आयल निगमका कर्मचारीलाई पौने ६ करोड बोनस
२० पौष २०७७
•
३ मिनेट पाठ
आयल निगमका कर्मचारीलाई पौने ६ करोड बोनस
नेपाल आयल निगमले कर्मचारीलाई करिब पौने ६ करोड रूपैयाँ रूपैयाँ बोनस रकम वितरण गर्ने तयारी गरेको छ। बोनस शीर्षकमा वर्षौंदेखि रकम विनियोजन गर्दै आए पनि दुई आर्थिक वर्षको करिब पाँच करोड ८५ लाख रूपैयाँ बोनस वितरण गर्ने प्रक्रिया अघि बढाएको निगमले जनाएको छ।बोनस ऐन,२०७४ (पाँचौं संशोधन)मा भएको व्यवस्था अनुसार निगमको खुद मुनाफाको एक प्रतिशत रकम बोनस बापत वितरण गर्न लागेको हो।




निगमका हरेक कर्मचारीले बोनसबापत एक आर्थिक वर्षमा न्यूनतम ३० हजारदेखि अधिकतम ६० हजार रूपैयाँसम्म पाउने छन्। निगम सरकारी स्वामित्वको एकाधिकार प्राप्त संस्था भएकाले बोनस ऐनमा बोनस वितरणमा लगाम लगाएर मुनाफाको एक प्रतिशत मात्र वितरण गर्ने व्यवस्था गरेपछि निगमका कर्मचारीले न्यून रकम पाउने भएका हुन्।

बोनस ऐनमा भएको व्यवस्था अनुसार बोनस वितरण गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए। ‘खुद मुनाफाबाट एक प्रतिशत बराबरको रकम बोनस बापत छुट्ट्याइएको छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘कर्मचारीलाई प्रोत्साहनका लागि नियम अनुसार वितरण गर्ने सोचमा छौं।’ बोनस शीर्षकमा अर्बौं रूपैयाँ भए पनि कर्मचारीले निकै न्यून रकम पाउने पौडेलले बताए। ‘सरकारले बनाएको बोनस ऐन, नियमावली अनुसार वितरण गर्दा थोरै रकम हुन्छ,’ उनले भने, ‘बोनस शीर्षकमा धेरै रकम भए पनि कर्मचारीले कम पाउँछन्।’

तोकिएको सीमा अनुसार वितरण गरेर बाँकी रहेको रकम ८० प्रतिशत राष्ट्रिय स्तरको कर्मचारी कल्याण कोष र बाँकी २० प्रतिशत निगमभित्रकै कर्मचारी कल्याणकारी कोषमा जम्मा हुन्छ। बोनस ऐन अनुसार खुद मुनाफाको एक प्रतिशतका दरले आर्थिक वर्ष ०७४/७५ मा चार करोड ८० लाख, आर्थिक वर्ष ०७५/७६ मा ११ करोड ६७ लाख गरी कुल १६ करोड ४७ लाख रूपैयाँ विनियोजन भएको थियो। दुई आर्थिक वर्षमा १६ करोड ४७ लाख रूपैयाँ विनियोजन गरे पनि एउटा कर्मचारीलाई सरदर ४५ हजार रूपैयाँका दरले हिसाब गर्दा दुई वर्षमा पाँच करोड ८५ लाख रूपैयाँ पाउनेछन्।  

निगमले आर्थिक वर्ष ०७५/७६ सम्म कर्मचारी बोनस शीर्षकमा तीन अर्ब २९ करोड रूपैयाँ विनियोजन गरेको भए पनि बोनस ऐन, २०७४ ले अंकुश लगाएको छ। निगम आव ०७१÷७२ देखि नाफामा जान थालेपछि बोनस शीर्षकमा रकम विनियोजन गर्दै आएको थियो। बोनस ऐन आउनुपूर्वको विवादबारे निगमका कर्मचारीले अदालतमा मुद्दा दायर गरेकाले निगमले प्रक्रिया अघि बढाएको छैन।

बोनस ऐन, २०७४ आउनुअघिसम्म नाफामा गएको आर्थिक वर्षमा कर्मचारीलाई बोनस बापत ६ प्रतिशत रकम बोनस शीर्षकमा छुट्ट्याएको थियो। बोसन ऐन, नियमावली जारी भएपछि नेपाल सरकारको स्वामित्वमा भएका एकाधिकार प्राप्त प्रतिष्ठानले आफूले आर्जन गरेको प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत बराबर रकम मात्र बोनस बापत छुट्ट्याउनुपर्ने व्यवस्था छ। निगमले सोही व्यवस्था अनुसार अहिले बोनस वितरण प्रक्रिया अघि बढाएको हो।  

निगमका अुनसार आव ०७४/७५ मा करिब ६ सय कर्मचारीलाई ४५ हजार रूपैयाँका दरले वितरण गर्दा दुई करोड ७० लाख ०७५/७६ मा करिब सात सय कर्मचारीलाई ४५ हजारका दरले तीन करोड १५ लाख रूपैयाँ पाउनेछन्। बोनस बापत लिने रकममा औसत २० प्रतिशतका दरले करिब एक करोड १७ लाख रूपैयाँ कर तिनुपर्छ। कर्मचारीले बोनस बापत करिब चार करोड ६८ लाख रूपैयाँ खुद पाउनेछन्। स्थायीसहित करारमा रहेका कर्मचारीले एक सय ८० दिन काम गरेपछि बोनस खानयोग्य मानिन्छन्।  

कर्मचारीलाई वितरण गरेर बाँकी रहेको बोनस रकम बोनस ऐनअनुसार संस्थामा एक सय ८० दिन काम गरेका कर्मचारीले पाउँछन्। निगमले आर्थिक वर्ष ०७६/७७ मा १२ अर्ब ८७ करोड रूपैयाँ नाफा कमाएको छ। उक्त नाफाबाट पनि एक प्रतिशत रकम कर्मचारी बोनसका लागि विनियोजन गरेको छ।

सरकारले आर्थिक वर्ष ०७४/७५ पहिलाका वर्ष कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्ट्याउँदै आएको थियो। निगम नाफामा गएपछि आव ०७३/७४ मा ७७ करोड रूपैयाँ, आव ०७२/७३ मा एक अर्ब २६ करोड ३६ लाख र ०७१/७२ मा ९० करोड रूपैयाँ बोनस रकम विनियोजन गरेको थियो। निगम आव ०७१/७२ मा नाफामा गएपछि बोनस बाँड्ने तयारी गर्दा चौतर्फी आलोचना भएपछि सरकारले बोनस वितरणमा रोक लगाएको थियो। त्यसयता निगमले वासलातमा बोनस रकम शीर्षकमा रकम थप्दै आएको छ।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस