झण्डै आधा दशकसम्मको निजी क्षेत्रको प्रयासपछि सरकारले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको छ। सरकारले जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरेपछि निजी क्षेत्र उत्साहित बनेको छ। ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले घोराही उपमहानगरपालिका क्षेत्रमा दाङ औद्योगिक क्षेत्रको घोषणा गर्ने निर्णय भएको हो। उक्त निर्णय सरकारले केही दिनअघि मात्रै सार्वजनिक गरेको हो।
घोराही उपमहानगरपालिकाका दुईवटा वडा ३ र ५ मा रहेको ५ सय ४९ बिघा क्षेत्रफललाई सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको हो। सरकारले तोकेको क्षेत्र अनुसार पूर्वतर्फ घोराही लमही सडक खण्ड, उत्तरतर्फ बबई नदी, पश्चिमतर्फ पाण्डवेश्वर धामको जंगल र दक्षिण तर्फको जंगल क्षेत्र औद्योगिक क्षेत्रमा समावेश हुने छ।
सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र बने जिल्लामा छरिएर रहेका उद्योगहरू एकै थलोमा सञ्चालन हुनेछन्। जिल्लाको साबिक धर्ना गाविसमा औद्योगिक क्षेत्र घोषणाका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले सात वर्षअघि प्रयास थालेको थियो। सरकारसमक्ष औद्योगिक क्षेत्र घोषणाका लागि पेस भएका फाइलहरूलाई सरकारले गत ११ माघमा सदर गरेको हो।
‘दाङमा रहेका उद्योगहरूको उचित व्यवस्थापनका लागि औद्योगिक क्षेत्र घोषणा गर्नुपर्छ भनेर दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि सरकारसमक्ष अनुरोध गर्दै आएको थियो,’ संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने, ‘लामो समयपछि निजी क्षेत्रको मागलाई सरकारले सुनेको छ, अहिले औद्योगिक क्षेत्र घोषणा गरेको छ, यो सिंगो निजी क्षेत्रका लागि खुसीको कुरा हो।’
उनका अनुसार औद्योगिक क्षेत्र स्थापना भए साना उद्योगी, व्यवसायीलाई उद्योग सञ्चालनका लागि आर्थिक भार निकै कम पर्नेछ। कुनै पनि उद्योगीले अहिले व्यवसाय सञ्चालन गर्दा जग्गा खरिद गर्नुपर्ने हुँदा आर्थिक भार बढी हुने गरेको छ। तर सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र स्थापना भए व्यवसायीले न्यूनतम भाडामा उद्योग सञ्चालन गर्न पाउने छन्। ‘उद्योग स्थापना गरेर सञ्चालन गर्दा आर्थिक भार निकै कम पर्नेछ,’ उनले भने, ‘साना उद्योगी, व्यवसायीले न्यूनतम भाडामा व्यवसाय सञ्चालन गर्न पाउने छन्।’
सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रक्रिया थाल्नेछ। यसका लागि निजी क्षेत्रबाट दाङ जिल्ला उद्योग वाणिज्य संघले समन्वय गर्नेछ। उक्त क्षेत्रमा बसोबास गरेका नागरिकको उचित व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गरिने संघका अध्यक्ष बुढाथोकीले बताए। ‘सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपछि त्यहाँ बसिरहेका स्थानीय उद्योग वाणिज्य संघमै आउनुभएको थियो,’ अध्यक्ष बुढाथोकीले भने, ‘उनीहरूको व्यवस्थापनको काम थाल्नुपर्ने हुन्छ। यसका लागि स्थानीय सरकारसँगै केन्द्रीय सरकारसँग हामीहरूले समन्वयकारी भूमिका निर्वाह गर्नेछौं।’
तर सरकारले केही दिनअघि औद्योगिक क्षेत्र घोषणा गरेकाले यसको कार्यान्वयनको प्रक्रिया थालनी भने भइसकेको छैन। घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि बजेटको व्यवस्थापन पहिलो कार्य भएको भन्दै अहिले नै यसको प्रक्रिया थालनी नहुने अध्यक्ष बुढाथोकी बताउँछन्। ‘सरकारले भर्खर त औद्योगिक क्षेत्र घोषणा गरेको छ, यसको कार्यान्वयनको काम सुरु गर्दा सरकारले बजेट विनियोजन गर्नु पर्यो,’ उनले भने, ‘त्यसपछि यसको कामले गति लिनेछ।’