मालबाहक गाडी हप्तौसम्म सडकमै
०७ माघ २०७७
•
४ मिनेट पाठ
मालबाहक गाडी हप्तौसम्म सडकमै
सिमावर्ती भारतीय बजार सुनौली–नौतनवा खण्डमा नेपाल भित्रिने पालो कुरेका मालबाहक गाडीको लाम । तस्विरः रेखा भुसाल÷नागरिक
देशकै दोश्रो ठुलो व्यापारिक नाका भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा यो नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । पार्किङ स्थलको अभावमा मालबाहक गाडीहरु भारतीय सिमा क्षेत्रमा हप्ता–दशदिन सम्म जाममा परिरहेका छन ।  




पछिल्लो दुइसाता देखि सिमावर्ती भारतीय बजार सुनौली–नौतनावासम्म मालबाहक गाडीहरु जाममा फसेका छन् । भारतीय सिमा क्षेत्रको करिब १७–१८ किलोमिटर दूरीसम्म सडकमा मालबाहक गाडीहरुको लाइन लागेको सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानले बताए । भारतीय बजार नौतनवा देखि भैरहवा भन्सारसम्म बढीमा तीनघण्टाको बाटो हो  । तर मालबाहक गाडीलाइ अहिले त्यो दुरी पार गर्न हप्ता दिन लागिरहेको भन्सार एजेन्ट संघ सिद्धार्थनगरका निर्वतमान अध्यक्ष कृष्ण घिमिरेले बताए ।

भैरहवा भन्सारमा प्रयाप्त पार्किङको सुविधा नहुँदा नाकामा आइपुगेका गाडीहरु भारतीय सिमामै रोकिनु परेको हो । यो नाका देशकै दोश्रो ठुलो व्यापारिक नाका हो । भैरहवा भन्सारले दैनिक ३० करोड रुपैयाँको हाराहारीमा राजश्व असुली गर्छ । आयातको दर वर्षेनी बढ्दो छ । तर सेवा सुविधातर्फ भने २५ वर्ष अघिकै पुर्वाधारले काम चलाइएको छ । दैनिक एकहजार बढी मालबाहक गाडी भित्रिने यो भन्सारमा अहिले मुस्किलले ५ –७ सय गाडी पार्किङ गर्ने क्षमता छ । यहाँ ४ वटा यार्ड छन । भन्सार परिसरको १ र २  नम्बर यार्ड करिब ३ सय गाडी पार्किङ क्षमताको छ । करिब ७ सय गाडी पार्किङ क्षमताको ३ नम्बर यार्ड महिनौदेखि जाँचपास नगरी राखिएका नयाँ सवारी साधनले भरिएको छ ।  

पश्चिमतर्फ खुल्ला स्थानको ४ नम्बर पार्किङमा पानी, हिलो, धुलो र खाल्डाखुल्डीले बाह्रैमास बिजोग हुन्छ । अहिले पनि त्यहाँ खुट्टा गड्ने धुलो छ । पार्किङस्थल सम्म पुग्ने र निस्कने सडकमा भैसी अट्ने खाल्डा छन । औधोगिक कच्चा पर्दाथ बोकेका ठुला सवारी साधन बाहेक अन्य मालसामान बोकेका गाडी त्यहाँ जानै मान्दैनन । ‘चारनम्बरमा पार्किङ गरिएका गाडी निस्किदान्ँन मान्छे चिनिन्छन् न गाडी,’ व्यवसायी कृष्ण घिमिरेले भने । भन्सारले यार्ड व्यवस्थापनको जिम्मा ट्रान्स नेपाललाइ दिएको छ । तर उसले सम्झौता अनुरुपको मर्मत सम्भार र व्यवस्थापनमा ध्यान नदिदा पार्किङमा निकै समस्या र झन्झट व्यर्होनुपरेको छ । ट्रान्स नेपाल भैरहवाका व्यवस्थापक रबि पारिखले भने सझौता अनुरुप मर्मसम्भार र यार्ड व्यवस्थापन गरिरहेको दावि गरे । पारिखले चारनम्बरको पार्किङस्थल लो–ल्याण्ड भएकाले धस्सिने, पानी जम्ने, हिलो र धुलोको समस्या आइरहने बताए ।  

प्रयाप्त र उचित पार्किङ र गोदामको व्यवस्था नहुँदा भन्सार प्रकृया पुरा गरेका गाडीहरु समेत सिमापारी रोकिन बाध्य भएको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले बताए ।  निश्चित अवधिकालागि बुक गरिएका गाडीहरु धेरै दिन जाममा फस्दा आयातकर्ताले डिटेन्सन, डेमरेज लगायतका अतिरिक्त शुल्क तिर्नुपर्छ । जसले यो नाकाको आयातलाइ खर्चिलो बनाएको छ । त्यसका अलावा भारतीय भूमीमा हुने अवैध असुलीको अर्को समस्या छ । व्यवसायीहरुका अनुसार जाम जति बढि लम्बिन्छ त्यती भारतीय पक्षको अवैध असुली बढ्दै जान्छ ।  
‘भारतमा भन्सार प्रक्रिया पुरा गरेका गाडी पनि नेपाल आउन पाइरहेका छैनन । त्यसको फाइदा धमिलो पानीमा माछा मार्नेले उठाइरहेका छन,’ उद्योगी अग्रवालले भने । अतिरिक्त शुल्ककै कारण आयतित बस्तुको मुल्य बढ्ने उनले बताए ।

भन्सार विभागले भैरहवालाइ राजश्व संकलनको लक्ष्य बढाउदै लगेपनि भौतिक पुर्वाधार सुधारमा ध्यान दिइएको छैन । भन्सारको पश्चिम उत्तरमा आइसिपिका लागि अधिग्रहण गरिएको ५२ विगाहा जग्गा गौचरण बनेको छ । व्यवसायीले अइसिपी नबन्दासम्म सोही जग्गामा पार्किङलाइ व्यवस्थित गर्न पटकपटक आग्रह गरेपनि सम्बन्धित निकायले चाँसो दिएको छैन । ‘सरकारको ध्यान राजश्व उठाउनेमा मात्रै केन्द्रित छ । भौतिक पुर्वाधार र सेवा  सुविधा बिस्तारमा चासो नै छैन,’ सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपाने भने ।

पार्किङ र गोदामको समस्यालाइ लिएर यहाँका उद्योगी व्यवसायी  धेरै पटक भन्सार,भन्सार विभाग र मन्त्रालयमा डेलिगेसन गएका छन । गत साता सिद्धार्थनगर उद्योग बाणिज्य संघको टोली भन्सारमा डेलिगेसन गयो । अर्थमन्त्री बिष्णु पौडेल गतमहिना भैरहवा आउदा पनि व्यवसायीले समस्या समाधानका लागि आग्रह गरे । अर्थमन्त्री र भन्सारका अधिकारीहरुले समस्या समाधान गर्ने आश्वासन त दिए तर पहल गरेनन् ।  नाकाबन्दीका बेला समेत देशको आवश्यकतालाइ धानेको नाकालाइ भन्सार विभाग, मन्त्रालय, मन्त्री र राजनीतिक दलका नेताहरुले समेत उपेक्षा गरेको गुनासो उद्योगी व्यवसायीको छ ।  

भैरहवा भन्सारका सूचना अधिकारी पुर्णप्रसाद लम्सालले सरकारले पार्किङ व्यवस्थापनको जिम्मा ट्रान्स नेपाललाइ दिएकाले यार्ड व्यवस्थापनको काम उसैले गर्नुपर्ने बताए । लम्सालले भन्सार परिसरमा १५ सय गाडी पार्किङ गर्न मिल्ने भनेपनि पार्किङको जिम्मा लिएको ट्रान्स नेपालका म्यानेजर पारिखले भने,‘अहिले उपलब्ध पुर्वाधारमा सहज रुपमा बढीमा ७ सय गाडी मात्रै पार्किङ गर्न मिल्छ ।’ 
अर्को समाचार
भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
२० साउन २०८०
•
४ मिनेट पाठ
भैरहवा भन्सार: लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व असुली
देशकै दोस्रो ठुलो भैरहवा भन्सारले यस पटक लक्ष्यको आधा पनि राजश्व उठाउन सकेन। आर्थिक वर्ष २०७९/०८० मा यो भन्सारले लक्ष्यको ४९ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ।




भन्सारले गत आर्थिक वर्षमा ७६ अर्ब ८९ करोड ५ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुली लक्ष्यको ४९.४१ प्रतिशत हो। भन्सार विभागले गत आर्थिक वर्षकालागि भैरहवा भन्सारलाई १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलनको लक्ष्य निर्धारण गरिदिएको थियो। राजश्व संकलनमा मुख्य योगदान रहने माल वस्तुको आयात घट्दा राजश्व संकलन प्रभावित भएको भैरहवा भन्सारका मुख्य भन्सार अधिकृत मनिराम पौडेलले बताए।

संकलित कुल राजश्व मध्ये भन्सार तर्फ २७ अर्ब ५६ करोड ९६ लाख संकलन भएको छ। मूल्य अभिवृद्धि कर तर्फ ३० अर्ब ४९ करोड र अन्तःशुल्कबाट १२ अर्ब ७८ करोड असुली भएको छ। त्यसबाहेक सडक सुधार तथा मर्मत सम्भार शीर्षकमा २ अर्ब ६ करोड, पूर्वाधार शुल्क बापतको १ अर्ब ११ करोड र कृषि सेवा शुल्कमा १ अर्ब ८० करोड राजश्व असुली भएको छ।

अघिल्ला वर्षको तुलनामा यो नाकाबाट मोटरसाइकल, जिप, कार भ्यान, डिजेल, मोबाइल तथा अन्य विलासीताका सामानको आयात उल्लेख्य घटेको छ। भन्सार प्रमुख पौडेलका अनुसार भैरहवालाई विभागले राजश्वको लक्ष्य बढी तोकिदिएकाले पनि लक्ष्य भेटाउन नसकेको हो।

‘आर्थिक मन्दी, सरकारले बस्तु आयातमा लिएको कडा नीति आदिका कारण राजश्वमा उल्लेख्य योगदान दिने बस्तुको आयात घटेको छ त्यसको असर राजश्व संकलनमा देखिएको हो’ प्रमुख भन्सार अधिकृत पौडेलले भने।

अघिल्लो वर्षको तुलनामा आयात घटे पनि राजश्व असुलीमा महत्त्वपूर्ण योगदान दिने मुख्य बस्तुहरूमा मोटरसाइकल, जिप, कार भ्यान, पेट्रोल, टाइल, एमएस विलेट, डिजेल, इलेक्ट्रिक कारजिप भ्यान, मार्बलको हिस्सा बढी छ। यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब २९ करोडको एमएस विलेट तथा फलामका अर्ध तयारी उत्पादनहरु आयात भएको छ।

जसबाट २ अर्ब २७ करोड राजश्व उठेको छ। ८ अर्बको स्पोन्जी आइरन आयात भएको छ। ८ अर्ब बढीको एल.पी. ग्यास आयात हुँदा त्यसबाट १ अर्ब ५५ करोड राजश्व उठेको छ। सबैभन्दा धेरै राजश्व मोटरसाइकल आयतबाट उठेको छ। ७ अर्ब ६१ करोडका मोटरसाइकल आयात हुँदा ८ अर्ब २७ करोड राजश्व संकलन भएको छ।

६ अर्ब ४३ करोड मूल्यका मोबाइल फोन आयात भएको छ। ६ अर्ब २४ करोडको पेट्रोल, ६ अर्ब १४ करोडको इलेक्ट्रिक गाडी, साढे ५ अर्बको डिजेल, साढे ५ अर्बका कोइला, साढे ४ अर्ब मूल्यका टाइल आयात भएको छ।

भैरहवा भन्सारबाट आयात हुने यी मुख्य दश बस्तुको आयात अघिल्लो वर्षको तुलनामा यसपालि ५० प्रतिशतले घटेको भन्सारको तथ्याङ्कले देखाउँछ। जसका कारण भैरहवाको राजश्व पनि घटेको छ। त्यस्तै एलसी मार्जिन अनिवार्य गरिएका अन्य कतिपय वस्तुको आयात समेत ह्वात्तै घटेको भन्सारले जनाएको छ।

त्यसका अलावा यो भन्सार नाकाको अर्को मुख्य समस्या होबाह्रमासे तस्करी र न्यून विजकीकरण। खुला सीमाको फाइदा उठाउँदै तस्करले यहाँको मुख्य नाका वेलहिया आसपास तथा सहायक नाकाबाट चिनी, लत्ताकपडा, मोबाइल, मदिरा, टाइल, इलेक्ट्रिक सामान, गाडीका पार्ट पूजा, मल, खाद्यान्न लगायतका बस्तुको तस्करी गर्छन्। ती सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मी सम्म सप्लाइ गर्ने क्रम विगत देखि चलिरहेको छ।

पछिल्लो समय मुख्य नाकाहरुमा सर्वसाधारणबाट एक सयको सामानमा भन्सार उठाइरहँदा तस्करले नाका परिवर्तन गरी सहायक नाकाबाट लाखौंका सामान तस्करी गरिरहेको र ती घटनामा सुरक्षा संयन्त्र, भन्सार कर्मचारी तथा तस्कर बिच मिलेमतोको रहेको सीमा क्षेत्रका स्थानीयको आरोप छ। तस्करी नरोकिँदा त्यसले पनि भन्सारको राजश्वमा प्रभाव पारेको जानकारहरु बताउँछन्।

लक्ष्यको आधा पनि राजश्व असुली गर्न नसकेको भैरहवा भन्सारमा अघिल्लो साता निरीक्षण गर्दै अर्थमन्त्री प्रकाश शरण महतले पनि भन्सारका अधिकारी तथा कर्मचारी र सुरक्षा संयन्त्रले सरकारले दिएको सेवा सुविधामा चित्त बुझाएर इमानदारी पूर्वक आफ्नो जिम्मेवारी निभाउन निर्देशन दिएका थिए।

जम्मा दश अर्बको सामान निर्यात

यो नाकाबाट गत आर्थिक वर्षमा १० अर्ब ९५ करोड ७६ लाख मूल्य बराबरका बस्तु निर्यात भएको छ।

झण्डै साढे दुई खर्बको सामान आयात भएको भैरहवा भन्सारबाट एक वर्षमा १० अर्ब मूल्यका सामान निर्यात भएको हो। भन्सार अधिकारीहरुका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ३८.८ प्रतिशतले निर्यात बढेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ७ अर्ब ८९ करोड २३ लाख मूल्यका वस्तु निर्यात भएको थियो। भैरहवा भन्सार प्रमुख पौडेलले सरकारले निर्यात प्रवर्द्धनका कार्यक्रम ल्याएकाले निकासी बढेको बताए।

भैरहवा भन्सारबाट निर्यात हुने मुख्य बस्तुमा सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजीन, खयर कत्था, सिमेन्ट क्लिङ्कर पर्छन्। गत वर्ष ३ अर्ब ५ करोड ६९ लाखको सेन्थेटिक यार्न निकासी भएको छ। 

१ अर्ब ३ करोडको खजुरको प्रशोधित तेल, ५४ करोड ३९ लाखको खोटो रोजीन, ४३ करोड २१ लाखको खयर कत्था, ४० करोड ९१ लाखको सिमेन्ट क्लिङ्कर भैरहवा नाकाबाट निर्यात भएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस