श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट
१९ वैशाख २०७८
•
३ मिनेट पाठ
श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको घोषणाप्रति निजी क्षेत्र असन्तुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ पुर्‍याउने घोषणा गरेसँगै निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ। प्रधानमन्त्री ओलीले शनिबार श्रमिक दिवसको अवसरमा भिडिओ सन्देश दिँदै श्रमिकलाई अहिले दिँदै आएको न्यूनतम तलब मासिक १३ हजार ४ सय ५० रूपैयाँबाट बढाएर १५ हजार पुर्‍याउने घोषणा गरेका छन्।  




श्रमिकको दैनिक न्यूनतम ज्याला ५१७ रूपैयाँबाट बढाएर ५७७ रूपैयाँ र प्रतिघन्टा ज्याला ६९ रूपैयाँबाट ७७ रूपैयाँ पुर्‍याउने जनाएका छन्। प्रधानमन्त्री ओलीका अनुसार यो तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ। निजी क्षेत्रका प्रतिनिधि र मजदुर संगठनबीचमा समझदारी नभएपछि न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुपरेको प्रधानमन्त्री केपी ओलीको दाबी छ।

कोभिड १९ को कारण श्रमिकले रोजगारी गुमाइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको घोषणा अव्यवहारिक भएको निजी क्षेत्रको आरोप छ। निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले यो निर्णय कार्यान्वयन गर्न कठिन हुने दाबी गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडको कारण उद्योग, व्यवसाय सञ्चालन गर्न कठिन रहेकाले यस्तो बेला तलबमान वृद्धि गर्ने निर्णय सरकारले केही समय होल्ड गर्नुपर्ने औंल्याउँछन्। ‘कोभिडले कठिन परिस्थिति सिर्जना गरेकोले केही समयका लागि होल्ड गर्दिनुपथ्र्यो,’ गोल्छाले भने, ‘जटिल अवस्थाबाट गुज्रेकाले कार्यान्वयन चुनौतीपूर्ण छ।’ 

रोजगारदाता परिषद्को बैठकबाट के गर्ने भन्ने विषयमा औपचारिक निर्णय गर्ने गोल्छाले बताए। ट्रेड युनियनसँग छलफल भएको भए पनि सहमति जुट्न नसकेपछि श्रम मन्त्रालयको सिफारिसमा प्रधानमन्त्रीले एकतर्फी घोषणा गरेको उनले बताए। ‘रोजगारदाता परिषद्ले छलफल गरिरहेको थियो,’ गोल्छाले भने, ‘सहमति जुट्न नसकेपछि सरकारले एकतर्फी रूपमा घोषणा गर्‍यो।’

गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढिरहेको भए पनि श्रमसम्बन्ध दिगो र भरपर्दाे बताउनु पर्ने बताउँछन्। श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी पवर्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने उनको तर्क छ।  

श्रम ऐनमा हरेक दुई वर्षमा तलबमान वृद्धि गर्ने व्यवस्था भएका कारण प्रधानमन्त्रीले घोषणा गरे पनि कार्यान्वयन कठिन रहेको उद्योगी रामचन्द्र संघाईले बताए। ‘कोभिडको सेकेन्ड वेभले उद्योग, व्यवसायको अवस्था के हुने हो निश्चित छैन,’ नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति संघाईले भने , ‘केही उद्योगलाई सहज भए पनि अधिकांश उद्योगलाई कठिन छ। छलफल गरेर निर्णयमा पुग्छौं।’  

यता नेपाल उद्योग परिषंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोभिडको कारण उद्योगी, व्यवसायी समस्यामा परेकाले तलब वृद्धिले हतोत्साही हुने बताए। ‘कोभिडले अवस्था खराब बन्दैछ,’ अग्रवालले भने, ‘परिस्थिति हेरेर निर्णय गर्दा राम्रो हुन्थ्यो।’ परिसंघले औपचारिक रूपमा धारणा बनाउन बाँकी रहेको उनले बताए।  

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिडको कारण उद्योग, व्यवसाय घाटामा गएकाले तलब वृद्धि गर्न कठिन भएको बताए। ‘हरेक दुई वर्षमा तलब वृद्धि गर्नुपर्ने हो,’ अध्यक्ष मल्लले भने, ‘कोभिडले बैंकको किस्ता र ब्याज तिर्न नसकेको अवस्थामा तलब वृद्धि धान्न सक्ने अवस्था छैन।’ निजी क्षेत्रका छाता संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने उनले बताए।

निजी क्षेत्रले कार्यान्वयन गर्न चुनौतपूर्ण रहेको बताए पनि प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्ने घोषणा गरेका छन्। निजी क्षेत्रका प्रतिनिधि र मजदूर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्वारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुपरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘वृद्धि गरेको तलबमान सरकारले कार्यान्वयन गर्छ,’ ओलीले भने। प्रधानमन्त्री ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि दाबी गरे। ‘मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगायत व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने।
अर्को समाचार
अर्को सरकार बनेमा ‘रचनात्मक सहयोग गर्ने’ प्रधानमन्त्रीको घोषणा
०७ जेष्ठ २०७८
•
२ मिनेट पाठ
अर्को सरकार बनेमा ‘रचनात्मक सहयोग गर्ने’ प्रधानमन्त्रीको घोषणा
‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस्। अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ।’’ देशमा कोभिङ–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने जटिल समय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा राष्ट्रिय सरकार बनाउन आफू तयार रहेको स्पष्ट गरेका छन्।




प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष ओलीले आज बिहान आफूले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभाापति शेरबहादुर देउवालाई टेलिफोन गरेर उक्त आग्रह गरेको जनाए। उपप्रधानमन्त्री एवं पार्टीका महासचिव ईश्वर पोखरल, नेताहरु सुवास नेम्वाङ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको पत्रकार सम्मेलनमा उनले नयाँ सरकार दिन नसक्ने, आफूलाई समर्थन पनि नगर्ने तर अहिलेको सरकारलाई ढाल्नैपर्ने भए विपक्षीलाई एकजुट भएर प्रस्तुत हुने बाटो आफूले खोलिदिएको स्पष्ट गरे।  

प्रधानमन्त्री र ठूलो दलको नेताका हैसियतले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि सहमति र विकल्पका लागि आज बिहान पनि टेलिफोन गरेको स्पष्ट गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिई आह्वान गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले त्यसबारे उठेका चासोलाई सम्बोधन गरेका हुन्।

उनले नयाँ प्रक्रियामा जानुपूर्व प्रधानमन्त्रीले राजीनामा गर्नैपर्छ भन्ने संविधानमा कतै उल्लेख नभएको जनाउँदै उनले अरुलाई विकल्प दिएर हात उठाउनु नै पर्याप्त भएको स्पष्ट गरे।  ‘‘म सहमतिका लागि कुरा गर्न चाहन्छु, उहाँहरु उत्तर–दक्षिण गरिरहनुभएको छ। साथीहरु मलाई लखेटिरहनुहुन्छ, अरु विकल्पमा जाऔँ, निर्वाचनतर्फ नधकेलौँ भन्छु तर विकल्प नदिने हो भने निर्वाचनमा देश गएमा आकाश खस्दैन। यो संवैधानिक प्रक्रिया हो। स्वतन्त्र निष्पक्ष निर्वाचनबाट जनताको ताजा मतादेश आउँछ। लोकतन्त्रमा निर्वाचनबाट भागेर हामी कहीँ पुग्न सक्दैनौँ। नियमितरुपमा पनि एक वर्षपछि निर्वाचन गर्नैपर्छ।’’
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस