गोरखाको च्याङ्लीमा नेपालमै पहिलो वातावरणमैत्री इट्टा उद्योग संचालनमा आएको छ । सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा विद्युतको माध्यामबाट इट्टा तयार गरिन्छ । यो इट्टा तयार गर्दा परम्परागत रुपमा भट्टामा पोलेको जस्तो धुवाँ धुलो निस्कदैन ।
पाँचजना लगानीकर्ता मिलेर तीनकरोड रुपैयाँ लगानीमा २५ रोपनी जग्गा भाडामा लिएर उद्योग सुरु गरेका छन् । ‘पहिले चिम्नीको इट्टाभट्टा खोल्ने योजना थियो,’ संचालक हरेराम श्रेष्ठले भने ‘वातावरण प्रदुषण हुने भएपछि वातावरणमैैत्री प्रविधि नेपालमा पनि भिœयाउने योजना सहित हामीले सुरु ग¥यौं ।’ नेपालमा पहिलोपटक गोरखा इनोटेक प्रालीले गोरखाको पालुङटार नगरपालिका च्याङ्लीमा यो प्रविधिको उद्योग सुरु गरेको हो ।
पाँचजना कामदार अहिले उद्योगमा छन् । दैनिक ८ देखि १२ हजार इट्टा उद्योगले तयार गर्छ । ‘पूर्ण क्षमतामा उद्योग संचालन गर्ने हो भने प्रतिघण्टा तीनहजार भन्दा बढि इट्टा तयार गर्न सकिन्छ,’ संचालक विकास श्रेष्ठले भने । भट्टाबाट चल्ने उद्योग वातावरण मैत्री नभएको, जंगल, बस्तीको छेउछाँउमा राख्दा पर्यावरणीय दृष्टिकोणले उपयुक्त नहुने भन्दै घरेलु तथा साना उद्योग कार्यालयले संचालन अनुमति दिँदैन । ‘हामीले बिजुलीबाट इट्टा बनाउँदा भट्टामा दाउराले पोलेको भन्दा फरक प्रविधिबाट तयार गर्छौ’ संचालक श्रेष्ठले भने ।
प्रति इट्टा दुईहजार छसय ग्राम तौलको हुन्छ । सिमेन्ट १० र ९० प्रतिशत माटोको मिश्रणबाट इट्टा तयार गरिन्छ । मेसिनबाट तयार भएको इट्टा दुईसाता राखेपछि सहजै ढुवानी गर्न मिल्छ । कम फुट्ने, चिल्लो आकारको बलियो इट्टा तयार हुने संचालक हरेराम श्रेष्ठले बताउँछन् । उद्योगले प्रतिगोटा १४ रुपैयाँमा यो इट्टा बिक्री गर्दै आएको छ । ‘सबै इट्टा एउटै आकार, एउटै गुणस्तरको हुन्छ’ उनले भने ।
ब्लक, इन्टरब्लक, इट्टा उद्योगले तयार गर्दै आएको छ । २०७६ चैतदेखि उद्योग संचालन गर्ने तयारी गरेपनि कोभिड–१९ का कारण गत मंसिरबाट मात्र सुरु भएको संचालक विकास श्रेष्ठले बताए । ‘ल्याबमा परीक्षण गराएका छौं, इट्टाको बलियोपना ३.५ हुनुपर्छ भन्ने मान्यता छ,’ उनले भने ‘तर हाम्रो प्रविधिबाट तयार गरेको इट्टाको बलियोपना आठ प्रतिशत छ ।’ इट्टा प्रयोग गरेको ठाउँमा आकार राम्रो देखिने, थोरै इट्टा लाग्ने, लेउ नलाग्ने हुँदा मेसिनबाट तयार भएको इट्टा प्रयोग गर्न पनि सजिलो रहेको संचालकहरु बताउँछन् ।
‘यो प्रविधिबाट इट्टा तयार हुँदा वातावरणमा खासै प्रभाव पर्दैन,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश पौडेलले भने, ‘सबै उद्योगहरु वनतावरणमैत्री हुनुपर्छ, बिस्तारै प्रविधिमा जानुको बिकल्प छैन ।’ विद्युतबाट चल्ने उद्योगलाई बत्ती नहुँदा भने समस्या हुन्छ । घरेलु तथा साना उद्योग कार्यालयले दाउराबाट इट्टा पोल्ने उद्योगलाई अहिले संचालन अनुमती रोकेको छ ।
जिल्लामा चलेका काठ दाउराबाट पोल्ने भट्टाका इट्टा उद्योगले जस्तो वातावरणिय प्रदुषण नगर्ने भएकाले उक्त उद्योग पर्यावरणीय दृष्टिकोणले पनि उपयुक्त रहेको डिभिजन वन कार्यालयका अधिकृत महेश पौडेल बताउँछन् । ‘वातावरण संरक्षणमा उद्योग कलकारखानाको चुनौती थपिँदो छ,’ उनले भने ‘वनजंगल विनास हुनबाट रोक्नका लागि पनि यो प्रविधि उपयुक्त हुन्छ ।’ धुवाँ धुलो नहुँदा वातावरण स्वच्छ र सुरक्षित हुने भएकाले प्रविधिको विकाससँगै व्यवस्थित प्रयोगमा जोड दिनुपर्ने उनी बताउँछन् ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...