कच्चा पदार्थको मूल्यमा भारी वृद्धि
२६ पौष २०७७
•
४ मिनेट पाठ
कच्चा पदार्थको मूल्यमा भारी वृद्धि
रड, स्टिल, प्लास्टिक लगायत उद्योगमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएर आएपछि यहाँका उद्योगीले पनि रड, प्लास्टिकजन्य वस्तुको मूल्य बढाउन थालेका छन्।




नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरतराज आचार्यले कोभिड संक्रमण घटे पनि अहिले अधिकांश औद्योगिक कच्चा पदार्थको मूल्य वृद्धि भएको बताए। ‘कोभिडको कारण ग्लोबल सप्लाई चेनमै असर पर्‍यो,’ आचार्यले भने, ‘त्यसैको प्रभावस्वरूप अहिले कच्चा पदार्थको मूल्य चार गुणासम्म वृद्धि भएको छ।’ कच्चा पदार्थको लागत, ढुवानी मूल्यमा वृद्धि हुँदासाथ नेपालमा अधिकांश औद्योगिक उत्पादनको मूल्य वृद्धि हुने उनले बताए।

कच्चा पदार्थमा प्रतिटन दुई सयदेखि तीन सय डलरसम्म मूल्य वृद्धि भएको उनले बताए। ‘प्रायः सबै उद्योगको कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्था छ,’ आचार्यले भने, ‘अन्तर्राष्ट्रिय बजारको असर स्वतः नेपालमा पर्छ।’

खाना पकाउने ग्यास सिलिन्डर बनाउने एचआर सिटको मूल्य चार महिनाको अवधिमा शतप्रतिशत बढेको उद्योगीले बताएका छन्। अक्टोबरमा एचआर सिटको मूल्य प्रतिटन चार सय ३० डलर रहेकोमा जनवरीमा आठ सय २० डलर पुगेको छ। अक्टोबरमा चार सय ३० डलर रहेकोमा नोभेम्बरमा चार सय ७० डलर, डिसेम्बरमा ६ सय ६५ डलर र जनवरीमा आठ सय २० डलर पुगेको हो।

चीनले कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि मूल्य भारी बढेको नेपाल सिलिन्डर प्रालिका निर्देशक अशोक श्रेष्ठले बताए। ‘चार महिनामा टनमा तीन सय ९० डलर बढेको छ,’ श्रेष्ठले भने, ‘चीनले निर्यातमा रोक लगाएपछि मूल्य बढेको हो।’ नेपालमा भारतबाट कच्चा पदार्थ ल्याउने गरेको छ। सिलिन्डरको कच्चा पदार्थको मूल्य वृद्धि भएपछि खाना पकाउने ग्यासको रित्ता सिलिन्डरको मूल्यवृद्धि हुने बताए।

पूर्वाधारमा प्रयोग हुने डण्डीको कच्चा पदार्थको मूल्य पनि वृद्धि भएको छ। प्रतिटन साढे तीन सय डलरमा आयात भइरहेको डण्डीको कच्चा पदार्थको मूल्य बढेर टनको पाँच सय ६५ डलर पुगेको पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले बताए। पञ्चकन्याले डण्डी उत्पादन गर्दै आएको छ। ‘भारत लगायत तेस्रो मुलुकमा कच्चा पदार्थको मूल्य वृद्धि भएको छ,’ श्रेष्ठले भने, ‘एक टनमै दुई सय डलरसम्म बढेको छ।’

कतिपय उद्योगले डण्डी बनाउन प्रयोग हुने बिलेट नपाएको पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठले बताए। ‘कच्चा पदार्थ नपाएर केही उद्योगले उत्पादन घटाएका छन्,’ श्रेष्ठले भने, ‘त्यसको असर बजारमा परेको छ।’

कच्चा पदार्थको मूल्य बढेपछि डण्डीको मूल्य किलोमा २५ रूपैयाँसम्म बढेको छ। किलोमा ५५ देखि ६२ रूपैयाँमा बिक्री भएको डण्डीको मूल्य बढेर ९० रूपैयाँ किलो पुगेको छ।

कतिपय उद्योगले डण्डी बनाउन प्रयोग हुने बिलेट नपाएको पञ्चकन्या ग्रुपका उपाध्यक्ष श्रेष्ठले बताए। ‘कच्चा पदार्थ नपाएर केही उद्योगले उत्पादन घटाएका छन्,’ श्रेष्ठले भने, ‘त्यसको असर बजारमा परेको छ।’

यता सिमेन्टमा प्रयोग हुने कोइला लगायतको मूल्य पनि वृद्धि भएको सिमेन्ट उद्योगीले बताएका छन्। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले कच्चा पदार्थको मूल्य बढेकाले सिमेन्टको मूल्य बढाउन दबाब परेको बताए।

दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका विभिन्न सामानमा प्रयोग हुने कच्चा पदार्थको मूल्य पनि वृद्धि भएको उद्योगीले बताएका छन्। प्लास्टिकका सामान बनाउन प्रयोग हुने प्लास्टिक दानाको मूल्य बढेको हो। प्रतिटन प्लास्टिक दानाको मूल्य आठ सय ५० डलरबाट बढेर १२ सय ५० पुगेको उद्योगी बताउँछन्। जुत्ता–चप्पलमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य १६ सय डलरबाट बढेर २३ सय पुगेको छ। प्लास्टिकको कच्चा पदार्थको मूल्य वृद्धि हुँदा जुत्ता, चप्पलदेखि घरभित्र र बाहिर प्रयोग हुने प्लास्टिकजन्य वस्तुको मूल्यमा असर पर्छ। प्लास्टिकका भाँडा, झोला, बाटा, पाइप, गमला, बाटा, बाल्टी, ट्यांकी लगायत वस्तुको उत्पादन लागत वृद्धि भएको छ। प्लास्टिक दाना आयात भारत, दक्षिण अफ्रिका, सिंगापुर, युनाइटेड अरब इमिरेट्स लगायत मुलुकबाट आयात गर्ने गरेका छन्।

कोभिडको कारण थला परेर सञ्चालनमा आउन थालेका उद्योग अहिले कच्चा पदार्थको कारण समस्यामा परेको गुनासो छ। कोभिडले बन्द भएका उद्योग अझै पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन्। अपेक्षित रूपमा औद्योगिक वस्तुको माग वृद्धि पनि भएको छैन।

भन्सार विभागका अनुसार निर्माण क्षेत्रमा प्रयोग हुने स्टिल, फलाम र कोइलाको आयात घटेको छ। कोभिडको कारण निर्माण सामग्रीको माग वृद्धि हुन नसक्दा उद्योगले उत्पादन घटाएपछि कच्चा पदार्थको आयात पनि घटेको हो। निर्माण सामग्रीको माग सिमेन्ट उत्पादक संघका अध्यक्ष थापा बताउँछन्।
अर्को समाचार
केराका थामबाट रेसा उत्पादन
१३ माघ २०८०
•
१ मिनेट पाठ
केराका थामबाट रेसा उत्पादन
 कैलालीको टीकापुर ८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी केराका थामबाट रेसा उत्पादन थालेको हो।




यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ। सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ। सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए।

केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ। रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गर्नुभयो। केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ।

‘केराको थाम पाउन समस्या छैन’, उनले भने। सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरणसमेत सिर्जना गर्ने काम गरेको छ। सहकारीले रेसा उत्पादन गर्ने  उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ।

केराको धागो र रेसा बनाउन सहकारीको दुई लाख र दुई लाख दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए। खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए।

सहकारी आफैले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ। विसं २०६८ मा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ। –रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस