साढे तीन दर्जन निकायले प्रदान गर्दै आएको सेवालाई एकीकृत गर्न भन्सार विभागले नेपाल एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको छ। भन्सार दिवसको अवसरमा मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो प्रणाली सुरु गरेका हुन्। आयात–निर्यातसँग सम्बन्धित ४३ निकायका सेवा एकद्वार प्रणालीबाट दिन एउटै प्लेटफर्मका रूपमा यो प्रणाली प्रयोगमा ल्याइएको हो। आयात तथा निर्यात व्यापारलाई सजिलो, सरल, कम झन्झटिलो बनाएर लागत घटाउन यो प्रणाली कार्यान्वनयमा ल्याएको भन्सार विभागले जनाएको छ। यसले विदेशी मुलुकसँगको व्यापारलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
भन्सारमा हुने न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न यो प्रणालीले सघाउ पुग्ने अर्थमन्त्री पौडेलले बताए। ‘भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने काम भएको छ,’ पौडेलले भने, ‘यसले भन्सारमा हुने गलत काम नियन्त्रण गर्न पनि सघाउ पुर्याउँछ।’एकद्वारमा आयात, निर्यातसँग सम्बन्धित कम्पनी दर्तादेखि, भन्सार क्लियरिङसम्मका सबै काम एउटै प्रणालीबाट हुन्छ। आयात, निर्यातमा ४३ वटा एजेन्सीको सेवालाई एकीकृत गरिएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए। सेवा लिनका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता अन्त्य गर्न राष्ट्रिय एकीकृत प्रणाली विकास गरिएको हो। अब व्यवसायीले घरमै बसेर एउटै प्लेटफर्ममार्फत सेवा लिन सक्छन्।
सूचना प्रविधिमा आधारित यो प्रणालीले भन्सारलाई सुदृढ बनाउने अर्थसचिव शिशिर ढुंगानाले बताए। ‘भन्सारलाई सुदृढ गर्न सरकार लागिपरेको छ,’ ढुंगानाले भने, ‘एकद्वार प्रणालीले भन्सारलाई व्यवस्थित गर्छ।’इन्टरनेटमा आधारित यो प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय व्यापार र पारवहनसम्बन्धी सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्छन्। आयात–निर्यात र पारवहनसँग सम्बन्धित काम गर्ने सेवाग्राही फाइल बोकेर विभिन्न सरकारी कार्यालयमा पुग्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। व्यापार गर्न सुरुमा कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्तादेखि सामान आयातको भन्सार क्लियरिङसम्मका सबै सेवा एउटै प्रणालीमा जोडेर दिन लागिएको हो। यसले भन्सार प्रक्रियालाई पनि छिटोछरितो बनाउन सघाउँछ।
एकद्वार प्रणालीमा भन्सार विभाग, वाणिज्य विभाग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, यातायात व्यवस्था, कन्सुलर सेवा, वन तथा भू–संरक्षण, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत दर्जनौं कार्यालयले दिने सेवा एउटै सिस्टममा जोडिनेछ। सामान आयात गर्न एलसी खोल्ने, जाँचपास गर्ने, क्वारेन्टाइन अनुमति, परीक्षण लागयत काम एकै ठाउँबाट हुन्छ ।
भन्सारमा डिजिटाइजेसन सुरु भएको विभागका महानिर्देशक सुमन दाहालले बताए। ‘वस्तु आपूर्तिमा सहजीकरण हुन्छ,’ उनले भने। यो प्रणालीमा सरकारी निकायले व्यापारसँग सम्बन्धित सबै सेवा अनलाइनबाट दिने व्यवस्था मिलाइएको छ। व्यवसायीले घरकै कम्प्युटरबाट सेवा लिन अनलाइन आवेदन दिन सक्छन्। सरकारी निकायले आफ्नो जिम्मेवारी अनुसारको सेवा अनलाइनबाट नै प्रदान गर्नुपर्छ। त्यसका लागि विभागले आवश्यक सफ्टवेयर तयार गरिरहेको छ। त्यसका लागि विभागले आवश्यक पूर्वाधार तयार गरेको छ। सरकारी ४३ वटा निकाय एउटै प्रणालीमा जोडिने भएकाले ती निकायले आ–आफ्नो जिम्मेवारी अनुसार अनलाइन प्रणालीबाट नै काम गर्नुपर्छ। पहिलो चरणमा २२–२३ वटा निकायलाई जोड्ने विभागको योजना छ।
एकद्वार प्रणाली प्रयोगमा ल्याउन भन्सार विभाग र कृषि मन्त्रालय मातहतका तीन निकायबीच गत साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार एक कार्यक्रम आयोजना गरी भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी भएको हो। एकद्वार सेवा प्रयोगका ल्याउनु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। ‘भन्सारले पछिल्लो समय ल्याएका सुविधा अझै सुदृढ गर्नुपर्छ,’ गोल्छाले भने, ‘व्यापार लगात घटाउन सघाउनुपर्छ।’
अन्तर्राष्ट्रिय व्यापार छिटो छरितो हुने भएकाले डुइङ बिजनेस इन्डिकेटरमा पनि राम्रो हुने विश्वास गरिएको छ। भन्सार कार्यालयलाई व्यवस्थित गर्न विभागले यसअघि नै स्वचालित तथ्यांक प्रणाली (आसिकुडा) प्रयोगमा ल्याएको छ। आसिकुडा प्रयोगमा ल्याएका २४ वटा भन्सार कार्यालयमा यो प्रणाली लागू गर्न लागिएको हो। आसिकुडा वल्र्ड सिस्टम अत्याधुनिक प्रणाली हो। यसमा सबै भन्सार कार्यालयमा हुने कारोबार विभागबाट नै निगरानी गर्न सकिन्छ। सामान आयात, निर्यातको क्रममा जाँचपास गर्दा कुनै शंकास्पद गतिविधि देखिएमा विभागका अधिकारीले तत्काल कागजात चेकजाँच गर्न सक्छन्।
प्रज्ञापनपत्रका आधारमा कुन व्यवसायीले, कुन वस्तु, कति मूल्यमा, कतिखेर जाँचपास गर्यो भन्ने सबै विभागबाटै अनुगमन गर्दै आएको छ। आसिकुडा सहित विभागले सबै भन्सार कार्यालयमा आइपी क्यामरा जडान गरेर निगरानी गर्ने गरेको छ। भन्सारमा हुने अवाञ्छित गतिविधि रोक्न विभागले क्लियरिङ सिस्टम वेब बेसमा सञ्चालन गरेको छ।