खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र
१७ वैशाख २०७८
•
३ मिनेट पाठ
खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र
कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।  




सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका लागि भन्सार क्लियरिङदेखि सहज ढुवानीका लागि सहजीकरण गरेको जनाएको छ। कालोबजारी र अभाव नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाएको बताइएको छ।

निषेधाज्ञाको समयमा खाद्य आपूर्तिमा समस्या हुन सक्ने भन्दै थापाथली, नख्खु, रामशाहापथ र सूर्यविनायकमा खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले बताइन्। न्यौपानेका अनुसार उपभोक्ताको सहजताका लागि रामशाहपथ, सूर्यविनायकबाट बिहान ७ देखि ११ बजेसम्म, नख्खुमा विहान ७ बजेदेखि ५ बजेसम्म, थापाथलीबाट विहान ७ देखि बेलुकी ७ बजेसम्म बिक्रीको व्यवस्था मिलाएको छ।

बिक्री केन्द्रमा बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घिउ र स्यानिटाइजर बिक्री सुरु गरेको छ। कम्पनीको थापाथलीमा रहेको बिक्री केन्द्रबाट तीन चरणमा खाद्यान्न बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले उपत्यकाभित्र अनलाइमार्फत खाद्यान्न अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ। पर्याप्त खाद्यान्न स्टक रहेकाले सामान किनेर नथुपार्न कम्पनीले आग्रह गरेको छ। उपभोक्ताले अनावश्यक खाद्य वस्तु खरिद गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै सञ्चित नगर्न अनुरोध गरेको छ।  

खुद्रा व्यापार संघले पनि पर्याप्त खाद्यान्न स्टक रहेको जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि पर्याप्त चामल छ। खाद्य कम्पनीसँग दुई लाख ९० हजार क्विन्टल चामल मौज्दात रहेको जनाएको छ। स्थानीय प्रशासनले विहान र बेलुका पसल खोल्न अनुरोध गरेको छ। निषेधाज्ञाका क्रममा खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ लगायत प्रवाह गर्ने पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ। खाद्य सामग्रीका पसल/व्यवसाय र डिपार्टमेन्ट स्टोरका ग्रोसरी बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ सम्म खोल्न पाइने व्यवस्था गरिएको छ।

खाद्यान्न पसलमा सामग्री अभाव हुन नदिन खाद्य वस्तु ढुवानीका लागि सहजीकरण गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। दैनिक उपभोग्य वस्तुको आयातमा भन्सारदेखि नै सहजीकरण गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘पर्याप्त मात्रामा खाद्यान्न आइरहेको छ,’ पौडेलले भने, ‘खाद्यान्न ढुवानी सहज रूपमा भइरहेको छ।’ निषेधाज्ञाको बहानामा बजारमा हुन सक्ने कालोबजारी र मूल्य वृद्धिमा पनि सूक्ष्म रूपमा अनुगमन गरिरहेको विभागले जनाएको छ।

अत्यावश्यक खाद्य वस्तु तथा सेवा सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी निर्वाध रूपमा सञ्चालने गर्ने व्यवस्था मिलाएको छ। अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन, ढुवानी तथा वितरणका लागि समन्वय गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

यता नेपाल आयल निगमले खाना पकाउने ग्यासको अभाव हुन नदिन आयात बढाएको जनाएको छ। बजारमा ग्यास र पेट्रोलियम पदार्थको अभाव नहुने निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए। ‘ग्यासको आयात बढाएका छौं,’ पौडेलले भने, ‘पेट्रोलियम पदार्थको अभाव हुन नदिन पम्प खोल्न भनेका छौं।’

निषेधाज्ञामा निगमको बागमती प्रादेशिक कार्यालय थानकोटबाट पेट्रोलियम पदार्थको बिक्री भइरहेको छ। निगमले उपत्यकाका पेट्रोल पम्प खोलेर पेट्रोलियम पदार्थ बिक्री गर्न भनेको छ। खाद्यान्न लगायत अति आवश्यक वस्तुको ढुवानी गर्न इन्धनको आवश्यकता हुने भएकाले पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ।
अर्को समाचार
थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी
१५ असार २०७८
•
५ मिनेट पाठ
थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी
मनाङका बाढीपीडितका लागि राहतको सामग्री पुर्‍याइँदै । तस्बिरः नागरिक
बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।




जेठ १५ देखि मनाङ सडक सञ्जालबाट बिच्छेद छ । स्थानीयका अनुसार अहिले पसलमा चामल बाहेकको दैनिक उपभोग्य बस्तु किन्न पाइदैन । त्यसले गर्दा बाहिरबाट गएर काम गर्ने मजदुरलाई बढी अप्ठेरो परेको छ । स्थानीयले घरमा खाद्यान्न मौज्दात राख्ने हुँदा उत्तिसारो अप्ठेरो नपरेपनि कामका लागि गएका मजदुरले भने पसलमा उपभोग्य बस्तु किन्न नपाउँदा असहज भएको छ । व्यवसायीले ढुवानी गर्न नपाउँदा पसल रित्तिएको उनीहरुको भनाई छ ।  

माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य बस्तु किन्न पाएका छैनन । सडक सञ्जाल तत्काल सुचारु हुने अवस्था नरहेको र महंगो भाडा तिरेर हेलिकप्टरबाट दैनिक उपभोग्य बस्तु ढुवानी गर्दा बढी महंगो पर्न जाने स्थानीयको भनाई छ । ‘अहिलेसम्म चामल अभाव छैन । तर, नुन, तेल, ग्यास, दाल, गेडागुडि, पिठो, अण्डा लगायतका उपभोग्य बस्तु पसलमा किन्न पाइदैन,’ मनाङका अगुवा पर्यटन व्यवसायी बिनोद गुरुङले भने, ‘चामल मात्र भएर हुँदैन । अरुपनि उपभोग्य बस्तु चाहिन्छ । तर, सबैखाले उपभोग्य बस्तु यहाँ किन्न पाइएको छैन ।’

तरकारी भने स्थानीयस्तरमै उत्पादन हुने भएकोले उत्तिसारो समस्या नभएको उनले बताए । ‘पसलमा सामान किन्न नपाउँदा बाहिरबाट मजदुरीका लागि आएका व्यक्ति मारमा परेका छन । हामीले होटलमा रहेको सामान दिएर उनीहरुलाई सहयोग गरिरहेका छौ,’ गुरुङले भने ,‘पसलमा किन्न नपाएपछि बढी अप्ठेरो छ । पसल नै रित्तिएका छन ।’  

गुरुङका अनुमानमा मनाङ ङिस्याङ गाउँपालिकामा मात्र करिब २५० जना कामदार छन् । बाहिरी जिल्लाबाट उनीहरु कामको खोजीमा मनाङसम्म उक्लेका थिए । पसलमा सामान किन्न नपाएपछि उनीहरुलाई होटल संचालकले आवश्यक उपभोग्य बस्तु उपलब्ध गराएको गुरुङले जानकारी दिए । सडक, घर, गुम्बा लगायतका निर्माणका काममा अहिले गोरखा, रुकुम, धादिङ लगायतका बाहिरी जिल्लाका कामदार छन । सडक पहुँच सहज नहुँदा उनीहरु घर फर्किन पनि सकेका छैनन । उनका अनुसार खाङसारमा मात्र बाहिरी जिल्लाका करिब ६० जना कामदार कार्यरत छन् ।  

दैनिक उपभोग्य बस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो भेगका बासिन्दाले मुस्ताङ हुँदै थोराङला भञ्ज्याङ पार गराएर आवश्यक बस्तु ढुवानी गर्ने तयारी थालेको पनि गुरुङले जानकारी दिए । उनका अनुसार मुस्ताङमा मुक्तिनाथ भन्दा माथिसम्म गाडी पुग्छ । त्यसपछि ५४१६ मिटर उचाईको थोराङला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य बस्तु ढुवानीको योजना बनाएको उनले बताए ।

‘मुस्ताङबाट दुईदिनमा खाद्यान्न खच्चडमार्फत टंकी मनाङसम्म झार्न सकिन्छ । तर, त्यो बाटोको अवस्था के कस्तो छ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘पर्यटकीय पदमार्ग हुँदै हिडडुल गर्नुपर्ने भएकोले ठाउँठाउँमा मर्मतसम्भार गर्नुपर्ने हुनसक्छ ।’ उपभोग्य बस्तु ढुवानीका लागि थोराङला भञ्ज्याङको विकल्प नभएको उनले बताए । हेलिकप्टरको ढुवानी महंगो हुने भएकोले पनि मुस्ताङको बाटो हुँदै ढुवानी गर्न सकिने उनले बताए ।  
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड गण्डकी प्रदेशका प्रमुख भोजराज पाण्डेका अनुसार मनाङको हुम्देस्थित डिपोमा १५० क्वीन्टल र सदरमुकाम चामेमा ३ सय क्वीन्टल चामल मौज्दात छ । उनका अनुसार ठेकेदारले ढुवानी गर्दैगर्दा बाढीपहिरोले रोकिँदा लम्जुङको बेसीसहरमा एकसय क्वीन्टल चामल अड्किएको छ । ‘खाद्यले चामल मात्र ढुवानी गर्ने हो । अहिलेसम्म चामल अभाव छैन । तर, अरु उपभोग्य बस्तु अभाव हुन सक्छ,’ पाण्डेले भने, ‘चामलले मात्र नपुग्ने भएकोले अरु उपभोग्य बस्तु जोहो गर्ने चुनौती थपिएको हुनसक्छ ।’  उनका अनुसार बाढी पहिरो सुरु हुनु अघि २० प्रतिशत छुट दिँदा मनाङमा १७० क्वीन्टल चामल बिक्री भएको थियो । मनाङमा वर्षभरिमा १२ सय क्वीन्टल चामल खाद्यले कोटा तोकेको छ । तर, त्यहाँ बढीमा ७ सय क्वीन्टल मात्र खपत हुँदै आएको पाण्डेले जानकारी दिए ।  

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सडक अवरुद्ध हुँदा ‘सप्लाई चेन’ छुटेको छ । त्यसैले केही समस्या परेको हुनसक्ने उनले बताए । ‘जीवन धान्ने गरि खाद्य अभाव छैन । तर, सुविधाजनक अवस्था भने पक्का छैन,’ उनले भने, ‘एकहजार क्वीन्टल चामल र दुईसय क्वीन्टल दाल पठाउन खाद्य तथा व्यापार कम्पनिसँग सहकार्य गरिरहेका छौ ।’ उनका अनुसार गृहमन्त्रालयको पहलमा विश्व खाद्य कार्यक्रममार्फत २५० क्वीन्टल चामल आयात गर्ने तयारी भएको पनि बताए ।  

‘यहाँ खाद्य संचय गर्ने पहिलेकै चलन भएकोले अभाव नै भएको छैन । तर, कतिपय बस्तु भनेको बेला नपाउन सकिन्छ । पसल भने रित्तिएका छन । त्यसैले चाहेको बस्तु किन्न नपाइन सक्छ । तर, कोही भोकै बस्नुपरेको छैन ।’ बाढीपहिरोसँगै सहयोग आउँदा पनि सहज भएको उनले बताए । विभिन्न दाताहरुले पनि खाद्य सहयोग गर्न चाहेको तर ढुवानी खर्च महंगो पर्दा सहज नभएको उनले बताए ।  

उनका अनुसार बेसीसहर–चामे सडकबाट तत्काल ढुवानी सम्भव छैन । ‘अत्यावश्क परेमा हेलिकप्टरबाट पनि ढुवानी गर्छाै,’ उनले भने, ‘अहिले नै खाद्य अभाव भन्न मिल्दैन ।’ माथिल्लो क्षेत्रका बासिन्दाका लागि मुस्ताङको बाटो हुँदै खाद्य आपूर्ति गर्नु उपयुक्त विकल्प भएको पनि प्रजिअ लामिछानेले बताए ।  

उनका अनुसार अहिले एउटा स्काभेटर पानीमा डुबेको छ । अवरुद्ध भएको वहाव खोल्न मस्र्याङदी नदीमा पसेको बेला स्काभेटर नै बिग्रेर रोकिएको छ । त्यस्तै चामेदेखि बेसीसहरखण्डमा झन्डै आधादर्जन स्काभेटर ठाउँठाउँमा रोकिएका छन । ती साधनका लागि इन्धन अभाव भएपछि हेलीकप्टरबाट ढुवानी गर्ने तयारी भएको उनले बताए । ‘इन्धन आएपछि सहज भएसम्म सडक खोल्दै अघि बढ्ने हो,’ उनले भने, ‘सडक खोल्नासाथ आपूर्ति सुरु भईहाल्छ । तर कहिले खुल्ने भन्न सकिन्न ।’

लम्जुङको बेसीसहरदेखि मनाङको चामेसम्मको ६५ किलोमिट सडक मध्ये मनाङ खण्डमा मात्र २५ प्रतिशत सडक क्षतविक्षत भएकोले पनि स्थलमार्गबाट इन्धन र उपकरण ल्याउन नसकिने उनले सुनाए । ठाउँठाउँमा पुल बगेकोले पनि तत्काल यातायात संचालन सहज नभएको उनले बताए । 
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस