मुलुकमा एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्रलाई प्रयाप्त सेवा दिन नसकेको भन्दै अर्को सहकारी बैंक स्थापना हुने भएको छ। अहिलेसम्म राष्ट्रिय सहकारी बैंक मात्र रहेकोमा नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको हो।
प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको प्रारम्भिक भेला शनिवार राजधानीमा सम्पन्न भएको छ। भेलामा ४२ जिल्लाका करिब एक हजार भन्दा बढी सहकारीका प्रनिनिधि सहभागी थिए। भेलाले बैंक सहकारी अभियान्ता सुरेन्द्र भण्डारीको संयोजकत्वमा तदर्श सञ्चालक समिति गठन भएको छ।
बैंकको भेलाको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति सहकारी ऐनमा भएको व्यवस्था अनुसार प्रतिस्पर्धी रुपमा बैंक आउनु आवश्यक भएको बताए। मुलुकको संविधानमा तीन खम्बे अर्थनीतिले सहकारीलाई एक खम्बाको रुपमा परिभाषित गरेकाले सहकारीको महत्व रहेको बताए। ‘मुलुककमा एउटा मात्र सहकारी बैंक प्रयाप्त छैन,’ निधिले भने, ‘सहकारी बैंक आर्थिक समृद्धिको सारथी बन्नुपर्छ।’
तीन अर्ब रुपैयाँ पुँजीको सहकारी बैंक स्थापना गर्न लागेको तदर्श समितिका संयोजक सुरेन्द्र भण्डारीले बताए। अहिलेको राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई सेवा दिन नसकेकाले नयाँ बैंक ल्याउन लागेको बताए।
नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर चिरन्जिबी नेपालले मुलुकमा सहकारीको संख्या धेरै भएकाले नयाँ बैंक आवश्यक रहेको बताए। ‘मुलुकका लागि थप सहकारी बैंक आवश्यक छ,’ नेपालले भने, ‘छरिएर रहेको बचतलाई एकीकृत गर्न सघाउँछ।’
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी ऐन, २०७४, सहकारी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार नयाँ बैंक आउनु आवश्यक रहेको बताए। ‘सहकारीलाई प्रतिस्पर्धी बनाउनु पर्छ,’ पौडेलले भने, ‘अब सहकारीमा प्रविधिको प्रयोग गर्नुपर्छ।’
सकारीले गरिबी निवारणमा भूमिका खेल्नुपर्ने नेपाली कांग्रेस सहकारी तथा वित्त विभागका प्रमुख आनन्द ढुंगानाले बताए।
पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणाले प्रतिस्पर्धी बजारमा एकाधिकार अन्त्य गर्नका लागि नयाँ बैंक आवश्यक रहेको बताए। नयाँ सहकारी बैंक व्यावसायिक हुनुपर्ने सहकारी अभियान्ता भानुक्त ढकालले बताए। अर्थतन्त्रमा सहकारीको योगदान बढाउनका लागि पनि बैंक आवश्यक भएको नेपाल सहकारी बैंक लिमिटेडका प्रस्तावित प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलले बताए।