सदरमुकाममा सम्भवतः देशमै पहिलो बहुतल्ले पार्किङ भवन निर्माण हुँदैछ। प्रदेश १ सरकार र इलाम नगरपालिकाको लगानी समन्वयमा फिल्म हलसहितको बहुतल्ले पार्किङ निर्माण हुन लागेको हो। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले नगरपालिकाको पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन पार्किङ भवनको शिलान्यास गरेका हुन्।
भवन शिलान्यास गर्दै राज्यमन्त्री रानाले देशका अरू क्षेत्रमा बहुतल्ले पार्किङ नभएको बताए। ‘इलाम नगरपालिकाले अहिले विभिन्न नयाँ अवधारणामा काम गरिरहेको छ,’ उनले भने, ‘बहुतल्ले पार्किङ भवन पनि देशका लागि उदाहरणीय संरचना हुनेछ।’ इलाम पर्यटकीय जिल्ला भएकाले यहाँ आउने पर्यटकसमेत बहुतल्ले पार्किङप्रति आकर्षित हुने सम्भावना रहेको उनले बताए।
निर्माणाधीन बहुतल्ले पार्किङ तथा सञ्चार केन्द्र भवनका लागि १२ करोड ७२ लाख ३१ हजार रूपैयाँको ठेक्का सम्झौता भइसकेको छ। गत असारमा भएको ठेक्का सम्झौताको म्याद आउँदो २०७९ साल पुस ३० सम्म छ। भवनको ग्राउन्ड र पहिलो तल्ला पार्किङका लागि प्रयोग गरिनेछ। भवनको बेसमेन्टमा १८, ग्राउन्डमा ११ र पहिलो तल्लामा १७ गाडी पार्किङ गर्न सकिने नगरपालिकाले जनाएको छ। ‘दोस्रो र तेस्रो तल्लामा चाहिँ सिनेमा हल रहनेछन्,’ इन्जिनियर दीपक गुरागाईंले भने, ‘एउटा हलमा दुई सय ४० र अर्कोमा एक सय ६० जना अटाउँछन्।’
मेयर महेश बस्नेतले देशकै लागि नयाँ अवधारणामा बनेको यो भवन उपयोग गर्ने जमिन थोरै हुँदाको परिणाम पनि भएको बताए। ‘अहिले सहरी क्षेत्रमा सार्वजनिक हिसाबले प्रयोग गर्ने जमिन पाउनै छाडिसकेको छ,’ उनले भने, ‘जमिन कम भएकैले यहाँ बहुतल्ले पार्किङ भवन निर्माण गर्नुपरेको हो।’
उनले नगरले बितेको तीन वर्षमा भौतिक पूर्वाधारका दर्जनौं काम गरेको भन्दै केही काम उदाहरणीय भएको छ। ‘यो भवन निर्माण गर्दा जसरी ऐतिहासिक चियाका बोट संरक्षणको चासो व्यक्त गरिएको छ, नगरपालिका नेपालकै पुरानो चियाबारी संरक्षणका लागि सचेत छ,’ उनले भने, ‘भवन बनाउँदा ऐतिहासिक चियाबारी नष्ट भएको छैन।’