पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने
१० चैत्र २०७७
•
३ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ। अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सय रुख काट्ने बाटो खुलेको छ। रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ।  




विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ। डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए। यो डाँडा विमानस्थलको पूर्वी भेगमा पर्छ। ‘डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ। अनिवार्य रूपमा डाँडा काट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ।’

२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्छ। तर प्राविधिक रूपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ। अहिलेसम्म विमानस्थल निर्माणको ७२ काम प्रतिशत सकिएको छ। विमानस्थलको भौतिक पूर्वाधार ठड्याउने सबै काम सकिएका छन्। आन्तरिक सजावटका काम बाँकी छन्। त्यसबाहेक उपकरण जडानको काम बाँकी छ। रनवेमा मार्किङको काम पनि भइरहेको पौडेलले बताए।  

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन्। तीमध्ये ८४ वटा ठूला रुख छन्। बाँकी ५१६ वटा ३० सेन्टिमिटरसम्म गोलाइ भएका साना आकारका रुख छन्। वन कार्यालयका अनुसार रिठ्ठेपानीको करिब पाँच हेक्टर जमिन कटान हुने अनुमान छ। तर नापी कार्यालयले कटान गर्नुपर्ने यकिन क्षेत्रफल तोकेको छैन।

वन अधिकृत बरालका अनुसार मन्त्रिपरिषद्ले रुख काट्न अनुमति दिएपछि पनि त्यो निर्णय वन मन्त्रालयमा आउँछ। मन्त्रालयले वन विभागमा प्रस्ताव पठाउँछ। विभागले विमानस्थल आयोजना जिम्मेवार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सम्झौता गर्छ। त्यही सम्झौता अनुसार रुख काट्ने सहमति हुन्छ। तर एउटा रुख काटेबापत २५ वटा नयाँ बिरुवा रोपेर पाँच वर्षसम्म रेखदेख पनि क्यानले गर्नुपर्छ। रिठ्ठेपानी डाँडामा कतिपय सार्वजनिक त केही निजी जग्गा पनि रहेकोले निजी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ भने वन मातहतको जग्गाको पनि सट्टाभर्ना गर्नुपर्छ।  

रिठ्ठेपानीको जग्गा उपयोग गरेबापत प्राधिकरणले त्यत्ति नै जग्गा अन्यत्र किनेर वनलाई लालपुर्जा दिनुपर्ने हुन्छ। निजी जग्गाको मुआब्जा दिनुपर्ने कानुनी प्रावधान रहेको बरालले बताए। रिठ्ठेपानीको सट्टामा दिइने जग्गामा एक बोट बराबर २५ वटाका दरले बिरुवा रोपेर हुर्काएर हस्तान्तरण गर्नुपर्ने हुन्छ। तर अहिले कति जग्गा व्यक्तिको छ र कति वन मातहत छ भन्ने यकिन भई नसकेको बरालले बताए। ‘वन कार्यालयको नाममा लालपुर्जा पनि दिन सक्छ। जग्गा अन्यत्र नपाएको खण्डमा जग्गाको मूल्य बराबरको रकम पनि वन कार्यालयलाई दिन सक्छ,’ उनले भने, ‘निजीको हकमा भने उपयुक्त मुआब्जा दिएर चित्त बुझाउने दायित्व प्राधिकरणको हुन्छ।’

कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा दुईवटा डाँडा काट्नुपर्ने हुन्छ। ती डाँडामा साल, चिलाउने, कटुस लगायत रुख छन्। बिकका अनुसार सामान्यतया सरकारी निकायले सार्वजनिक जग्गा उपभोग गर्दा भोगाधिकार दिने प्रचलन छ। त्यही अनुसार वनको जग्गा प्राधिकरणले भोगाधिकार पनि पाउन सक्ने उनले बताए। ‘विमानस्थलमा जहाज उडान र अवतरणको अवरोधको रूपमा हामीले डाँडालार्ई बुझेका छौं,’ बिकले भने। बिकका अनुसार डाँडाको जग्गा स्थानीयले लामो समयदेखि उपयोग गरिरहे पनि उनीहरूको लालपुर्जा भए÷नभएको यकिन भइसकेको छैन।
अर्को समाचार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने
०९ चैत्र २०७७
•
३ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः रिठ्ठेपानी डाँडा र ६ सय रुख काटिने
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मार्किङ गरिएको धावनमार्ग । तस्बिरः नागरिक
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानीको डाँडामा रहेका रुख काट्न मन्त्रीपरिषद् बैठकले अनुमति दिएको छ । अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सयवटा रुख काट्नका लागि बाटो खुलेको छ । रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ ।  




विमानस्थलका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार रिठ्ठेपानी डाँडाको सबैभन्दा अग्लो ठाउँबाट ४० मिटर तलसम्म कटान गर्नुपर्ने हुन्छ । डाँडा कटान गर्दा बल्ल जहाजको उडान र अवतरणमा सहज हुने उनले बताए । यो डाँडा विमानस्थलको पूर्वि भेगमा पर्छ । ‘डाँडा काटेपछि सुरक्षाको हिसाबले उडान र अवतरणमा सहज हुनेछ । अनिवार्य रुपमा डाँडा काट्नुपर्ने हुन्छ,’ पौडेलले भने, ‘विमानस्थलसम्मको आकाशको पहुँच क्लियर बनाउन मात्र खोजिएको छ ।’

२०२१ जुलाई १० सम्म विमानस्थल निर्माण सक्नुपर्ने समय तोकिएको छ । तर प्राविधिक रुपमा अझै केही काम बाँकी रहेकोले २०२२ सम्म उडान सुरु हुने अपेक्षा पोखरेलीको छ । अहिलेसम्म विमानस्थल निर्माणको ७२ प्रतिशत काम पुरा भईसकेको छ । विमानस्थलको भौतिक पूर्वाधार ठड्याउने सबै काम सकिएका छन् । आन्तरिक सजावटका काम बाँकी छन् । त्यसबाहेक उपकरण जडानको काम बाँकी छ । रनवेमा मार्किङको काम पनि भईरहेको पौडेलले बताए ।  

जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार डाँडामा रहेका ६ सय रुख कटान हुनेछन् । ती मध्ये ८४ वटा ठुला रुख छन् । बाँकी ५१६ भने ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख रहेका छन् । वन कार्यालयका अनुसार रिठ्ठेपानीको करिब ५ हेक्टर जमिन कटान हुने अनुमान छ । तर, नापी कार्यालयले कटान गर्नुपर्ने यकिन क्षेत्रफल भने तोकेको छैन ।

पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र) । विमानस्थलमा उडान र अवतरण गर्न ४० मिटर उचाईसम्म डाँडा सहित त्यहाँका ६ सय रुख कटान गर्नुपर्ने हुन्छ । तस्बिरः उमेश पुन÷नागरिक
वन अधिकृत बरालका अनुसार मन्त्रीपरिषद्ले रुख काट्न अनुमति दिएपछि पनि त्यो निर्णय वन मन्त्रालयमा आउँछ । मन्त्रालयले वन विभागमा प्रस्ताव पठाउँछ । विभागले विमानस्थल आयोजना जिम्मेवार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सम्झौता गर्छ । त्यही सम्झौता अनुसार रुख काट्ने सहमति हुन्छ । तर, एउटा रुख काटेबापत २५ वटा नयाँ विरुवा रोपेर पाँचवर्षको रेखदेख पनि क्यानले गर्नुपर्छ । रिठ्ठेपानीको डाँडामा कतिपय सार्वजनिक त केही निजी जग्गा पनि रहेकोले निजी जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ भने वन मातहतको जग्गाको पनि सट्टाभर्ना गर्नुपर्छ ।  

रिठ्ठेपानीको जग्गा उपयोग गरेबापत प्राधिकरणले त्यत्ति नै जग्गा अन्यत्र किनेर वनलाई लालपूर्जा दिनुपर्ने हुन्छ भने निजी जग्गाको मुआब्जा दिनुपर्ने कानुनी प्रावधान रहेको बरालले बताए । रिठ्ठेपानीको सटमा दिइने जग्गामा एक बोट बराबर २५ वटाका दरले विरुवा रोपेर हुर्काएर हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर अहिले कति जग्गा व्यक्तिको छ र कति वनको मातहतमा छ भन्ने यकिन भईनसकेको बरालले बताए । ‘वन कार्यालयको नाममा लालपूर्जा पनि दिन सक्छ । जग्गा अन्यत्र नपाएको खण्डमा जग्गाको मुल्य बराबरको रकम पनि वन कार्यालयलाई दिन सक्छ,’ उनले भने, ‘तर निजीको हकमा भने उपयुक्त मुआब्जा दिएर चित्त बुझाउने दायित्व प्राधिकरणको हुन्छ ।’

कास्कीका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार रिठ्ठेपानीमा २ वटा डाँडा काट्नुपर्ने हुन्छ । ती डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन् । विकका अनुसार सामान्यतया सरकारी निकायले सार्वजनिक जग्गा उपभोग गर्दा भोगाधिकार दिने प्रचलन रहेको छ । त्यही अनुसार वनको जग्गा प्राधिकरणले भोगाधिकार पनि पाउन सक्ने उनले बताए । ‘विमानस्थलमा जहाज उडान र अवतरणको अवरोधको रुपमा हामीले डाँडालार्ई बुझेका छौं,’ विकले भने । विकका अनुसार डाँडाको जग्गा स्थानीयले लामो समयदेखि उपयोग गरिरहेपनि उनीहरुको लालपूर्जा भए नभएको भने अझै यकिन भईसकेको छैन । 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस