कृषि कर्ममा रमाउँदै पूर्व प्रशासक राई
०४ वैशाख २०७८
•
४ मिनेट पाठ
कृषि कर्ममा रमाउँदै पूर्व प्रशासक राई
चियाको बिरुवा राप्दै पूर्व प्रशासक गणेश राई । तस्बिर : नागरिक
सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर एक पूर्व प्रशासक सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन छन्। पूर्वी नेपालको भोजपुरमा जन्मिएका गणेश राई सहसचिबबाट सेवानिवृत्त हुन्।




किसान परिवारमा जन्मिएका राईले सेवानिवृत भएपछि खोटाङ र भोजपुरमा चियाखेती अघि बढाएका छन्। उनले सुरु गरेको चियाखेतीले व्यापकता पाएको छ।  

राई कृषि सहकारी संस्था स्थापना गरी चियाखेती, जडिबुटीसहित कृषिलाई व्यावसायिक बनाउन लागिपरेका छन्। उनको नेतृत्वमा स्थापना भएको थामडाँडा–टेम्के–सिलिचुंग कृषि सहकारी संस्थाले अभियानका रुपमा चियाखेती विस्तार गरेको छ। राई उक्त सहकारीका अध्यक्ष हुन्। राई अधिकांश समय पूर्वी पहाडी जिल्ला भोजपुर, खोटाङ पुग्छन्। ‘सेवानिवृत्त भएपछि मुलुकका लागि केही गरौं भन्ने हुटहुटी थियो,’ राईले भने, ‘आफ्नै जन्मभूमिमा योगदान पुर्‍याउन चियाखेती अघि बढाएको हुँ।’  

उनले बाँझो सरकारी र निजी जमिन उपयोग गरी भोजपुर र खोटाङमा चियाखेती सुरु गरेका हुन्। उक्त सहकारीमार्फत दुई जिल्लामा १५ सय रोपनी क्षेत्रफलमा चियाका बिरुवा लगाइएको छ। अहिलेसम्म २० वटा बगानमा करिब १६ लाख बिरुवा रोपिएको छ। ‘यो वर्ष थप चार लाख बिरुवा रोप्ने लक्ष्य छ,’ राईले भने।

चिया उत्पादन र निर्यातबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वासले यो काममा लागेको राई बताउँछन्। ‘व्यक्तिगत रुपमा काठमाडौंमै बसेर आरामदायी जीवन बिताउन सक्थें,’ उनले भने, ‘सेवानिवृत्त जीवनमा पनि मुलुकका लागि केही गरौं भनेर कृषि कर्ममा लागेको हुँ।’ व्यक्तिगत लाभभन्दा समाजका लागि योगदान पुर्‍याउन यो अभियानमा लागेको उनले बताए।  

सम्भाव्यता अध्ययनपछि चियाखेती सफल हुने देखेर उनी यसमा लागेका हुन्। राईले व्यक्तिगतभन्दा सामूहिक खेतीलाई प्राथमिकता दिएका छन्। ‘व्यक्तिगतभन्दा सामूहिक फाइदालाई ध्यानमा राखेका छौं,’ उनले भने, ‘यसले सामाजिक तथा आर्थिक रुपान्तरणमा टेवा पुर्‍याउँछ।’  

सहकारीले निजी तथा सरकारी जमिन करिब ५० वर्षलाई लिजमा लिएर चियाका बिरुवा लगाएको छ। करिब तीन सयजनाको जमिन लिजमा लिइएको छ। १० हजार रोपनी क्षेत्रफलमा चियाखेती बिस्तार गर्ने लक्ष्य लिएको उनले बताए।

अहिले भोजपुरको भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका, आम्चोक गाउँपालिका, हतुवागढी गाउँपालिका, खोटाङको साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिक्तेल रूपाकोट नगरपालिका लगायतमा स्थानीय तहमा चियाखेती गरिएको छ।

हरेक स्थानीय तहमा नर्सरी स्थापना गरिएको छ। उत्पादित चिया विदेश निर्यात गर्ने योजना उनको छ। राईले २०७० सालमा कृषि सहकारी संस्था दर्ता गरी यो कामको सुरु गरेका थिए। बगानमा लगाएका चियाका बोटले उत्पादन दिन थालेका छन्। वार्षिक रूपमा चिया बगानमा प्रत्यक्षअप्रत्यक्ष करिब चार हजारजनाले रोजगारी पाउने राई बताउँछन्। स्थानीयले रोजगारीसँगै बाँझो जमिन लिजमा दिएर पैसा पाएका छन्। स्थानीय सहकारीका सेयर सदस्य छन्। चिया प्रशोधन गर्न रामप्रसाद गाउँपालिकाको बतासेमा चिया उद्योग पनि निर्माण गरिएको छ। करिब एक करोड रूपैयाँको लगानीमा स्थापना भएको उद्योगमा उन्नति परियोजनाले पनि सघाएको छ। यो उद्योगबाट करिब साढे पाँच सय घरधुरी लाभान्वित हुनेछन्।

राईको नेतृत्वमा सुरु भएको चियाखेती विस्तार अभियानले स्थानीय जनप्रतिनिधि पनि उत्साहित छन्। उनले स्थानीयलाई चियाखेती गर्न प्रोत्साहित गरेको खोटाङको खोटेहाङ गाउँपालिका– २ का अध्यक्ष दीपेन्द्र राईले बताए। ‘उहाँ (राई सर) ले सुरु नगरेको भए जमिन त्यसै बाँझो रहन्थ्यो,’ दीपेन्द्रले भने, ‘वडाका खाली जमिनमा चियाका बोट लगाएका छौं।’ खोटेहाङ गाउँपालिका–२, कपासे भन्ज्याङमा चियाखेती बिस्तार भएको उनले बताए। १२ हजार चियाका बिरुवा लगाएकोमा फेरि १२ हजार रोप्ने तयारी भएको वडाध्यक्ष राईले बताए। वडाध्यक्ष राईका अनुसार वडा २ को ५० रोपनी क्षेत्रफलमा चियाका बिरुवा लगाइएको छ। 

‘सहकारीको सहयोगमा विभिन्न ब्लक बनाएर तीनवटा बगान बनाएका छौं,’ उनले भने, ‘चियाखेतीको सम्भावना देखेर बिरुवा रोपिरहेका छौं।’ सरकारी जमिनलाई उपयोगमा ल्याउन प्रेरित गर्ने देन पूर्व प्रशासक राईको भएको वडाध्यक्ष राईले बताए। ‘राई सरले नेतृत्व गरेपछि खाली रहेको जमिन सदुपयोग गरेका छौं,’ उनले भने, ‘उपभोक्तामार्फत काम भैरहेको छ।’ चियाखेतीले रोजगारी सिर्जना गर्नुका साथै आयस्तरमा सुधार ल्याउन सघाउ पुग्ने विश्वास उनको छ।  

खोटाङसहित भोजपुरमा पनि यो अभियानले व्यापकता पाएको छ। चियाखेती गर्न खाली जमिन उपयोगमा ल्याएको भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले बताए। पूर्व प्रशासक राईले गृह जिल्लामा आएर चियाखेती गर्न प्रोत्साहित गरेपछि स्थानीय उत्साहित भएको आले बताउँछन्। ‘सहकारीमार्फत खाली ठाउँमा चियाका बिरुवा लगाएका छौं,’ उनले भने, ‘एक लाख विरुवाको नर्सरी बनाएका छौं।’
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
२५ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस