मागपत्र प्रमाणीकरणमा अझै उल्झन
२६ माघ २०७७
•
५ मिनेट पाठ
मागपत्र प्रमाणीकरणमा अझै उल्झन
फाइल तस्बिर
कैयौं गन्तव्य मुलुकमा कोरोना महामारी न्यूनीकरण हुँदै जाँदा पनि त्यहाँ रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणमा चासो नदिएपछि वैदेशिक रोजगारीमा जान खोजेकालाई समस्या सिर्जना भएको छ। स्वदेशमा रोजगारी पाउन नसकेको बेला वैदेशिक रोजगारी बेरोजगारको आर्थिक उपार्जनको माध्यम बनेको छ।




गन्तव्य मुलुकका रोजगारदाताले नेपाली कामदारको माग गरिहँदा पनि त्यहाँ रहेका नेपाली राजदूतावासले त्यस्ता मागलाई प्रमाणीकरण गर्न बेवास्ता गरेको सरोकारवाला बताउँछन्। ‘अचेल सबभन्दा बढी माग साउदी अरेबियाका रोजगारदाताले गरिरहेका छन्। त्यहाँको सरकारले पनि नेपाली कामदारलाई सहजै जान दिइरहेको छ,’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘तर त्यहाँ रहेको नेपाली दूतावासले अनेक बहाना गर्दै मागपत्र प्रमाणीकरणमा झमेला सिर्जना गरिरहेको छ ।’  

सबभन्दा ठूलो गन्तव्य मलेसिया जान त्यहाँको सरकारले रोकेको बेला साउदीबाट फाइदा लिन सकिने व्यवसायीको भनाइ छ। ‘गन्तव्य मुलुकका राजदूतावासले काम गर्न नसक्ने भए प्रस्ट रूपमा भन्नुपर्छ,’ श्रेष्ठले भने, ‘तर अहिले त्यसो नगरी अनेक बहाना गर्दा श्रमिक र व्यवसायीलाई समस्या भइरहेको छ।यही अवस्था कायम रहने हो भने वैदेशिक रोजगारी धराशयी हुन्छ ।’  

गन्तव्य मुलुकका राजदूतावासले मागपत्र प्रमाणीकरण नगर्दा वैदेशिक रोजगारीमा जान ठिक्क परेकालाई समस्या परेको गुनासो गरिएको छ।‘स्वदेशमा बस्दा रोजगारीका अवसर पाउन सकिएको छैन,’ रोजगारीका लागि विदेश जान खोजिरहेका रामेछापका खगेन्द्र कार्कीले भने, ‘धेरैलाई सहज भइरहेको वैदेशिक रोजगारी अहिले आएर जान नपाइने अवस्था आएपछि के गरौं र कसो गरौं भइरहेको छ ।’  

उनले मंसिरपछि वैदेशिक रोजगारीमा जान विभिन्न म्यानपावर कम्पनी चहारे पनि सफल हुन नसकेको गुनासो गरे।‘मलेसिया, साउदी, कतार वा दुबईमध्ये जहाँ जान पाइन्छ त्यही जान चाहेको छु,’ उनले भने, ‘तर ती मुलुक जान अनेक समस्या भइरहेको छ ।’  

संघका महासचिव श्रेष्ठले वैदेशिक रोजगारी सुचारु हुन नसक्नुमा यतिखेर प्रमुख कारण मागपत्र प्रमाणीकरण नै भएको बताए।केही म्यानपावरले पुराना मागपत्रको आधारमा कामदार पठाए पनि धेरैजसोले नयाँ मागपत्र ल्याउन नसकेको उनको भनाइ छ।कामदारलाई वैदेशिक रोजगारीमा पठाउन रोजगारदाताले गरेको मागपत्रलाई सम्बन्धित मुलुकका राजदूतावासले प्रमाणीकरण गर्नुपर्छ।राजदूतावासले मागपत्रको प्रमाणीकरण गरेपछि मात्र म्यानपावरले कामदार पठाउन पाउँछन्।

कतारमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने

कतारले नेपाली कामदारलाई रोजगारीमा लिन थाले पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ।क्वारेन्टिनमा बस्नेले तीन हजार रियाल (करिब ९६ हजार रूपैयाँ) तिर्नुपर्ने नियम छ।

कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले केही दिनयता १५ हजारभन्दा बढीको मागपत्र प्रमाणीकरण गरिएको जानकारी दिए। तुलनात्मक रूपमा कतारस्थित नेपाली राजदूतासले मागपत्र प्रमाणीकरणलाई जोड दिए पनि त्यहाँ गएपछि क्वारेन्टिनमा बस्नुपर्ने नियमका कारण श्रमिक पठाउन कठिन भइरहेको सम्बद्ध व्यवसायी बताउँछन्।

राजदूत भारद्वाजले होटल, सुरक्षा गार्ड जस्ता काम गर्न कतारको श्रम बजार खुला भइसकेको बताए।‘राजदूतावासले मागपत्र प्रमाणीकरणको काम सुचारु गरे पनि नयाँ मागपत्रमा खासै रस भने छैन,’ उनले भने, ‘कहिलेदेखि श्रमिकको माग बढ्छ अझै भन्न सक्ने अवस्था छैन ।’ भारद्वाजका अनुसार कोरोना महामारीपछि कतारबाट करिब ३४ हजार श्रमिक नेपाल फर्किएका छन्।उनले कतारका केही रोजगारदाताले श्रमिकको पारिश्रमिक कटौती गर्ने, पारिश्रमिक घटाउने तथा बेतलबी बिदामा राख्नुबाहेक खासै ठूलो समस्या नआएको बताए।

मलेसियाको अन्योल कायमै

यतिखेर धेरै कामदारले पर्खेको गन्तव्य मलेसिया हो।वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने संख्याको आधारमा मलेसिया सबभन्दा ठूलो गन्तव्य भएकाले अझै पनि ठूलो संख्याका युवायुवती मलेसिया नै जान चाहेको सम्बद्ध व्यवसायी बताउँछन्।विभागका अनुसार हालसम्म १० लाख बढीले मलेसिया जान श्रम स्वीकृति लिएका छन्।

मलेसियाको हावापानी र बसोबास नेपालसँग मिल्दोजुल्दो भएकाले धेरै कामदारको चाहना मलेसिया छ।तर कोरोना महामारीपछि मलेसिया सरकारले विदेशी कामदारलाई प्रवेश दिएको छैन।मलेसिया सरकारले नियमित काम प्रभावित हुन नदिन कोरोनाअघि काम गर्दै आएका श्रमिकलाई बिदासमेत नदिएको व्यवसायी बताउँछन्।

मलेसियाका रोजगारदाताले मार्च महिनादेखि विदेशी कामदार लैजान सक्ने बताउने गरे पनि यसबारे सरकारले कुनै निर्णय नगरेका कारण मलेसिया रोजगारी कहिलेदेखि सुचारु हुन्छ भन्न नसकिने व्यवसायी बताउँछन्।संघका महासचिव श्रेष्ठ मलेसिया, कतारजस्ता मुलुकमा श्रमिक पठाउन कठिन भइरहेको  

बेला नेपालले साउदी र दुबईमा कामदार पठाउन सकिने बताउँछन्।‘यतिखेर साउदीका रोजगारदाताले कामदारको व्यापक रूपमा माग गरिरहेका छन्,’ उनले भने, ‘त्यहाँ जान नेपाली श्रमिकलाई समस्या पनि छैन।तर राजदूतावासले मागपत्र प्रमाणीकरणलाई सहजीकरण गरिदिएन ।’  

कोरोना महामारीका कारण विभागले फागुन ३० मा श्रम स्वीकृति बन्द गरेकोमा भदौ १४ देखि सुचारु गरेको छ।तर गन्तव्य मुलुकबाट मागपत्र प्रमाणीकरण हुन नसक्दा वैदेशिक रोजगारी लयमा फर्कन सकेको छैन।विभागका अनुसार हालसम्म नयाँ र पुराना गरी करिब ६२ हजार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

श्रेष्ठले यतिखेर अधिकांश कामदार पुराना मागपत्रको आधारमा वैदेशिक रोजगारीमा गइरहेको बताए।एकपटक प्रमाणीकरण गरिएको मागपत्रमा तीन वर्षसम्म कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सकिन्छ।जति धेरै मागपत्र ल्याउन सक्यो उति नै कामदारलाई छनोटको सुविधा हुन्छ।

अहिले पुराना मागपत्रको आधारमा वैदेशिक रोजगारीमा जानुपर्दा कामदार पहिलाको भन्दा बढी शोषण, ठगीमा पर्न सक्ने कतिपयको अनुमान छ। पर्याप्त मागपत्र नहुँदा म्यानपावरले विदेश जानेसँग बढी रकम असुल गर्नसक्ने सम्भावना पनि उस्तै रहेको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जुटेका विज्ञहरूको धारणा छ।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
२७ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस