विगतमा जस्तै विकासे मन्त्रालयले अर्थिक वर्षको आधा अवधि सकिँदासम्म पर्याप्त मात्रामा पुँजीगत बजेट खर्च गर्न नसकेको पाइएको छ। आफ्ना कमजोरी लुकाउन बहाना खोजिरहेका अधिकारीहरूलाई यसपालि कोभिड १९ ले त्यो अवसर दिएको छ। अधिकांश विकासे मन्त्रालय चालु आवको ६ महिनाको लक्ष्य अनुसार पुँजीगत बजेट खर्च गर्न चुकेका छन्।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष ०७७/७८ को बजेटको आइतबार मन्त्रालयगत समीक्षा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीतिगत निर्णय र निर्देशन अभावले मात्र नभई सम्बन्धित निकायको क्रियाशीलतामा कमी आउँदा पुँजीगत बजेट खर्च नभएको बताए। ‘अर्थ मन्त्रालयले पुँजीगत खर्च बढाउन पहल गरे पनि अन्य मन्त्रालय समस्या समाधान गर्न ठोस रूपमा अघि नबढ्नु नै मुख्य कारण हो,’ उनले भने, ‘पुँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालय छलफल र समन्वय हुनुपर्ने देखियो।’ अर्थमन्त्री पौडेलले आ–आफ्नो जिम्मेवारी जवाफदेही भएर पूरा गर्न सम्बन्धित मन्त्रालयहरूलाई अनुरोध पनि गरे।
विकासे अड्डाको रूपमा चिनिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष एक खर्ब २३ अर्ब ९३ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेको थियो। ६ महिना बित्दा उसले २२ अर्ब चार करोड रूपैयाँ मात्रै खर्च गरेको छ। मन्त्रालयले गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब पाँच करोड रूपैयाँ पुँजीगत बजेट खर्च गरेको थियो। यो मन्त्रालयले हालसम्म वार्षिक लक्ष्यको १७.७९ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ। सहरी विकास मन्त्रालयले वार्षिक २४ अर्ब ९७ करोड रूपैयाँ खर्च गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ११ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। यो मध्यावधि लक्ष्यको २४.४७ प्रतिशत हो। यो मन्त्रालयले गत आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ३० करोड रूपैयाँ खर्च गरेको थियो।
अन्य मन्त्रालयले पनि लक्ष्य अनुसार पुँजीगत बजेट खर्च गर्न सकेका छैनन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबैभन्दा थोरै पुँजीगत बजेट खर्च गरेको छ। यो मन्त्रालयले यो आर्थिक वर्षमा एक अर्ब ८४ करोड रूपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो। ६ महिनामा चार करोड रूपैयाँ मात्रै खर्च गरेको छ। यसले वार्षिक लक्ष्यको १.९९ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको हो। पोहोर यो मन्त्रालयले ३७ करोड रूपैयाँ खर्च गरेको थियो। भूकम्पछि पुनर्निर्माणको काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि आधा वर्षसम्म पर्याप्त खर्च गर्न सकेको छैन। प्राधिकरणले यो वर्ष ३८ अर्ब ९५ करोड रूपैयाँ खर्च गर्ने लक्ष्य राखेकामा ६ महिनासम्म सात अर्ब ६२ करोड (१९.५५ प्रतिशत) मात्रै खर्च गरेको छ। प्राधिकरणले अघिल्लो वर्ष ६ महिनाको अवधिमा नौ अर्ब ५० करोड रूपैयाँ पुँजीगत बजेट खर्च गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ अर्ब २७ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गर्ने वार्षिक लक्ष्य राखेकोमा हालसम्म ८५ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। यो वार्षिक लक्ष्यको ५.६० प्रतिशत हो। गत आवको ६ महिनामा स्वास्थ्य मन्त्रालयले एक अर्ब ४२ करोड रूपैयाँ खर्च गरेको थियो। कोभिड १९ नियन्त्रण तथा रोकथाम गर्ने निकायको पुँजीगत खर्चको अवस्था ज्यादै न्यून देखिन्छ। ऊर्जा, जलस्रोत तथा सिँचाइले यो आर्थिक वर्षका लागि ३६ अर्ब २२ करोड रूपैयाँ बजेट पाएकामा गत पुसम्ममा पाँच अर्ब ६ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। यो वार्षिक लक्ष्यको १३.९७ प्रतिशत हो। सो मन्त्रालयले गत आवको सोही अवधिमा पाँच खर्ब ७४ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गरेको तथ्यांक छ। खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा २४ अर्ब ८२ करोड रूपैयाँ पुँजीगत बजेट खर्च गर्ने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा दुई अर्ब २७ करोड रूपैयाँ खर्च गरेको छ। यो लक्ष्यको ९.१६ प्रतिशत हो। पोहोर आधा वर्षमा यो मन्त्रालयले दुई अर्ब ३६ करोड रूपैयाँ खर्च गरेको थियो।
यस्ता छन् पुँजीगत बजेट खर्च नहुनुका कारण
अर्थ मन्त्रालयले पुँजीगत बजेट खर्च नहुनुमा गैरबजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको परिपालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर/कार्यक्रम संशोधनको दबाब, बजेट तर्जुमाका बखत ध्यान नपुर्याएको, वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, सोधभर्ना मागमा बेवास्तालाई प्रमुख कारण मानेको छ।
मन्त्रालयले कार्यविधि/मापदण्ड/निर्देशिका तर्जुमा गर्न ढिलाइ, विनियोजन ऐन र बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको कमजोर परिपालना, बजेटरी सहायतासँग जोडिएका नीतिगत सुधारका क्षेत्रमा असहयोग, खर्चसम्बन्धी मापदण्ड उल्लंघन गर्ने परिपाटी, बजेट बाँडफाँटमा ढिलाइलाई पनि लक्ष्य अनुसार बजेट कार्यान्वयन नहुनुको कारणको रूपमा औंल्याएको छ। आकस्मिक खर्चको दबाब, संगठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लंघन, राष्ट्रिय मह/वका कार्यक्रम/आयोजनाबाट रकमान्तर प्रस्ताव लगायत पनि बजेट कार्यान्वयनका लागि चुनौती मन्त्रालयको भनाइ छ।