नहुने चुनावको तयारीका लागि निर्वाचन कार्यालय बैतडीले करिब ५ लाख खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि निर्वाचन कार्यालयले तयारी थालेको थियो । आयोगले विभिन्न शीर्षकमा ५ लाख १५ हजार रुपैयाँ जिल्ला निर्वाचन कार्यालय बैतडीलाई पठाएको थियो । उक्त रकममध्ये ५ लाख १० हजार ५ सय ७० रुपैयाँ खर्च भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए ।
सरकारले निर्वाचन घोषणा गरेपछि तयारी स्वरुप उक्त रकम खर्च भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका लेखापाल भानदेव जोशीले बताए । कार्यालयका कर्मचारीको प्रोत्साहन भत्ता र गाडी मर्मतमा मात्रै ५ लाख बढी रकम खर्च गरिएको जोशीले जानकारी दिए ।
सरकारले चुनाव घोषणा गरेपछि मतदाता नामावली अध्यावधी, मतदान केन्द्रहरुको अवलोकन गर्ने काम, आचारसंहिता लगायतको आन्तरिक तयारी, कार्यालयको तयारी, उपकरणहरुको मर्मत सम्भार लगायतका कामहरु गरेको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि आयोगको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । निर्वाचन तयारी सम्बन्धी सम्पूर्ण कामहरु, जनशक्ति निर्देशिका, कार्यविधि बनाउने काम, निर्वाचन सामग्री व्यवस्था गर्ने लगायतका काम रोकिएको छ ।