सुन्तला उत्पादन घट्दो
१५ माघ २०७७
•
३ मिनेट पाठ
सुन्तला उत्पादन घट्दो
जिल्लाभर सुन्तला उत्पादनमा गिरावट आएका बेला केही किसानको उत्पादन भने बढेको छ। उत्पादन घटेपछि मूल्य बढ्दा मेहनती थोरै किसानलाई चाहिँ यसैबाट राम्रो फाइदा पनि पुग्दैछ। इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंले गतवर्ष तीन लाख ७० हजार रूपैयाँमा बेचेको बगान यो वर्ष साढे चार लाख रूपैयाँमा बेचे। आफ्नो बगानमा फल राम्रो लागेको र बजारमा सुन्तलाको मूल्य राम्रो भएका कारण अहिले आफूले पनि उच्च भाउ पाएको उनले बताए। ‘सोमबार झापाका व्यापारी आएर सुन्तला बगान किनेका छन्,’ उनले भने, ‘पुरानै बोटमा पनि राम्ररी स्याहार गर्दा उत्पादन राम्रो भयो। नयाँ बोट पनि छन्।’ चापागाईंले मौसमअनुसार बोट स्याहार गर्दा उत्पादन बढेको बताए।  




यतिबेला उनको बगानमा लटरम्म सुन्तला छ तर उनले नयाँ फलका लागि मलजल गर्न थालिसकेका छन्। ‘म सुन्तलाका लागि गाईको मल नै प्रयोग गर्छु,’ उनले भने, ‘जीवातु (जैविक मल)ले चाहिँ सुन्तलालाई काम दिएन ।’ उनले बगानमा पाँच सय बोट सुन्तला रोपेका छन्। सुन्तलाको बगान भएकै जमिनमा अलैची, अदुवा, तरकारी, मकै र अन्य बाली पनि लगाएका छन्। तर, अलैंची लगाएको र बढी चिसो भएको जमिनमा चाहिँ सुन्तलालाई असर पुग्नेगरेको अनुभव उनले सुनाए। ‘बढी चिसो भयो भने चाहिँ सुन्तलाको बोट मर्दोरहेछ,’ चापागाईंले भने, ‘प्राविधिक हिसाबले सुन्तलालाई बोटमा धेरै नै मेहनत आवश्यक पर्छ ।’  

जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको छ। किसानका अनुसार यो वर्ष कतै ५० प्रतिशत र कतै २५ प्रतिशतसम्म उत्पादन घटेको हो। खेती र स्याहार गर्ने आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले भनेजस्तो गरी सुन्तला उत्पादन गर्न नसकेका हुन्। केही वर्षअघिसम्म जिल्लामा ‘सुन्तलाको राजधानी’ मानिने रोङ गाउँपालिका–६ सलकपुरको सुन्तला सबैजसो मासिइसकेको छ। यहाँका एकै किसानले उत्पादन राम्रो भएका बेला एकै सिजनमा ६ लाख रूपैयाँसम्मको सुन्तला बेचेका थिए। तीनदेखि पाँच लाख रूपैयाँसम्मको सुन्तला बेच्ने किसान गाउँभर नै थिए। तर, करिब तीन वर्षयता यहाँबाट एकै दाना सुन्तला पनि बिक्रीका लागि बाहिर पठाउन नपाएको किसानको भनाइ छ।

चार वर्षअघि तीन लाख रूपैयाँको सुन्तला बेचेका किसान नन्दलाल अधिकारीको बगानमा अहिले सुकेका सुन्तलाका बोट मात्रै छन्। ‘पहिला तीन लाख रूपैयाँमा बेचेको बगानमा अहिले बोटै छैन,’ उनले भने, ‘मेरोमात्र होइन, गाउँमा सबैको बगानको अवस्था उही छ।’ कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका अधिकांश स्थानमा सुन्तला उत्पादन घटेको छ। स्याहार नपुग्दा सुन्तलाको बोटसमेत मासिएको केन्द्रले जनाएको छ। केन्द्र प्रमुख टोनी बर्देवाले बोट पुरानो भएको र मौसमअनुसार सुन्तलालाई गर्नुपर्ने हेरचाह अभावले उत्पादन घटेको बताए। सुन्तलाको बोट डाइब्याक (टुप्पोदेखि मासिँदै जानु) भएका कारण उत्पादन ह्रास (साइट्रस डिसलाइन) भएको उनले जनाए। ‘बिरुवा रोपेको करिब १२ वर्षपछि यस्तो समस्या देखिन्छ,’ उनले भने, ‘बीउबाट सोझै उमारिएको बिरुवामा यो समस्या बढी देखिन्छ ।’  

तर, सुन्तला ह्रास हुनुलाई कुनै जीवाणु/विषाणुका कारण निम्तिने रोग नभई विभिन्न कारणले हुने विकार मानिएको छ। यो समस्या देखिएपछि सुन्तलाको उत्पादन, उत्पादनको अवधि र फलको आकारसमेत घट्ने कृषि प्राविधिक बताउँछन्। ‘जिल्लामा यो समस्या धेरैतिर देखिएको छ,’ बर्देवाले भने, ‘सुन्तलाको पात पहेंलिने, छिर्बिेरे हुने, चिचिला झर्ने र टुप्पोदेखि बोट मर्दैजाने समस्या छ।’ माटोमा खाद्यतत्व अभाव भएपछि पनि बोटमा उत्पादन घट्ने उनले बताए। केन्द्रका अनुसार माटो र पानी संरक्षण गरेरमात्र सुन्तला खेती गर्नुपर्छ। 

खडेरी र लामो समय वर्षा हुँदा पनि सुन्तलालाई असर पुग्छ। बिरुवा रोप्दा तीनपाते सुन्तलाको जरा भाग जोडी तयार गरिएको बिरुवामात्र रोप्न र बगानबाट पुराना बोट हटाएर नयाँ बिरुवा लगाउन पनि केन्द्रले किसानलाई सुझाएको छ। जिल्लाबाट गत आर्थिक वर्ष ०७६/०७७ मा एक हजार आठ सय ४० मेट्रिक टन सुन्तला निकासी भएको छ। यसबाट १८ करोड ४० लाख रूपैयाँ आम्दानी भएको केन्द्रको तथ्यांक छ।
अर्को समाचार
माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो
१० असार २०७९
•
१ मिनेट पाठ
माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो
गोरखाको सुन्तला पकेट क्षेत्रको माटो जाँच गर्दै प्राविधिक।
वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्। मनकामना, देउराली, ताक्लुङ, तिनमाने, नारेश्वर लगायत ठाउँ सुन्तलाको लागि प्रख्यात मानिन्छ। हरेक वर्ष फल सानो लाग्ने, उत्पादन कम हुने, बोट मर्दै जाने भएपछि सुन्तला किसान चिन्तित र निराश छन्।




सुन्तला उत्पादन घट्नुको कारण पहिचान गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माटो जाँच गरेको छ। सुन्तला धेरै हुने क्षेत्रको माटो जाँच गर्दा अम्लियपनको मात्रा बढी देखिएको परीक्षण प्रयोशालाबाट आएका प्राविधिक सहायक खुबराज बरालले बताए। गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीद लखन, सिरानचोक लगायत विभिन्न ठाउँका किसानबाट संकलित माटो जाँच गर्ने क्रममा अम्लियपन धेरै भेटिएको हो।

‘एक सय ५० जनाले ल्याउनुभएको माटो जाँच गर्‍यौँ’ प्राविधिक सहायक खुबराज बरालले भने ‘यहाँ अधिकांश माटोमा अम्लियपन देखियो, माटो बिरामी छ।’ माटोमा अम्लियपन धेरै हुँदा उत्पादन बढाउन राखिएको मत बिरुवाले लिन सक्दैन। मल माटोमा मात्र रहने तर त्यसको प्रभाव बिरुवामा नपर्ने प्राविधिकहरु बताउँछन्।

‘यहाँको माटोमा फस्फोरसको मात्रा काम पाइयो’ प्राविधिक शहायक बरालले भने ‘सबै किसानलाई माटो कस्तो रहेछ भन्ने रिपोर्ट दिएका छौँ, कसरी उपचार गर्न सकिन्छ भन्ने पनि सुझाएका छौँ।’ माटोमा पोटास, फस्फोरस, नाईट्रोजन, प्रोटिनको मात्रा के कस्तो रहेछ भनेर जाँच गरिएको हो। परीक्षणमा पोखराबाट आएका ६ जनाको टोली सहभागी थियो। माटो परीक्षण गर्ने मोबाइल गाडी ल्याएर किसानबाट स्याम्पल जम्मा गरी सदरमुकाममै जाँच गरिएको हो।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस