म्याद गुज्रेको ७ महिनापछि सव–कन्ट्र्याक्टरलाई जिम्मा
०४ चैत्र २०७७
•
३ मिनेट पाठ
म्याद गुज्रेको ७ महिनापछि सव–कन्ट्र्याक्टरलाई जिम्मा
महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको मुख्य निर्माण कम्पनीले बाँकी काम सव–कन्ट्र्याक्टरलाई जिम्मा लगाएको छ । गाइघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार ४९ किलोमिटर सडकखण्डको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभीले सम्झौता म्याद नाघेको ७ महिना बितेपछि बाँकी काम ग्राइन्ड डिजाइन कन्स्ट्रक्सन प्रालि नेपालगन्जलाई जिम्मा दिएको हो ।  




कालोपत्रेको काममा चरम ढिलासुस्ती भइरहेको तथा गुणस्तरमाथि प्रश्न उठ्दा आलोचित बनिरहेको सिद्धि शाही जेभीले बिचैमा अर्कै निर्माण कम्पनीलाई सव–कन्ट्र्याक्टमा काम छाडेको हो । करिब अढाइ महिनाअघि सव–कन्ट्र्याक्ट गरेको ग्राइन्ड डिजाइन कन्स्ट्रक्सनले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतको उपस्थितिमा फागुन २६ गतेदेखि महुरेबाट काम सुरु गरेको छ । सिद्धि शाही जेभीका डाइरेक्टर दीपेन्द्रबहादुर शाहीले कालोपत्रेको बाँकी काम ह्यान्डओभर गरेपछि काम सुरु गरिएको ग्राइन्ड डिजाइनका डाइरेक्टर दिनेशकुमार पुडासैनीले बताए । ‘यो सडक कालोपत्रेको काम क्रोनिक र च्यालेन्जिङ छ,’ पुडासैनीले भने, ‘बाँकी काम १८ महिनादेखि २४ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेको छु ।’

दिक्तेलबाट उदयपुरको गाइघाट हुँदै तराई पुग्ने छोटो दुरीको बाटोमा पर्ने महुरे–राजापानी खण्डको कालोपत्रेको काम गत दसैंअघि देखि नै ठप्प छ । सडक कालोपत्रेको काममा ढिलासुस्ती गरेकामा सिद्धी शाहीबाट करिब साढे ६ करोड बैंक ग्यारेन्टी तानिएको गाइघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाइघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

सिद्ध शाहीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने सर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । निर्माण व्यवसायीले भने महुरे–राजापानी सिमपानी सडकखण्डमा ५५ प्रतिशत भौतिक प्रगति भएको दाबी गरेको छ । सिद्धि शाही जेभीले जिम्मा लिएको उदयपुरतर्फको खण्डमा पनि उस्तै ढिलासुस्ती देखिएको (डिई) खकुरेलले बताए ।

हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । सम्झौता म्याद गुज्रिँदासमेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासी असन्तुष्ट छन् । जिल्लामा हरेक नयाँ डिडियो आउँदा राजनीतिक दलका नेताले समेत महुरे–फोक्सिङटार सडकलगायत विकास निर्माणमा भइरहेका ढिलासुस्तीको अन्त्यका लागि ध्यानाकर्षण गराउने गरेका छन् । दिक्तेल र गाइघाटलाई जोड्ने छोटो मार्गका रूपमा रहेको सडकखण्ड कालोपत्रेको काम अत्यन्तै सुस्त छ । 

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका थिए । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको बुइपाका युवा नेता मिलन राईले बताए ।

महुरे–फोक्सिङटार सडक खण्डअन्तर्गत राजापानी (सिमपानी भन्ज्याङ)देखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको काम भने देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ । सो खण्डको काम पनि सन्तोषजनक छैन । सिमपानी–फोक्सिङटार सडकखण्डको हालसम्म करिब ५९ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने सर्तमा २०७३ साल साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो ।

कालोपत्रेको गुणस्तरमाथि प्रश्नै–प्रश्न

महुरे–फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे–सिमपानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २०७६ साल पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए ।
अर्को समाचार
सिगाना–गाजादह- बरेङ सडक कालोपत्र हुने
०८ कार्तिक २०७९
•
२ मिनेट पाठ
सिगाना–गाजादह- बरेङ सडक कालोपत्र हुने
निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ। बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह र बरेङ  शान्तिपुर जोड्ने उक्त सडक कालोपत्रका लागि निर्माण व्यवसायी छनोट हुनाका साथै बोक्से खाल्टाबाट सडक चौडा पार्ने काम सुरु गरिएको छ।




साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्र गर्ने गरी अहिले बोक्से खाल्टाबाट सडक चौडा पार्ने काम सुरु गरिएको हो। सडकको पूर्वाधार ग्याबिन, कल्र्भट, पर्खाल तथा नाली बनाउने गरी सडक चौडाको काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।  

अहिले सडक चौडा पार्न र सडक मिलाउनका लागि निर्माण व्यवसायीले दूई ठूला उपकरण परिचालन गरिसकेको उक्त कार्यालयका सूचना अधिकारी इञ्जीनियर कृष्णबहादुर खड्काले बताए। तिहारपछि काममले अझै तीव्रता लिने कार्यालयको भनाइ छ।

'दसैँलगत्तैदेखि  काम सुरु भएकामा  अहिले सडक धमाधम चौडा पार्ने काम भइरहेको छ, दसैँअघिमात्रै निर्माण व्यवसायीले अन्तिम सर्वेक्षण गरेको थियो', उनले भने, 'सडक साढे दुई वर्षमा कालोपत्र गरिसक्ने गरी पहिलो आर्थिक वर्षमै चौडा पार्ने काम सम्पन्न गरिनेछ भने आगमी वर्ष कालोपत्रको काम थालिने छ।'

बागलुङ बजार हुँदै सिगाना, बरेङ शान्तिपुर पुग्ने सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्र भइसक्ने उक्त कार्यालयले जनाएको छ।  

सडक ३२ किलोमिटर लामो भए पनि अहिले पहिलो चरणमा सुरुबाट १० किलोमिटर सडक कालोपत्र गरिने भएको छ। लामो समय बजेट अभावले कालोपत्रका लागि ठेक्कामा जान नसकेको सडक विभिन्न पदाधिकारीको पहलका कारण अहिले कालोपत्रका लागि काम थालिएको हो।  

ठेक्काअन्तर्गत बागलुङ बजारबाट बोक्सेसम्मको सडक कालोपत्र भइसकेकाले बोक्सेबाट बौडैचौरको आलडाँडासम्म कालोपत्र गर्न लागिएको छ। निर्वाचन क्षेत्र–१को रणनीतिक सडक सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदहरूको सिफरिसमा छनोट भएको थियो। सडक कालोपत्र नहुँदा सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडकमा यात्रुले सास्ती खेप्दै आएका छन्। रासस
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस