गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गको जाजरकोट खण्डको काम असुरक्षाका कारण रोकिएको छ। स्थानीय युवाले तरवार र खुकुरीसहित आएर चन्दा माग्नुको साथै कामदार र ठेकेदारलाई धम्क्याउन थालेपछि दुई दिनदेखि काम ठप्प छ।
गाउँमा विकास निर्माणको काम गर्दा ठेकेदारले कमिसन दिनुपर्ने भन्दै धम्क्याउन थालेपछि निर्माण कम्पनी रौताह पिके डट धुलिखेल जेभीले पुष्पलाल मध्यपहाडी राजमार्गको योजना कार्यालय दैलेखमा सुरक्षा व्यवस्था मिलाउन पत्र पठाएर काम रोकेको योजना कार्यालयले जनाएको छ।
स्थानीय युवाहरू अर्जुन बिसी, कृष्ण बिसी लगायतले सडक निर्माणमा खटिएका मजदुर र ठेकेदारलाई बारम्बार धम्क्याउने गरेको निर्माण कम्पनीले योजना कार्यालयमा दिएको निवेदनमा उल्लेख छ। छेडागाड नगरपालिका–४, जेवाकोटदेखि २ नम्बर वडा दशेरा–दुनीसम्मको काममा युवाहरूले धम्क्याउने गरेको हुन्। वडाअध्यक्ष सहितको टोलीले छलफल गरी काम गर्ने वातावरण तयार गर्न लागेको इलाका प्रहरी कार्यालय दशेराले जनाएको छ।
भ्याट सहित ५० करोड ३७ लाख ६ हजार ४३ रूपैयाँमा सम्झौता गरी कम्पनीले दैलेख सीमादेखि छेडागाड नगरपालिकाको दुनीसम्म काम गरिरहेको छ। तरवार र खुकुरी बोकेर आएका युवाले कामदार र ठेकेदारलाई मेसिन जलाइदिने धम्की दिएको कामदारलाई उद्धृत गर्दै योजना कार्यालयका सब इन्जिनियर राजेश चौधरीले बताए। निर्माण कम्पनीले सडक चौडा गर्ने, पर्खाल लगाउने लगायत काम गरिरहेको छ। अरू ठाउँमा कालोपत्रेको तयारी छ।
युवाहरूले काम गर्ने ठाउँमा विवाद गरेको खबर चौकीमा आएपछि उनीहरूलाई झिकाएर छलफल गर्ने र सुरक्षा अनुभूति दिलाएर काम गर्ने वातावरण तयार गर्ने इलाका प्रहरी कार्यालय दशेराका इन्चार्ज असई कमानसिंह राम्जालीले बताए। पुष्पलाल (मध्यपहाड) राजमार्ग योजना कार्यालय दैलेखले कामदार र ठेकेदारको सुरक्षा हुने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानार्कषण गर्ने जनाएको छ।