बोइङ ७५७–२०० विमान बिक्री चाँडै
०८ चैत्र २०७७
•
२ मिनेट पाठ
बोइङ ७५७–२०० विमान बिक्री चाँडै
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै निगमले चाँडै उक्त प्रक्रिया टुंगिने जनाएको छ। 




निगमले पहिलो र दोस्रोे लिलामी प्रक्रियामा विमान बिक्री हुन नसकेपछि तेस्रोपटक बोलपत्र आह्वान गरेको थियो। तेस्रोपटकको प्रयासमा भएको लिलामी प्रक्रियामार्फत निगमले उक्त विमान बेच्ने निर्णय गरेको थियो। उक्त कम्पनीले गत साउनमा भएको पहिलो चरणको सम्झौतापछि निगमलाई पाँच प्रतिशत बैनासमेत बुझाइसकेको थियो।

दोस्रो टेन्डरमा पनि विमान बिक्री नभएपछि कानुनले आपसी छलफलबाट विमान बेच्ने सुविधा दिएको थियो। सोही नियमभित्र रहेर निगमले ५.७१ मिलियन अमेरिकी डलरमा उक्त विमान बेच्ने सम्झौता गरेपनि कोरोनाको कारण प्रक्रिया टुंगिन सकेको थिएन। अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड अवस्थामा छ।

उक्त जहाज लिलाम गर्न निगमले नेगोसिएसन उपसमिति समेत गठन गरेको थियो। उपसमितिको अध्ययनले विमान किन्न प्रस्ताव गर्ने तीन कम्पनीमध्ये सिएसजिएसलाई बेच्न सुझाएपछि बिक्री प्रक्रिया अघि बढेको र हाल निगम प्रक्रियामा गएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जनाएका छन्।

‘पछिल्लो आठ महिनादेखि उक्त कम्पनी निरन्तर सम्पर्कमा थियो र पटकपटकको ताकेतापछि सिएसजिएसलाई अन्तिम सम्झौता पठाइसकेका छौं,’ नागरिकसँग पौडेलले भने। गत वर्ष असार ११ मा ४५ दिनको समय दिएर पहिलो बोलपत्र आह्वान गरेको निगमले त्यसमा परेका तीनवटै कम्पनीले निगमले चाहेको मूल्य तिर्न तयार नभएपछि दोस्रोपटक गत भदौ पहिलो साता १५ दिनको समय सीमा राखेर पुनः बोलपत्र आह्वान गरेको थियो।

उक्त आह्वानबाट पनि निगमले राखेको मूल्य पाएन। त्यसपछि गत कात्तिक २६ मा आकर्षक छुटसहित तेस्रोपटक गरेको बोलपत्र आह्वानमा तीन विदेशी कम्पनीले चासो देखाएका थिए। निगमले तेस्रोपटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रूपैयाँ ९४२ लाख ५० हजार अमेरिकी डलर० तोकेको थियो।

सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताए पनि झन्डै दुई वर्षदेखि ग्राउन्डेड उक्त विमान मर्मतसम्भारमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले जहाज बेच्न खोजेको हो। निगमका तत्कालीन कार्यकारी निर्देशक मदन खरेलले सन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने अवस्थामा भएकाले छिटो बिक्री गर्न दबाब दिएका थिए।  

विमानका केही कागजपत्रको म्याद उक्त समयमै सकिएको छ। तर अहिले पनि आवश्यक कागजी प्रक्रिया पूरा गरेर एकपटकलाई उक्त जहाज उडाउन कुनै समस्या नरहेको निगमले स्रोतले जनाएको छ। ८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्सरोयस इन्जिन छन्। निगमले सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग उक्त विमान ऋणमा किनेको थियो।

निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरिसकेको छ। हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा एभ्रो, एउटा बोइङ ७२७ र दुइटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमकै अधिकारी बताउँछन्।
अर्को समाचार
निगमको नाइनएन-एकेएक्स जहाज उडानयोग्य
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
निगमको नाइनएन-एकेएक्स जहाज उडानयोग्य
नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।




जहाज इजरायलबाट दुबै हुँदै वैशाख १५ गते शनिबार काठमाडौं अवतरण गरेको प्रवक्ता रमेश पौडेलले बताए।

जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएकाले इजरायलस्थित ‘मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन’ मा मर्मत भइरहेको थियो।

निगमका अनुसार मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गरिरहँदा अन्य प्राविधिक समस्याहरूका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको थियो। मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार बजारमा सम्बद्ध पार्टपुर्जाहरूको अभाव भएको थियो।

साथै युद्ध प्रभावित क्षेत्र भएका कारण आपूर्तिमासमेत कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाइ हुन पुगेको निगमले जानकारी दिएको छ।

इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता सो जहाज इजरायलमा थियो। त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड थियो।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस