियोजन गरेअनुसार सहजै ऋण लिन नसक्दा व्यवसायी उत्तिसारो लाभान्वित भने हुन सकेनन् ।  

त्यस्तै गण्डकी प्रदेश सरकारले गत माघमा कोभिड–१९ ले व्यावसायिक क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्ने भन्दै ‘व्यवसाय जीवन रक्षा कर्जा’ कार्यक्रम सुरु गर्‍यो । प्रदेश सरकार र राष्ट्र बैंकबीच कोष सञ्चालनबारे सम्झौता पनि भयो । प्रदेश सरकारले त्यसबापत चालु आर्थिक वर्षमा एकअर्ब रुपैयाँ पनि छुट्याएको थियो । त्यस अनुसार ३ वर्षसम्म निब्र्याजी १ लाखदेखि १५ लाख रुपैयाँसम्म व्यवसायीले पाउने भनिएको थियो । ऋणीले तिर्नुपर्ने ब्याज प्रदेश सरकारले सम्बन्धित बैंकलाई उपलब्ध गराउने भनिएको थियो ।  

प्रदेशका सबै स्थानीय तहका बाणिज्य बैंकका शाखामध्ये जुनसुकैबाट कर्जाको निवेदन व्यवसायीले दिन सक्ने पनि भनियो । ऋण लिएको ६ महिनापछि मात्रै व्यवासायीले साँवाको भुक्तानी सुरु गर्न सक्ने प्रावधान रहेको पनि जानकारी दिइयो । तर, व्यवसायीले भने यसबाट पनि उत्तिसारो लाभ लिन सकेनन् ।  

यही साताभित्र सरकारले आगामि आर्थिक वर्षको बजेट ल्याउनुपर्ने हुन्छ । हरेकवर्ष जेठ १५ मा संघीय संसदमा वार्षिक बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । बजेट आउने दिन नजिकिँदै जाँदा व्यावसायी पोहोर भन्दा झनै बढी कोरोनाले थलिएका छन् । कोरोनाले निम्त्याएको अहिलेको अनिश्चितता कहिलेसम्म भन्नेमा यकिन छैन । त्यसैले व्यवसायी पोहोर भन्दा अहिले झनै बढि प्रताडित छन् । त्यसैले आगामि वर्षको बजेट ल्याउँदा सरकारले पर्यटन क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने व्यवसायीको भनाई छ ।

पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका व्यवसायी टिकाराम सापकोटा भन्छन, ‘संघीय सरकारले पनि पोहोर बजेटमा पर्यटनलाई राम्रै स्थान दिएको हो । तर, त्यो अनुसार कार्यन्वयन भएन । गण्डकी प्रदेश सरकारको कर्जा कार्यक्रम पनि प्रभावकारी हुन सकेन । पर्यटन व्यवसायीले उत्तिसारो लाभ लिन पाएनन ।’ व्यवसायीले सरकारी कर्जा सहजै रुपमा नपाउनुमा झन्झटिलो प्रक्रिया मुख्य कारण रहेको सापकोटा बताउँछन् ।  

‘बजेटमा उल्लेख गरिन्छ, तर, त्यो अनुसार नीति बन्दैन । अनि धेरै कार्यक्रम घोषणामै सिमित रहन्छन,’ सापकोटा भन्छन, ‘संघीय र प्रदेश सरकारले ल्याएका कार्यक्रम हेर्दा साह्रै नै व्यवसायीमुखि देखिन्छन । तर, कार्यन्वयमा आउँदैनन । १०–१५ प्रतिशत व्यवसायीले मात्र यो कर्जा लिएका हुन्छन ।’ सबैखाले व्यवसायीले सहजै कर्जा नपाउँदा अहिले व्यवसाय टिकाउन हम्मेहम्मे भएको उनले बताए ।  

‘व्यावसायीलाई ऋण लिन उत्साही बनाउने नीति बनाइएन । घोषणा भयो, तर, कार्यन्वयन पक्ष निकै कमजोर छ,’ सापकोटा भन्छन, ‘अहिले व्यवसायी निकै नै तड्पिएका छन् । व्यावसायी र आश्रित मजदुरलाई टिकाइरहने हो भने त्यही अनुसार नीति आवश्यक पर्छ ।’ बैंक तथा वित्तीय संस्थाको ढिलासुस्ती र झन्झटिलो प्रक्रियाले व्यावसायीले राहत पाउन नसकेको उनले बताए । ‘केरोनाको पहिलो लहरको असर ५/७ महिना मात्र होला भन्ने अनुमान थियो । तर, अब २÷३ वर्ष जाने निश्चित छ,’ उनले भने, ‘त्यसैले अबको बजेटमा राम्रै प्याकेज आउनुपर्छ । अबको बजेटमा पर्यटन क्षेत्र, व्यवासायी र आश्रित मजदुरलाई बचाउने गरि ल्याउनुपर्छ ।’  

उनले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन व्यवसायीको ऋणको किस्तामा ‘रिसेड्यूल’ गरिदिनुपर्ने बताए । ‘किस्ता र ब्याज तिर्न सकिने अवस्था छैन । किस्ता तिर्न नसक्दा बैंकले व्यवसाय नै लिलाम गरिदिने त्रास छ । त्यसैले अब  बैंकले लिलाम गर्न नमिल्ने गरि मौद्रीक नीतिमा व्यवस्था हुनुपर्छ । किस्ता तिर्ने अवधि लम्बाईदिने हो भने केही सहज हुन्छ,’ उनले भने । त्यसबाहेक ऋणको ब्याजदर बढीमा ५ प्रतिशत हुनुपर्ने उनले बताए ।  

बैंकले प्रवाह गरेको पूर्ण कर्जाको कम्तिमा १० प्रतिशत पर्यटन क्षेत्रमा अनिवार्य गरिदिने हो भने बल्ल व्यावसायीलाई सहज हुने उनले बताए । ‘कृषिमा जस्तै पर्यटन क्षेत्रमा पनि निश्चित लगानी पर्यटनमा अनिवार्य गर्ने हो भने व्यवसायीलाई सहज हुन्छ । नीति बिना बैंकले लगानी गर्न बाध्यकारी हुँदैनन्,’ उनले भने, ‘पर्यटनमा लगानी गर्ने माहोल नभएको बेला बैंकले झन्झटिलो बनाएका छन । त्यसैले पर्यटनमा लगानी अनिवार्य गरिदिने हो भने वित्तीय संस्था बाध्यकारी हुनेछन । त्यसको लाभ बल्ल व्यावसायीले पाउँछन् ।’  
मजदुरलाई भत्ता दिएर भएपनि तालिम दिलाउने र पर्यटकीय सम्पदा संरक्षणको काममा लगाउन सके टिक्ने भएकोले बजेटमा त्यसबारे पनि सोच्नुपर्ने उनले बताए । व्यावसायीलाई करको दायरमा छुट दिएर भएपनि बचाउनुपर्ने उनले बताए । स्थानीय सरकारले लिने एकीकृत सम्पत्ति कर, विद्युतको डिमान्ड शुल्क लगायतमा छुट दिन सकिने उनले बताए । सापकोटाका अनुसार गण्डकीमा मात्र पर्यटनमा ५ खर्ब रुपैयाँ लगानी छ । यहाँ झन्डै ७५ हजार मजदुर कार्यरत छन् । कोरोना महामारीले झन्डै २५ प्रतिशत साना तथा मझौला लगानीकर्ता पलायन भएको उनको अनुमान छ ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली कोरोना संक्रमणले सबैभन्दा बढी पर्यटन क्षेत्र मारमा परेकोको बचाउने जिम्मा सरकारको भएको बताए । पोहोर सरकारले बजेट विनियोजन गरेपनि बैंक तथा वित्तीय संस्थाको झन्झटिलो प्रक्रियाले अधिकांशले ऋण नपाएकोले अब नीतिगत रुपमा नै सहज बनाइदिनुपर्ने उनले बताए । पराजुलीको अनुमानमा पोहोर विनियोजित रकम १५ प्रतिशत हाराहारीमा मात्र व्यवसायीले पाएका छन ।  

‘आगामि बजेटमा पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर तीनवर्षसम्ममा ब्याजदर ५ प्रतिशत भन्दा तल हुनुपर्ने र २ वर्षका लाग रिसेडयूल हुनुपर्छ,’ उनले भने, ‘व्यवसाय टिकाइरहन चालु कर्जा आवश्यक पर्ने भएकोले सहुलियत दरमा ऋण उपलब्ध गराइदिनुपर्छ ।’ ब्याज र किस्ता तिर्ने समय २ वर्ष थपियो भने पर्यटन क्षेत्रको क्षति कम गर्न सकिने उनले बताए । ‘धेरै व्यवसायी पलायन हुने र डुब्ने अवस्था आएको छ ।  सरकारले अभिभावकको भूमिका निभाउने हो भने व्यवसाय र निर्भर मजदुर जोगिन्छन,’ उनले भने ।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराई पर्यटन व्यवसायीलाई बचाउने अर्थमा आगामि आर्थिक वर्षको बजेट आउनुपर्ने बताउँछन् । नीतिगत रुपमा सहज हुनेगरि बजेट आउनुपर्ने उनको सुझाव छ । ‘पूनकर्जालाई निरन्तरता दिनुपर्छ, सबै व्यवसायीले सहज रुपमा ऋण पाउने गरि नीति बनाउनुपर्छ,’ भट्टराइले भने, ‘किस्ता र ब्याज तिर्ने समय कम्तिमा २ वर्ष बढाईदिनुपर्छ । अहिले तिर्न सक्ने अवस्था छैन ।’ अब पनि व्यवसाय टिकाईरहने माहोल बनाइदिनुपर्ने र त्यसका लागि  पाँचप्रतिशत भन्दा सस्तोमा ऋण दिनुपर्ने उनले बताए ।  

‘सस्तो ब्याजमा ऋण पाउने हो भने व्यवसायी टिक्छन् । त्यस्तै बैंकको कर्जाको केही अंश पर्यटन क्षेत्रमा अनिवार्य गर्ने हो भने पर्यटन क्षेत्र जोगिन्छ,’ उनले भने । पर्यटन मात्र बाँचेर नहुने भएकोले आश्रित मजदुरलाई पनि बचाउनुपर्ने भएकोले मजदुरमैत्री बजेट आउनुपर्ने उनले सुझाए । ‘पोहोरको मारमा जसोतसो जोहो गरेका थियौ । तर, अब थचक्क बसेका छौ,’ उनले भने, ‘यो वर्ष बाच्नकै लागि बजेट खर्चनुपर्ने अवस्था भएकोले अबको बजेटमा विशेष रुपमा हेर्नुपर्छ । नत्र व्यवसायी पलायन हुनेछन ।’ 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस