निर्माण व्यवसायीले एक खर्ब भुक्तानी पाएनन
१९ चैत्र २०७७
•
४ मिनेट पाठ
निर्माण व्यवसायीले एक खर्ब भुक्तानी पाएनन
सरकारले पूर्वाधार निर्माणको पुँजीगत खर्च बढाउन भनिरहे पनि मुलुकभरका निर्माण व्यवसायीले एक खर्बभन्दा धेरै रकम भुक्तानी पाएका छैनन्। निर्माण व्यवसायीले मुलुकभरका करिब ६ हजार आयोजनाबाट एक खर्ब रूपैयाँभन्दा धेरै भुक्तानी नपाउँदा निर्माण क्षेत्र नै प्रभावित हुने चेतावनी दिँदै आएका छन्। सरकारले पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको घोषणा गरे पनि निर्माण सम्पन्न भएका आयोजनाको समेत भुक्तानी गर्न सकेको छैन।  




निर्माणाधीन आयोजनाको भुक्तानी समयमै नपाउँदा मुख्य सिजनमै विकास निर्माणको काम प्रभावित भएको व्यवसायी बताउँछन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सम्पन्न भएका आयोजनाको समेत भुक्तानी नपाउँदा निर्माण क्षेत्र नराम्रोसँग प्रभावित भएको बताए।  

‘मुलुकभर करिब ६ हजार आयोजनाबाट निर्माण व्यवसायीले एक खर्ब रूपैयाँभन्दा धेरै रकम भुक्तानी पाएका छैनन्,’ उनले भने, ‘समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायीमा आर्थिक भार थपिएको मात्रै छैन, ओभरहेड खर्च समेत व्यवस्थापन गर्न हम्मे परेको छ।’ अध्यक्ष सिंहले निर्माण सम्पन्न भएर पनि म्याद थप नभएका आयोजनाको भुक्तानीमा निकै सास्ती भोग्नुपरेको गुनासो गरे।  

‘भुक्तानी माग गर्दै भौतिक पूर्वाधारमन्त्रीलाई धेरैपटक गुहारिसक्यौं। तर समस्या जहाँको तहीँ छ,’ उनले भने, ‘भुक्तानी सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गर्न खोजे पनि अहिलेसम्म भेट्न पाएका छैनन्।’  

सरकारले चालु आर्थिक वर्षको साढे आठ महिनामा पुँजीगत खर्च लक्ष्य अनुसार गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा तीन खर्ब ५२ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेकोमा साढे आठ महिनाको अवधिमा ९२ अर्ब २४ करोड मात्रै खर्च गरेको छ। यो कुल बजेटको २६.१४ प्रतिशत हो। प्राप्त पुँजीगत बजेट खर्च गर्न नसकेको अवस्थामा पनि सरकारले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी गर्न सकेको छैन।

महासंघले पूर्वाधार निर्माणको मुख्य सिजनमै भुक्तानी रोकिँदा विकास, निर्माणको काम प्रभावित भएको जनाएको छ। ‘पूर्वाधार निर्माणको मुख्य सिजनमै भुक्तानी रोकिँदा आयोजनाको काम प्रभावित भएको छ,’ उनले भने, ‘स्रोत सुनिश्चित गरेका आयोजनाको समेत रकम भुक्तानी नहुँदा काम प्रभावित भएको छ।’  

सरकारले गत माघमा पोहोर चैतदेखि लागू हुने गरी ६ महिना म्याद थप गरेको थियो। तर लकडाउनको समयमा गरिएको म्याद थपको कुनै औचित्य नभएको व्यवसायीको तर्क छ। फागुनदेखि जेठ मसान्तसम्मको अवधिलाई नेपालमा पूर्वाधार निर्माणको मुख्य सिजन मानिन्छ। तर यही समयमा भुक्तानी नपाउँदा निर्माण सामग्री खरिद र कामदारलाई तलब खुवाउन समेत हम्मे परेको निर्माण व्यवसायीको गुनासो छ।  

महासंघका अध्यक्ष सिंहले कोभिड–१९ ले थला परेको पूर्वाधार निर्माण विस्तारै लयमा फर्किन खोजे पनि सरकारले पुराना ठेक्काको म्याद थप नगर्दा समस्या भइरहेको बताए।

‘अहिले कोभिड–१९ को प्रभाव केही मत्थर भएको छ,’ उनले भने, ‘यही बेला निर्माणको मुख्य सिजन पनि सुरु भएको छ। अब सरकारले पुराना आयोजनाको म्याद थप गरेर पूर्वाधार निर्माण कार्यलाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्छ।’ महासंघका अध्यक्ष सिंहले सबै प्रकारका परियोजनाको लागि माघ ११ गतेदेखि लागू हुने गरी म्याद थप गर्न उनले माग गरे।  

यद्यपि सरकारले म्याद समाप्त भएको मितिदेखि लागू हुने गरी ६ महिना म्याद थप गरे पनि लकडाउनको कारण ठप्प भएकाले फेरि सोलोडोलोमा म्याद थप गर्नुपर्ने व्यवसायीको माग छ।  

‘लकडाउनको कारण निर्माण सामग्री सप्लायर्सहरू समेत बन्द भएकाले पर्याप्त मात्रामा उपलब्ध हुन सकेन,’ उनले भने, ‘गत वर्ष निर्माण कार्य हुने मुख्य सिजन फागुनदेखि जेठसम्मको अवधि लकडाउनभित्र परेकोले फेरि म्याद थप गर्नुपर्ने हुन्छ।’ महासंघले कोभिड–१९ ले प्रभावित निर्माण व्यवसायलाई उकास्न बजारमा नगद प्रवाह बढ्न गई देशको अर्थतन्त्र पनि चलायमान हुने भएकोले धरौटी बापतको रकम फिर्ता पाउनुपर्ने माग गरेको छ।

कोभिडमा ६५ अर्ब नोक्सान

कोभिड–१९ का कारण निर्माण व्यवसायीले ६५ अर्ब रूपैयाँभन्दा धेरै नोक्सान सहनुपर्ने बताए। ‘निर्माण व्यवसायीले बैंकबाट तीन अर्ब ३५ करोडभन्दा धेरै ऋण लिएर व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्,’ अध्यक्ष सिंहले भने, ‘लकडाउनले व्यवसाय ठप्प भएको बेलामात्रै निर्माण व्यवसायीले ३४ अर्बभन्दा धेरै ब्याज तिर्नुपर्‍यो।’  

अध्यक्ष सिंहले निर्माण व्यवसायीले एक वर्षको अवधिमा ६५ अर्ब रूपैयाँभन्दा धेरै नोक्सानी बेहोर्नुपरेको बताए। ‘व्यवसायीले लकडाउनको कारण निर्माण व्यवसाय ठप्प हुँदा पनि ३४ अर्बभन्दा धेरै बैंकको ब्याज तिर्नुपर्‍यो,’ उनले भने, ‘बाँकी रकम ओभरहेड खर्चमा नोक्सान भयो।’ अहिले नेपालभर करिब १५ देखि १७ हजार निर्माण व्यवसायी छन्।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३५ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस