माथिल्लो तामाकोसी ढिलासुस्तीमा प्रधानमन्त्रीको चासो
०३ वैशाख २०७८
•
४ मिनेट पाठ
माथिल्लो तामाकोसी ढिलासुस्तीमा प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणमा भएको ढिलासुस्तीमा असन्तुष्टि जनाउँदै यस विषयमा आवश्यक परे अनुसन्धान गर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले नापी विभागको अनलाइन सेवा ‘मेरो कित्ता’ एपको बिहीबार सार्वजनिक कार्यक्रममा माथिल्लो तामाकोसी आयोजनामा भएको ढिलासुस्तीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए। 




‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलाइ गरिएको छ। मैले यसतर्फ अलिकति विशेष ध्यान दिनुपर्ने, रुची बढाउनुपर्ने जस्तो मैले देखेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीको विषयमा लगभग तीन वर्षदेखि एउटै कुरा सुनिराखेको छु। जहिले पनि त्यही एउटै कुरा मात्रै सुनिराखेको छु। अहिले पनि सुन्दा त्यही हो। एउटा सानो पाइप के जाति जडान गर्नेमा किन ढिलासुस्ती भइरहेको छ।’

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसीको पाइप जडान गर्न नसक्दा दैनिक प्रत्यक्ष रूपमा पाँच करोड रूपैयाँ नोक्सान भइरहेको बताए। ‘पाइप जडान नगर्दा दैनिक प्रत्यक्ष पाँच करोड रूपैयाँ नोक्सान भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आयोजनाको परोक्ष रूपमा दैनिक १३ करोड रूपैयाँ नोक्सान भइरहेको छ।’ प्रधानमन्त्री ओलीले तामाकोसी आयोजनामा भएको ढिलासुस्ती हो या अन्य कारणले हो भनेर हेर्नुपर्ने बेला भएको बताएका छन्। ‘यो ढिलासुस्ती हो वा अरू केही हो हेर्न पर्ने भएको छ। यस्तो ढिलासुस्ती अब मान्य हुँदैन,’ उनले भने, ‘जेहोस् यस्तो विलम्ब र ढिलासुस्ती सह्य र मान्य हुँदैन।’  

प्रधानमन्त्री ओलीले काममा ढिलासुस्ती र व्यबधान गर्नेलाई नदेखे झैं गर्न नसकिने बताए। ‘ढिलासुस्ती कसैले गर्छ भने उसले नै क्षतिको जिम्मेवारी लिनुपर्छ। चाहे देशभित्रको प्रश्न होस् या बाहिरको जुनसुकै ठाउँको भए पनि विलम्ब स्वीकार्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी तीव्र रफ्तारमा देश विकास गर्न चाहन्छौं कतैबाट पनि व्यबधान तथा अवरोध स्वीकार्य हुदैंन।’  

प्रधानमन्त्री ओलीले सरकारले कडाइ गरेकाले नै मेलम्ची खानेपानी अहिले आएको दाबी गरेका छन्। ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी समेत आउँदैनथ्यो। हरेक दिनजसो ताकेता दिएर काम भएको हो,’ प्रधानमन्त्री ओलीले भने। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले आयोजनाले आयोजनाको पेनस्टक पाइप जडान कार्य अन्तिम चरणमा पुगेको बताए। ‘अहिले पेनस्टक पाइप जडान अन्तिम चरणमा पुगेको छ। अबको ८ देखि १० दिनभित्रै सबै पाइप जडान सकिनेछ।’ आयोजनाले आगामी वैशाख १५ देखि २० गतेको बीचमा सुरुङमा पानी पठाएर परीक्षण गर्ने जनाएको छ।

पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरू तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ। मुख्य निर्माण अन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङ लगायत सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ। आयोजनाको ६ वटा युनिट छन्। तीमध्ये एउटा÷एउटा युनिटको परीक्षण गरेर बिजुली उत्पादन गर्ने लक्ष्य छ।  

आयोजनाको लागत ब्याजसहित ८० अर्ब पुग्यो  

माथिल्लो तामाकोसी आयोजना आव ०६७/६८ मा सुरु गर्दा ३५ अर्ब रूपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि आयोजनाको लागत दोब्बरभन्दा धेरै नाघेको छ। अहिलेसम्म आयोजनामा ५२ अर्ब रूपैयाँ खर्च भइसकेको छ। सो आयोजनाको ब्याजमात्रै साढे २७ अर्ब रूपैयाँ पुगेको छ। दुवै रकम जोड्दा ८० अर्ब रूपैयाँ खर्च भइसकेको छ। आयोजना तोकिएको समयमै निर्माण सम्पन्न नहुँदा लागतमात्रै बढेको छैन, आयोजनाले वार्षिक १० अर्ब रूपैयाँभन्दा धेरै आम्दानी गुमाइरहेको छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आर्थिक वर्ष ०६७÷६८ मा आयोजना सुरु गर्दा ०७३÷७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर २०७२ सालमा भएको भूकम्प र नाकाबन्दीले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन। भूकम्प र नाकाबन्दीले प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो।  

उक्त तालिकाबमोजिम पनि आयोजनाको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि फेरि नयाँ भाका २०७६ चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो। त्यो समयभित्र पनि पाइप जडान सम्पन्न हुन सकेन। आयोजनाले लकडाउन कै अवधिमा आयोजनाको सबैभन्दा जटिलमध्येको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकेको थियो। आयोजनाको तल्लो ठाडो सुरुङमा ३७३ मिटर मिटर पेनस्टक पाइप जडान जडान गरिएको छ। त्यसैगरी माथिल्लो ठाडो सुरुङ ३१० मिटर पेनस्टक पाइप पनि जडान सम्पन्न भइसकेको छ। 
अर्को समाचार
राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो
२१ फागुन २०८०
•
२ मिनेट पाठ
राष्ट्रिय गौरवका आयोजनामा प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग जानकारी लिएका छन्।




प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवहरू छलफल गरेका छन्।

प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले उत्तरदक्षिण (कोसी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीबाट जानकारी लिएका थिए।
कोसी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत र वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए।

उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत आर्थिक प्रगति रहेको जानकारी दिँदै उनले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको बताए। उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको जानकारी पनि उनले दिए।

प्रधानमन्त्रीले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् तर जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निराशाजस्तो देखिएको छ। यति धेरै काम भएको जानकारी हामीले जनतालाई दिनुपर्छ, उनीहरूलाई सही ढङ्गले प्रशिक्षित गर्नुपर्छ।’
उनले विकास आयोजनाका कामलाई उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई परियोजनास्थलमै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशन दिए। प्रधानमन्त्रीले भने, ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ।

सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीर भएर लाग्नुस्।’
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस