पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी
१३ फागुन २०७७
•
२ मिनेट पाठ
पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी
सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।




आठ हजार कुखुरा पाल्न मिल्ने गरी सञ्चालन गरिएको पोल्ट्री फर्मलाई बढाएर हाल २५ हजार कुखुरा पाल्न सकिने बनाइएको छ। उक्त फर्ममा अहिले २३ हजार ब्रोइलर कुखुरा छन्। साना किसानले थोरै ब्रोइलर पाल्दा जिविकोपार्जन कठिन हुने भन्दै कुखुरा पाल्न छाडेसँगै ठूला व्यवसायी अग्रसर भएका हुन्।

‘थोरै कुखुरा पाल्दा खासै फाइदा हुंदैन, उल्टै घाटा हुन्छ,’ फर्म सञ्चालक गोविन्द खड्काले भने, ‘ठूलो संख्यामा पाल्दा एउटा कुखुरामा थोरै नाफा हुँदा पनि एकमुष्ठमा राम्रै हुन्छ।’ उनको फर्ममा काम गर्ने कामदारलाई आठ हजारदेखि २० हजारसम्म तलब छ। ‘कामदारका बालबालिकालाई बोर्डिङ पढाइदिएको हुन्छ, यसका अलावा बस्ने, खाने सुविधा सहित उक्त तलब दिएको हुँ,’ उनले भने।  

उनले समय अनुसार मासुको भाउमा आउने उतारचढावलाई ध्यानमा राखेर कुखुरा फर्ममा हाल्नुपर्ने बताए। ‘कहिलेकहीँ घाटा पनि हुन्छ, तर ठूलो परिमाणमा हुँदा त्यसले कभर गर्छ,’ उनले भने। उनको फर्ममा कुखुरा एकैपटक तयार हुँदैन। ‘एउटा खोरको बेचिसक्दा अर्को खोरमा ठिक्क बेच्ने बेला हुन्छ,’ उनले भने, ‘खालि भएको खोरमा चल्ला हाल्ने र तयारी भएको बेच्ने गरेको छु।’  

झन्डै दुई करोड लगानीमा उक्त फर्म सञ्चालन भएको सञ्चालक खड्का बताउँछन्। ‘कुखुरा पाल्न ठूलै लगानी भएको छ,’ उनले भने, ‘लगानी अनुसार प्रतिफल पनि सन्तुष्ट हुने खालकै छ।’ स्वतन्त्र भएर गर्न काम गर्न सकिने भएकाले यो व्यवसाय रोजेको उनले बताए। ‘किसानी पेसामा केहीको तनाव हुँदैन मात्रै फर्म र व्यवसायको संरक्षण गर्न सके पुग्छ,’ उनले भने।

पछिल्लो समय सिन्धुलीका ब्रोइलर पाल्ने साना किसानको कमी भएसँगै ठूलो लगानीमा धेरै कुखुरा पाल्ने फर्म सञ्चालन गर्ने बढ्दै गएका छन्। करोडभन्दा बढी लगानीमा कुखुरा फर्म सञ्चालन गर्न व्यवसायी आकर्षित भएका हुन्। कमलामाई नगरपालिका–५ मै व्यवसायी शंकर भण्डारीले ठूलो खालको फर्म सञ्चालन गर्न धमाधम निर्माण गरिहेका छन्।

उनी शिक्षक पेसाबाट अवकाश लिई कुखुरापालनमा जुटेका हुन्। ४५ दिनमै मासु खानयोग्य हुने र तौल पनि आउने भएकाले ब्रोइलर फर्म सञ्चालन गर्न व्यवसायी इच्छुक भएका हुन्। यहाँ पालिएका कुखुराको मुख्य बजार काठमाडौं भएको व्यवसायी बताउँछन्। ‘हामीले पालेको सबै कुखुरा बिक्री गर्न काठमाडौं लैजानुपर्छ,’ भण्डारीले भने।
अर्को समाचार
साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती
२० जेष्ठ २०७८
•
४ मिनेट पाठ
साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती
तरकारीबारीमा काम गर्दै साना लगानीका किसान । तस्बिरः गणेश/नागरिक
जानकी गाउँपालिका–५, गुरुवा गाउँका २६ वर्षीय वकिल बागवानले दुई वर्ष कुखुरा व्यवसाय गरे । अस्वस्थ प्रतिस्पर्धा र बजार अभावमा उनको व्यवसाय फस्टाउन सकेन । अन्ततः उनले उक्त व्यवसायबाट घाटा खाँदै पेसा फेर्नु पर्‍यो । लगानीसमेत उठाउन नसकेर एक लाख रूपैयाँसम्म नोक्सानी व्यहोरेका उनलाई भारतबाट भित्रिने कुखुरा प्रमुख चुनौती बन्यो । 




‘हामीले यहाँ १५ दिनमा उत्पादन गर्छाैं । भारतबाट १२ दिनमै उत्पादन गरेर बजारमा ल्याउँछन्,’ उनले भने, ‘हामीले धेरै दिनपछि बजारमा लिँदा लगानी धेरै हुन्छ र भारतीय मूल्य बराबरमा बिक्री गर्नुपर्छ ।’ ‘जसले लगानी र आफ्नो परिश्रमको मूल्य उठाउन सकिँदैन,’ उनी भन्छन् । साना लगानीकर्ता किसानलाई लगानी सुरक्षित गर्न समस्या भएको उनी प्रतिनिधिपात्र मात्र हुन् । बाँकेका कयौं साना लगानीका किसान अस्वस्थ प्रतिस्पर्धाका कारण मारमा परेका छन् ।

जानकी गाउँपालिका–४, शिव नगरका रमेशकुमार बर्मालाई पनि उही बजारको समस्याले थलाएको छ । उनले बर्सेनि करिब दुई सय क्विन्टल धान उत्पादन गर्छन् तर सरकारले कुपनमार्फत लगभग २० क्विन्टल मात्र धान खरिद गर्छ । अरु सबै धान अस्वस्थ प्रतिस्पर्धा गरेर बजारमा बिक्री गर्नुपर्ने बाध्यता उनीसहित अन्य धान उत्पादक किसानको छ । उत्पादन भएको सबै धान सरकारले खरिद नगर्दा सरकारी दरभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भएको किसानहरु बताउँछन् । कुपन व्यवस्था नभइ उत्पादन भएको सबै धान सरकारले खरिद गरे किसानको उचित लगानी उठ्ने उनीहरु बताउँछन् ।

समयमै मल नपाउनु, गुणस्तरीय बीउ नपाउनु, सिँचाइ सुविधा नहुनु, बजारको सुनिश्चितता नहुनुलगायतका समस्याले किसान समस्यामा परेको किसान बर्माको भनाइ छ । ‘धानमा रोगको प्रकोप देखिए समयमै प्राविधिक आउँदैनन्,’ उनी भन्छन्, ‘जसले गर्दा समयमै प्रकोप रोकथाम नहुँदा अन्य धानमा पनि संक्रमण हुन्छ ।’ यही समस्या तरकारी किसानमा पनि छ । बेलाबेला तरकारीमा देखिने रोग समयमै उपचार नहुँदा तरकारी व्यवसायी मारमा पर्ने गरेका छन् । 

सीता चौधरीको तरकारी बारीमा अहिले टमाटर, खुर्सानी, भिन्डी, लौका, फर्सी लटरम्म छन् । तरकारी उत्पादन राम्रो भए पनि कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण बजार जान सकेन । अहिले बजार नपाए टमाटर बोटमै कुहिन थालेका छन् । यो अवधिमा सात हजार रूपैयाँ बराबरको टमाटर बिक्री भएको उनले बताइन् । ‘ठूलो समस्या भनेको भारतबाट भित्रिने तरकारीकै हो,’ अन्य किसान जस्तै समस्या झेल्दै आएकी उनले भनिन्, ‘यहाँसम्म तरकारी लिन व्यापारी आउँदैनन् । बरु भारतबाट ल्याउँछन् ।’

रामप्रसाद चौधरीको बारीमा मकै बजार जाने भइसके तर अहिलेसम्म मकै बजार पुग्न सकेको छैन । यस वर्ष कोरोना भाइरसका कारण समस्या भए पनि यसभन्दा पहिला बजारकै समस्या थियो । नेपालगन्ज पश्चिम नेपालको ठूलो सहर भए पनि भारतीय उत्पादनले यहाँको उत्पादनमा प्रभाव पारेको उनको भनाइ छ । सरकारले दिने अनुदानले केही किसानलाई राहत पुर्‍याए पनि अधिकांश साना लगानीका किसानलाई लगानी सुरक्षित गर्न चुनौती छ । 

सरकारले अनुदान पनि पहुँचको आधारमा दिँदा वास्तविक किसानलाई आफ्नो लगानी सुरक्षित गर्न जटिलता थपिएको छ । जसको उदाहरण बनेका बागवान हुन् । उनले घाटा व्यहोरेको लगानी सरकारले सुरक्षित गरेको भए किसान पेसा छाडेर मजदुरी गर्नुपर्ने बाध्यता आउने थिएन । बाँके कृषि क्षेत्रमा लम्किँदै जाँदा साना किसानको लगानी सुरक्षित गर्न नसके कृषि पेसामा ठूलो असर पर्ने गणेशकुमार बर्माले बताए । अस्वस्थ प्रतिस्पर्धा हुँदा उनलाई पनि लगानी सुरक्षित गर्न सकस परेको छ । भारतबाट आउने तरकारीलगायत कृषिजन्य सामग्री सस्तो हुने र स्थानीय उत्पादन केही महँगो हुँदा बजारसँग प्रतिस्पर्धा हुन समस्या आइरहेको उनको भनाइ छ । भारतीय मूल्यमा बिक्री गर्दा घाटा हुने र यहाँको मूल्यमा बिक्री गर्दा बजार नपाउने समस्या भएको साना लगानीका किसानहरु बताउँछन् ।

प्रतिस्पर्धामा समस्या हुँदा अपेक्षाकृत आम्दानी गर्न सकेका छैनन् । विनिता राठले तीन वर्ष अघिदेखि पाँचवटा बाख्रा पालन सुरु गरिन् । तर बजारमा अस्वस्त प्रतिस्पर्धा हुँदा र सरकारी अनुदान नपाउँदा उनको व्यवसाय फस्टाउन सकेको छैन । तीन वर्षमा जम्मा सातवटा बाख्रा पुगेका छन् । यही व्यवसायमा उनले घर खर्च जोह गर्न समस्या छ । लगानी अभावमा व्यवसाय नफस्टाउँदा यही व्यवसाय गर्ने की अन्य काम गर्ने भन्ने विषयमा उनी अन्योलमा छिन् । ‘यस्तै भयो भने यही पेसा गर्न सकिन्न,’ उनले भनिन्, ‘योभन्दा मजदुरी गर्दा धेरै पैसा हुन्छ ।’ 

लगानी सुरक्षिताको ग्यारेन्टी नहुँदा पनि उनले यसमा लगानी बढाउन सकेकी छैनिन् । कोरोना भाइरस संक्रमणको महामारीमा किसानले बजार नपाउँदा झनै ठूलो समस्या पर्‍यो । आफूले उत्पादन गरेका कृषिजन्य उत्पादन बिक्री नहुँदा लगानी खेर गएको किसानहरु बताउँछन् । अस्वस्थ प्रतिस्पर्धा, भारतीय तरकारीको बिगबिगीलगायत कोरोना भाइरसका कारण पनि साना लगानीका किसानलाई लगानी सुरक्षित गर्न चुनौती थपिएको छ ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस