अव्यवस्थित पार्किङले समस्या
०१ फागुन २०७७
•
२ मिनेट पाठ
अव्यवस्थित पार्किङले समस्या
सदरमुकाम सिलगढी र तत्कालीन क्षेत्रीय सदरमुकाम रहेको दिपायल बजारमा अस्तव्यस्त पार्किङले दुर्घटना निम्त्याउने खतरा बढेको छ। दिपायल बजारको मुख्य सडकखण्डमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या निम्तिन थालेको छ।




वर्षौंदेखि पसलअगाडि सडकमै सवारीसाधन राखिँदा दिपायल बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारी खड्कविक्रम शाहीले बताए। ‘स्थानीय तहले व्यवस्थित पार्किङस्थल नबनाइदिँदा सडकमै गाडी रोक्दा ट्राफिक अव्यवस्थित हुने गरेको छ,’ उनले भने।

सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटनाको भय निम्तने गरेको बताउँदै पर्यटन व्यवसायी दीपकबहादुर खड्काले भने। दिपायल सिलगढी नगरपालिकाले व्यवस्थित पार्किङ स्थल नबाउँदा बाहिरबाट आएका सवारीसाधन राख्न समस्या पर्ने गरेको उनले बताए।

पछिल्ला वर्षहरूमा दीपायल बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको अर्का स्थानीय महेश कठायतले बताए। ‘दिपायलमा व्यवस्थित पार्किङ स्थल नहुँदा सडकछेउमै पार्किङ गरिनुपर्ने बाध्यता सवारी चालकलाई छ,’ उनले भने। सडक किनारमै लहरै सवारीसाधन पार्किङ गरिँदा ठूला बस तथा सवारीसाधनलाई ओहोरदोहोर गर्न समस्या पर्ने गरेको हो।

व्यवस्थित पार्किङ स्थल नभएका कारण सवारीसाधन सडककिनारमै रोकिँदै आएको जिल्ला ट्राफिक कार्यालय डोटीका प्रमुख सई अशोक खड्काले बताए। ‘हामी सडक खाली गराउँदै व्यवस्थापन गर्दै आएका छौं,’ उनले भने, ‘अहिले सडक विस्तार भइरहेकाले पनि सडक साँघुरो देखिएको हो।

त्यसलाई पनि व्यवस्थित गर्न हामीले बसपार्कमा पार्किङ गरिदिन अनुरोध गर्दै आएका छौं।’ बसपार्क पनि सानो भएका कारण पार्किङका लागि लगिएका सवारीसाधन नअट्ने उनले बताए। ‘एक त बसपार्क पनि सानो छ, त्यसमा सबै सवारीसाधन एकैपटक पार्किङ गरिँदा नअट्न सक्छ,’ उनले भने, ‘यसका लागि स्थानीय तहले व्यवस्थित पार्किङ स्थल निर्माण गरिदिए दीपायल बजारको सडक किनारमै राखिने सवारीसाधन हटाउन सहज हुने थियो।’
अर्को समाचार
अव्यवस्थित पार्किङले टेकु क्षेत्र अस्तव्यस्त
०७ चैत्र २०७८
•
२ मिनेट पाठ
अव्यवस्थित पार्किङले टेकु क्षेत्र अस्तव्यस्त
त्यसै त साँघुरो बाटो। त्यसमा पनि अव्यवस्थित पार्किङ। लामो समयदेखि उपत्यकावासीले भोग्दै आएको साझा पीडा हो यो। यो पीडाको झनै कठिन रुप देखियो टेकुस्थित प्रहरी परिसर नजिकैको मयलबारी सडकमा। साँघुरा सडकमा भएको अव्यविस्थत पार्किङले दैनिक ओहोरदोहोरको समस्यासँगै कलिला बालबालिकको जीवनमै जोखिममा पर्ने अवस्था आएको छ।  




‘पार्किङका कारण समस्या त सधै थियो नै,’ स्थानीय सारदा जोशी सुनाउँछिन्, ‘अहिले पछिल्लो समय त हिँड्न समेत समस्या परेको छ।’ प्रहरी परिसरमा म्यादी प्रहरीको फारम भर्न आएकाले समेत थप पार्किङ गर्न थालेपछि मुश्किल बढेको जोशीले सुनाइन्।

काठमाडौको टेकुमा रहेको प्रहरी परिसर वरपरका सडक र गल्ली मोटरसाइकलले भरिभराउ हुन थालेपछि जोशीजस्तै समस्या भोग्ने थुप्रै रहेका छन्। प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखा भएकाले धेरै व्यक्ति आउने तर प्रहरीले चासो नदेखाउँदा समस्या बल्झेको हो। ‘हामीले वडाका प्रतीनिधिदेखि ट्राफिक प्रहरीसम्म सबैलाई बारम्बार भन्दै आएका छौ,’ जोशीले थपिन्, ‘तर समस्याको सुनुवाई भएन।’  

बाटोमा बढ्दो मोटरसाइकलको चापले एम्बुलेन्स, पानीको ट्यांकर, व्यक्तिगत सवारी साधान समेत निकाल्न नसकेपछि स्थानीय आक्रोशित भएका छन्। ‘प्रहरीको वरपर रहेको यत्रो समस्याको पनि समाधान हुन सकेको छैन,’ स्थानीय नविन श्रेष्ठले भने, ‘समाधानको लागि हामी कहाँ जाने हो।’ पार्किङको लागि तत्काल उपयुक्त स्थान छनोट गर्नु पर्ने उनले सुझाए। अस्तव्यस्तताका कारण झैझगडा समेत पर्न थालेको उनले गुनासो गरे।  

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्ष संजिव शर्मा दासले उक्त विषयमा आफूहरुमा गुनासो नआएको बताए। ‘कुन ठाउँको समस्या हो, त्यो गुनासो आएमा हामीले समाधानको लागि समन्वय गर्ने छौं,’ उनले भने, ‘पार्किङको विषयमा सम्बन्धित महानगरपालिकाको भूमिका नै बढी हुने गर्छ।’

विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस