निजी क्षेत्रबाट संचालित देशकै ठुलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाले व्यवसायिक विद्युत उत्पादन थालेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेगावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम सम्पन्न गरि व्यवसायिक उत्पादन थालेको हो ।
रुपन्देहीको मणिग्राममा रहेको सोलार आयोजनाको काम सम्पन्न भई कात्तिक २५ देखि व्यवसायिक रुपमै विद्युत उत्पादन भइरहेको कम्पनीका कार्यकारी निर्देशक कुवेर नेपालले बताए । कोरोना कहर र लकडाउनका बाबजुत पनि कम्पनीले आयोजना सुरु गरेको एक वर्षमै काम सम्पन्न गरि विद्युत उत्पादन सुरु गरेको हो ।
तिलोत्तमा नगरपालिका–६ मा २६ बिगाह क्षेत्रफल जग्गामा ३ सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता बिछ्याइएको छ । जसबाट ८.५ मेगावाट विद्युत उत्पादन भइरहेको छ । सोलार पाताबाट उत्पादित डीसी उर्जालाइ एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० वटा इन्र्भटर जडान गरीएको छ । इन्भर्टरबाट आएको विद्युतलाइ ८.५ एमबीएको ट्रान्सफर्मरले ६९० भोल्टको बिद्युतलाइ ३३ केभीमा अपग्रेड गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए । उत्पादित विद्युत ७.४ किलोमिटरको दुरीमा रहेको अमुवा सबस्टेशनमा जोडिएको छ । आयोजनाले ३३ केभीको ट्रान्समिसन लाइन निर्माण गरी राष्ट्रिय ग्रिडमा विद्युत जडान गरेको हो ।
उत्पादित बिजुली प्राधिकरणले प्रति युनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षकालागि खरिद सम्झौता (पिपिए) गरेको छ । वार्षिक १ करोड ४५ लाख युनिट विद्युत आपुर्तिको ग्यारेन्टि सहित प्राधिकरणसँग सम्झौता गरिएको हो । यो प्लान्टले दैनिक करिब ८÷९ घण्टा बिद्युत उत्पादन गरिरहेको आयोजनाका इन्जिनियर कुशल न्यौपानेले बताए । व्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट बिद्युत उत्पादन हुनेछ ।
झन्डै ७२ करोड रुपैयाँ लागतको आयोजनाबाट वार्षिक १० करोड आम्दानी गर्ने लक्ष्य छ । यो आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानीमा निर्माण भएको कम्पनीले जनाएको छ । जसमा बैंक अफ काठमाडौं अगुवाइमा सिटिजन्स र नेपाल बंगलादेश बैंकले ४९ करोड रुपैयाँ लगानी गरेका छन ।
बिद्युत विकास विभागका अनुसार हालसम्म नेपालमा अधिकतम १ मेगावाट सम्मको सोलार प्लान्ट निर्माण भएको छ । नवलपरासीको रामनगरमा एक मेगावाटको र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ६८० किलोवाटको सोलार इजर्नीबाट विद्युत उत्पादन गरिरहेको छ । रिडी हाइड्रोपावर कम्पनीले विगत दुइदशक देखि नविकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेको छ । कम्पनीले २४ सय किलोवाट क्षमताको रिडीखोला जलबिद्युत आयोजना २०६६ सालमा सम्पन्न गरी राष्ट्रिय ग्रिड प्रणालिमा विद्युत आपूर्ति गरिरहेको छ । धादिङमा ५ सय किलोवाट क्षमताको रैराङ खोला जलबिद्युत आयोजना र ताप्लेजुङमा ९ हजार ९ सय किलोवाट क्षमताको इवाखोला आयोजना सम्पन्न गरेको छ ।
सरकारको राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धि अवधारणापत्र र कार्ययोजना २०७२ को उर्जा मिश्रणको नीति अनुरुप २०७३ जेठमा खुल्लारुपमा टेण्डर आब्हान गरेको थियो । ६३ मेगावाट क्षमताका आयोजनाका लागि गरिएको बोलपत्रमा ६१ मेगावाट बराबरका १८ वटा आयोजना अघि बढेको थियो । जसमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बुटवल ग्रिड जडित सौर्य विद्युत आयोजनाको टेण्डर हात पारेको थियो । ग्रिड जडित सौर्य बिद्युत आयोजनाको नीतिनै अष्पष्ट भएको र भन्सार महसुल नीति जलबिद्युत सरह गरनिुपर्ने माग उठेपछि केही समय आयोजनाका काम अगाडी बढ्न सकेन । अन्तत सरकारले २०७५÷२०७६ को बजेटबाट जलविद्युत सरह सौर्य विद्युत आयोजनाको भन्सार महसुुल नीति लागु ग¥यो । त्यसपछि बल्ल ग्रिड जडित सौर्य विद्युत आयोजना निर्माण सुरु गरिएको हो ।