कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुँदै, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता
०१ मंसिर २०८३
•
१ मिनेट पाठ
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुँदै, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता
लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृत नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडक स्तरोन्नति हुने भएको छ।




कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोर स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का स्वीकृत गरिएको हो।

प्राप्त विवरणअनुसार खुलालु–सलिसल्ला सडक खण्डका तीन स्थानमा गरी ४१ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने खुलालु–सलिसल्ला सडक आयोजनाका प्रमुख विष्णुदास (बिसुनदास) लामाले बताए। उनका अनुसार तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिनेछ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरिएको जानकारी दिएका छन्।

‘हामीले भनेका थियौँ, कर्णालीका सपना अब हाम्रो सपना ! सोही प्रतिबद्धताअनुसार कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरेका छौँ,’ मन्त्री लम्सालले भने।

उनले कर्णाली करिडोरको निर्माण तथा स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अर्को समाचार
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता
०१ मंसिर २०८३
•
१ मिनेट पाठ
कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता
लामो समयदेखि बजेट अभाव र बहुवर्षीय ठेक्का स्वीकृत नहुँदा निर्माण कार्य अघि बढ्न नसकेको कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।




कर्णाली प्रदेशको महत्त्वपूर्ण रणनीतिक सडक पूर्वाधारका रूपमा रहेको कर्णाली करिडोरको स्तरोन्नतिका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय ठेक्का स्वीकृत गरिएको हो।

प्राप्त विवरणअनुसार खुलालु–सलिसल्ला सडक खण्डका तीन स्थानमा गरी ४१ किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गरिने खुलालु–सलिसल्ला सडक आयोजनाका प्रमुख विष्णुदास (बिसुनदास) लामाले बताए।

उनका अनुसार  सडक निर्माण तथा स्तरोन्नतिका लागि तुम्चादेखि सलिसल्लासम्म – १३ किलोमिटर,खुलालुदेखि कोटसम्म – १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म – १५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गरिने छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर स्तरोन्नति तथा कालोपत्रेका लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरिएको जानकारी दिएका छन्।

‘हामीले भनेका थियौँ– कर्णालीका सपना अब हाम्रो सपना १ सोही प्रतिबद्धताअनुसार कर्णाली करिडोरको स्तरोन्नति र कालोपत्रेका लागि ३ अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता गरेका छौँ,’ मन्त्री लम्सालले भने।

उनले कर्णाली करिडोरको निर्माण र स्तरोन्नति सरकारको प्राथमिक प्रतिबद्धता रहेको समेत बताएका छन्।

किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस