सुदूरपश्चिम प्रदेशको प्रशिद्ध पर्यटकीय स्थल खप्तडमा पाँच दिनको अवधिमा १ सय ३५ जनाले भ्रमण गरेका छन्। खप्तड होमस्टे झिग्रानाको आयोजनामा सुरु गरिएको कार्यक्रम अन्तर्गत एक सय ३५ जनाले हेलिकोप्टरमार्फत खप्तड भ्रमण गरेका हुन्।
खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काका अनुसार माघ १४ गते उद्घाटनका दिन ३५ जना, १५ गते १५ जना १५ गते २० जना, १७ गते ४५ जना र १८ गते २० जनाले हेलिकोप्टरमार्फत खप्तडको भ्रमण गरे। माघ १४ गतेदेखि १८ गतेसम्म पाँच दिन आन्तरिक पर्यटकका लागि खप्तड होमस्टे झिग्रानाले खप्तड हेली टुर विशेष प्याकेज आयोजना गरेको थियो। प्याकेजमा आन्तरिक पर्यटकको आकर्षण बढेपछि पुनः केही दिनका लागि यो कार्यक्रम थप गरिएको खड्काले बताए।
उनले भने, ‘धनगढीबाट खप्तडको प्याकेज पुगाउनै सकेनौं, तराईमा बादल र कुहिरो लागेका कारण त्यो प्याकेज ल्याउन सकिएन, तर दिपायल–खप्तडको प्याकेजमा सोचेअनुसार पर्यटक आए।’ हिउदे याममा खप्तडको दृश्यवलोकन तथा छायांकनका लागि इच्छुक पर्यटकका लागि ‘हेली टुर’ प्याकेज आयोजना गरेर खप्तडमा आकर्षित गर्न ल्याइएको प्याकेजमा आन्तरिक पर्यटकको आकर्षण बढेको उनको भनाइ छ।
आन्तरिक पर्यटकको आकर्षण पढेपछि खप्तड हेली टुरको समयावधि अझै थप गएिको उनको भनाइ छ। उनले भने, ‘खप्तड घुम्नका लागि धेरै जनाले इच्छा देखाएका छन्, त्यसैले पनि भ्रमणको अवधि थप गरिएको छ।’ उनले आउँदो आइतबारसम्म थप गरिएको बताए। कोभिड–१९ महामारीका कारण थलिएको सुदूरपश्चिम प्रदेशको पर्यटन उद्योगलाई पुनर्जीवन दिने उद्देश्यले हेली टुर प्याकेजको कार्यक्रम ल्याइएको होमस्टे सञ्चालक खड्काले बताए।
‘आन्तरिक पर्यटनमार्फत कोरोना महामारीले थला परेको पर्यटनलाई चलायमान बनाउन हेली प्याकेज बनाएका हौं,’ उनले भने, ‘यति भए पनि सुदूरपश्चिममा पर्यटक चलायमान भएका छन्।’ खप्तड हेली टुरको पाँचदिने अनुभवले बढी जस्तो पर्यटक खप्तडमै एक रात बिताउने गरी बस्न चाहेको देखाएको छ। तर तोकेको खर्च दिन नसक्दा सो व्यवस्था गर्न गाह्रो भएको उनले बताए।
‘हामीले न्यून शुल्कमा खप्तड भ्रमण गराएका हौं, तर पर्यटकहरू एक रात त्यहीँ बिताउन खोज्छन्, मूल्य समायोजन हुन नसक्दा त्यो प्याकेज दिन सकेनौं,’ उनले भने। खप्तड हेली टुरको उद्घाटनमा प्याकेज बुकिङ गरेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहितको टोलीले धनगढीबाट खप्तडको भ्रमण गरेका थिए।