कमला सिँचाइको लगानी बालुवामा पानी?
०१ वैशाख २०७८
•
७ मिनेट पाठ
कमला सिँचाइको लगानी बालुवामा पानी?
बिल्टु दाश २०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाइँ सरेर सिरहाको कर्जन्हा गाउँ आए । उनी धनुषाबाट बन्दिपुर बसाइँ सर्नुको एउटै कारण थियो– कमला नदीको पानीको प्रयाप्त सुविधा। त्यो समयमा कमला नदीको पानी प्रयोग गरेपछि अन्नबाली मनग्य उत्पादन हुन्थ्यो । तीन/चार बाली उत्पादन गर्न सकिन्थ्यो।  




विगत सम्झँदै दाशले भने, ‘आफैले खनेको सिँचाइ कुलो (नहर) मार्फत त्यो बेला बहुबाली लगाइन्थ्यो।’ पछिल्लो समय करोडौं लगानीमा निर्माण भएको र भइरहेको कमला सिँचाइ नहर प्रणालीले बहुबाली खुम्चिँदै गएको उनले बताए। कर्जन्हाका मुक्तिलाल सिंहलाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । उनको सरकारसँग एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल । जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाइको व्यवस्था।

गहुँमा लगाउन पानी चाहिएको बेला कमला सिँचाइ नहर प्रणाली मार्फत उनको खेतसम्म पानी पुग्दैन । पोटिलो गहुँका लागि कम्तीमा तीन पटक पानी लगाउनुपर्छ । ‘सुख्खा भेगमा चार पटक पानी लगाउनुपर्छ,’ उनले भने, ‘यस पटक जम्मा दुई पटक मात्रै पानी लगाउन पाएँ।’ पछिल्ला वर्षमा कमला सिंचाइ नहरमा पानी छैन् । तीन पटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन उनले थपे, ‘कमला सिँचाइ नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई प्रयाप्त छैन् ।’ जेठ–असारमा आकाशे पानीले रोपाई धानिहाल्छ । ‘हामीलाई नहरको पानी प्रयाप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो,’ उनले भने ‘तर यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छौ ।’

कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली जलिरहेको छ । गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानको गुनासो छ । गहुँलाई चाहिने प्रयाप्त पानी हो तर कमला सिँचाइ नहर यस बेला सुख्खा हुन्छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने भने ‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी हुँदैन्।’  

सिंहका अनुसार दुई दशक पहिलेसम्म आफ्नै मेहनतले कमलाबाट खेतसम्म खनेको नहरमार्फत प्रयाप्त सिँचाइ गरी अन्नबाली उब्जिन्थ्यो। धानको सिजनमा आकासबाट वर्षा हुन्छ । तर गहुँ, दलहनको सिजनमा यस क्षेत्रका किसानको एकमात्र सहारा कमला पूर्वी सिँचाइ नहर हो। नहर मार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था राम्रो बनाउने यस क्षेत्रका किसानको सपना छ। तर कमला सिँचाइ नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन् । पहिला धान, गहुँ, दलहन, र तेलहन घरमा भित्रिन्थ्यो। पछि तेलहन (तोरी) खेती गर्ने परम्परा पनि सुक्यो। अब धान र गहुँ खेती गरिन्छ । त्यो पनि वर्षभरी खान पुग्दैन । धान र गहुँ खेती गर्ने परम्परा पनि विस्तारै सुक्दै गएको बडहरामालका किसान सुरेन्द्र महतो बताउँछन् । पछिल्लो केही दशकभित्रै बहुबालीको परम्परा सुक्यो । खानाको लागि पनि अन्नबाली किन्नुपर्ने भयो । धानबाली बाहेकको अन्य बाली लगाए पनि लगानी उठ्दैन महतोले भने, ‘पानी अभावले लगानी डुब्छ।’

कमला सिँचाइ नहरमा जसरी लगानी बढ्दैछ त्यसैगरि यस क्षेत्रमा खेती गर्ने परम्परा पनि सुक्दै गएको छ । लगानी बढेको बढ्यै छ तर प्रतिफल भने कागजमै सीमित बनेको कर्जन्हाका स्थानीय प्रकाश कोइराला बताउँछन् । यस वर्ष मात्र कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाले नहर सफा, समृद्धि तराई मधेस कार्यक्रम र बृहत्त गरी करिब ५० करोड बजेट खर्च गर्दैछ । नहर सफा अर्थात् नहरबाट बालुवा भिक्न ज्यालादारी मजदुरमा मात्र ४५ लाख खर्च गर्दैछ । यस भेगमा केषिप्रति किसानको आकर्षण बढाउन सिँचाइ सहुलियतका लागि वर्षेनी करोडौं रकम खर्च भइरहेको छ।  

खर्चअनुसारको उपलब्धी किसानको दैलोमा पुग्न सकेको छैन। सिँचाइका लागि खर्चिएको रकमबाट किसानको खेत भिज्दैन । सरकारको लगानीलाई किसानहरूले बालुवामा खन्याएको पानी भनिरहेका छन्। यद्यपी कार्यालय प्रमुख विजयकुमार गामीले सिरहा र धनुषाका २५ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पुर्याउँदै आएको दाबी गर्छन् । यी दुई जिल्लाका आठ÷आठ हजार हेक्टर गुहँबालीको खेत कमला नहर प्रणालीमार्फत सिँचाइ भइरहेको उनको भनाइ छ।

कमला नदीमा जति पानी हुन्छ त्यति पानीलाई हामीले नहरमा पठाउने हो प्रमुख गामीले भने, ‘बर्खामा समस्या हुँदैन तर हिउँदमा समस्या हुन्छ । सिरहा र धनुषाका किसानलाई पालो लगाएर पानी वितरण गर्छौैं । हिउँदमा कमला नदीमा अधिकत्तम ६ क्युमेक मात्र पानी हुन्छ । त्यही भएर किसानहरूको माग पूर्ती गर्न नसकिएको हो।’

प्रदेश २ को कुल खेतीयोग्य जग्गाको ८९.९ प्रतिशत जग्गामा मात्रै खेती हुने गरेको तथ्यांक छ । प्रदेश सरकारको आधिकारिक तथ्यांक अनुसार यहाँको कुल ५ लाख ३५ हजार २ सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये ४ लाख ८१ हजार २ सय १४ हेक्टरमा मात्रै खेती हुन्छ । कुल खेतीयोग्य जग्गाको ६६.३ प्रतिशत अर्थात ३ लाख १८ हजार आठ सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख गरिएको छ।  

सिँचाइले अभावले रोजगारी गुम्दै  

कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ । सोही बस्तीका रामफल सदाय वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन् । उनको पीडाको अर्थ छ, पहिला बहुबालीको खेती हुँदा वर्षभरि रोजगारी पाइन्थ्यो । ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले भने ।

उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ । मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा पुग्दा कृषिमा आश्रित रामकरण सदाय जस्ता धेरै किसान बेरोजगार भएका छन् । कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ गएका छन् भने केही जाँदैछन् । यसै बस्तीका प्रायः युवा कामको खोजीमा खाडी जानेको लर्को छ ।  

सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामो समय खैरटोका मुल भन्सारमा जागीर खाएर अवकास पाएका छन् । जागीरे अनुभूती सम्झँदै उनले भने, ‘दुई दशक अघिसम्म भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो अहिले आयात हुन थालेको छ ।’ खैरटोका नाकाबाट जयनगर, दरभगासम्म बैलगाडामा नेपाली धान पुग्थ्यो । ‘हेर्दा हेर्दै समय उल्टियो,’ उनले थपे, ‘अन्न बेच्नेहरू अहिले किन्न थाले ।’ सरकारी नीति किसानमैत्री हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । सिँचाइको व्यवस्थापन गरेर कृषि क्षेत्रको विकास गर्नुपर्ने उनको सुझाव छ ।  

निरास बन्दै किसान  

सिँचाइको प्रयाप्तता भइदिए कृषिप्रति आकर्षण स्वाभाविक रूपमा बढ्दै जाने बरियारपट्टी–४ तेनुवापट्टीका किसान रामबाबु यादव बताउँछन् । यो गाउँको बीच भागबाट कटनीया खोला बग्छ । कमलाको नदीको पानीलाई कटनीयामार्फत प्रवाह गरेर यस भेगका किसानको खेत सिँचाइ गर्न कटनीयामा ब्यारेज निर्माण हुँदैछ । ब्यारेज निर्माण सुरु हुँदा यस क्षेत्रका किसानमा खुसीको सञ्चार भएको थियो । तर ४ वर्षभन्दा बढी भइसक्दा पनि यो योजना आधामै झुन्डिँदा किसानमा निरासा छाएको छ ।

‘कटानियाको सिँचाइ प्रणालीमार्फत कमलाको पानी हाम्रो खेतसम्म पुगे यस भेगका किसानको दुःख सकिन्छ,’ किसान रामबाबु भन्छन्, ‘सरकारको लगानी बालुवामा पानी खन्याए सरह भयो, हाम्रो समस्या सामाधान भएन ।’ कमला सिँचाइमा करोडौं लगानी भएको सुन्छु तर किसानको समस्या उस्तै छ उनले थपे, ‘कर्मचारी मोटाउने किसान दुब्लाउने लगानी कहिलेसम्म ?’ सिँचाइ अभावमा जतिसुकै परिश्रम गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान चिन्तित छन् । सिँचाइको असुविधाले यस भेगका किसान बाली लगाउन हच्किँदै छन् ।

प्रदेश सभासदस्य, मुख्यमन्त्री र प्रदेश प्रमुखले प्रदेश–२ मा समृद्धिको आधार कृषि रहेको भनिरहेका छन् । ‘ग्रामीण मधेसको बाँझो जमिनमा जलसञ्चार नगरेसम्म भनाइको औचित्य नहुने किसानको भनाइ छ । प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बोलेर मात्र नपुग्ने यादवको भनाइ छ । प्रदेश सभाको पहिलो बैठकदेखि नै सांसदले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएका छन् । समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्रै सम्भव रहेको उनीहरूले बताए पनि जलको समुचित व्यवस्थापनतर्फ कार्य प्रारम्भ भएको देखिँदैन ।

मधेसमा जमिन जोतेर अन्न उत्पादन गर्ने समुदायको पीडालाई सरकारले सम्बोधन गर्न नसक्दा अन्न निर्यात गर्ने मधेस अहिले अन्न खरिद खानुपर्ने अत्यासलाग्दो अवस्थामा पुगेको प्रदेश सभासदस्य जगतप्रसाद यादवले बताए । मधेसको भूमिमा अन्न उत्पादन गर्न चाहिने उत्पादन सामग्री व्यवस्थापन गर्न सरकार उदासीन रहेको उनको आरोप छ। अब यो चुनौती प्रदेश सरकारसमक्ष रहेको उनको भनाइ छ । प्रदेश सञ्चालन र आर्थिक भार बहन गर्न सक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकता कृषि उत्पादन बढाउनेतर्फ हुनुपर्ने उनले बताए। 
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस