उखु उधारो, किसानलाई ऋणको भारी
०४ पौष २०७७
•
४ मिनेट पाठ
उखु उधारो, किसानलाई ऋणको भारी
सर्लाहीका मेघु साहले गाउँकै साहुसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखु खेती गरे। उखु बेचेर ऋण तिर्ने योजना बनाएका साहलाई अहिले ऋण गलपासो बनेको छ। साहले उखु बेचेबापत अन्नपूर्ण सुगर मिलबाट ७ लाख ८६ हजार रूपैयाँ भुक्तानी पाउन बाँकी छ।




तीन वर्षदेखि रकम नपाएपछि साह न्याय खोज्दै काठमाडौं आएका छन्। ‘उखु खेती गर्दा लिएको ऋण र ब्याज तिर्न नसकेर साउँ (मूल धन) बढेको बढ्यै छ,’ माइतीघरमा शुक्रबार भेटिएका साहले नागरिकसँग भने, ‘साहुले जग्गा लिलाम गर्ने बेला हुन थाल्यो।’

यस्तो समस्या भोग्ने साह एक्ला होइनन्। उखु बिक्री गरेको रकम आउला र ऋण तिरौंला, घर व्यवहार चलाऔंला भनेर खेती गरेका किसानको बिचल्ली भएको छ।

नगदे बाली लगाएका किसानले वर्षौंसम्म भुक्तानी नपाएपछि ऋणको भारीले थिचिएको गुनासो गरे। रामनगर गाउँपालिका–१ सर्लाहीका दीपेन्द्र यादवले पनि उखु बेचेबापत ७ लाख रूपैयाँ पाउनुपर्ने छ। उनले तीन वर्षदेखि रकम पाएका छैनन्। यादवले पनि गाउँबाट ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर उखु खेती र घरखर्च चलाएका थिए। ‘ऋणको ब्याज तिर्ने अरू उपाय छैन,’ यादवले भने, ‘अब सात लाख दिए पनि ऋण तिर्ने पैसा पुग्दैन।’

किसानले उखु उद्योगीले समयमा भुक्तानी नदिएपछि घरखेत साहुले लिलाम गर्ने अवस्था हुन थालेको बताए। उखु बेचेको पैसा आउला भनेर ऋण काडेर छोरीको बिहे गरेका खैरहवा–१ सर्लाहीका रामेश्वरप्रसाद यादवको घरखेत लिलाम हुने अवस्थामा पुगेको छ। उखु उद्योगीले पैसा नदिएपछि मूल धन त के, ऋणको ब्याजसमेत तिर्न नसकेपछि यादव छट्पटिएका छन्। ‘खेत बन्धक गरेर ऋण लिएको छु,’ यादवले भने, ‘ऋण तिर्न नसके घरखेत लिलाम हुने अवस्थामा छ।’

सर्लाहीमात्र नभएर रौतहट र नवलपरासीका किसानको अवस्था पनि उस्तै छ। पाँचवटा उद्योगले बक्यौता रकम नदिएपछि किसान आन्दोलित छन्। नवलपरासीका गोपाल यादव पनि आफ्नो बक्यौता रकम माग गर्दै काठमाडौं आएका छन्। नवलपरासीका उद्योगले दुई लाख रूपैयाँ भुक्तानी नदिएपछि उनी काठमाडौं आएका हुन्।

सरकारले उद्योगीलाई पक्राउ पुर्जी जारी गरेको भए पनि अझै पक्राउ गरेको छैन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार श्रीराम सुगर मिल रौतहटले ३५ करोड, अन्नपूर्ण सुगर मिल सर्लाहीले १७ करोड, इन्दिरा सुगर मिल नवलपरासीले पाँच करोड, लुम्बिनी चिनी उद्योग नवलपरासीले आठ करोड र महालक्ष्मी सुगर मिल सर्लाहीले किसानको २० लाख बक्यौता दिन बाँकी छ। किसानले करिब ९० करोड रूपैयाँ बक्यौता रहेको दाबी गर्दै आएका छन्। सरकारी तथ्यांकमा भने करिब ६५ करोड ३१ लाख रूपैयाँ बक्यौता रहेको देखिन्छ।

न्याय खोज्न राजधानी आएका किसानको मन सरकारी अधिकारीको बोलीले थप दुखाएको छ। उद्योग मन्त्री लेखराज भट्टले आन्दोलनकारी किसानलाई बिचौलिया भनेकोमा उनीहरू आक्रोशित छन्। किसानले उखु बिक्री गरेर उद्योगले खरिद गरेको प्रमाण देखाउँदै भने, ‘उखु बेचेको पुर्जा छ। हामी कसरी बिचौलिया भयौं।?’ सरकारले चाह्यो भने उद्योगीको चलअचल सम्पत्तिबाट असुल उपर गर्न सक्ने भए पनि बेवास्ता गरेको आरोप किसानको छ।

पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसान एक वर्षसम्म पनि रकम नपाएपछि फेरि राजधानी आएका हुन्।  

उनीहरू भुक्तानी नपाउँदा सम्म घर नफर्किने अडानमा छन्। बक्यौता रकम नपाएसम्म घर नफर्किने उखु किसान संघर्ष समितिका सचिव हरिराम रायले बताए। ‘किसानको हाततमा पैसा नआउँदासम्म आन्दोलन जारी राख्छौं,’ रायले भने।

सरकारले वार्तामा बोलाएको भए पनि किसानले दुईबुँदे सर्त राखेर जवाफ पठाएका छन्। चिनी उद्योगीले किसानको खातामा रकम पठाएपछि मात्र आन्दोलन स्थगित गर्ने वा प्रधानमन्त्री राहात कोष वा अन्य कुनै सरकारी कोषबाट किसानलाई रकम भुक्तानी दिनुपर्ने सर्त उनीहरूको छ।

भुक्तानी दिने दुई उद्योगको प्रतिवद्धता

किसानले आन्दोलन नरोकेपछि भुक्तानी दिलाउने विषयमा सहजीकरण गर्न सरकारमाथि चौतर्फी दबाब छ। यसबीच दुई चिनी उद्योगले बक्यौता भुक्तानी सुरु भएको जनाएका छन्। लुम्बिनी चिनी उद्योगले उखु किसानको भुक्तानी प्रक्रिया सुरु गरेको जनाएको छ। यसैगरी श्रीराम सुगर मिलले पनि बक्यौता रकम तिर्न सुरु गरेको जनाएको छ। यता इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले भने चिनी मिल बेचेर बक्यौता भुक्तानी गर्ने बताउँदै आएका छन्।

सहानुभूति देखाउने नेताको प्रयत्न

किसानले बक्यौता भुक्तानी नपाएर राजधानी केन्द्रित आन्दोलन गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ। गत वर्ष आन्दोलन गरेपछि उद्योगमन्त्री लेखराज भट्टले समयमै रकम दिलाउने प्रतिवद्धता गरेर किसानलाई घर फर्काएका थिए। रकम भुक्तानीका लागि पहल गर्नुपर्ने मन्त्री भट्टसहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी शुक्रबार आन्दोलनरत स्थानमा पुगे। मन्त्री भट्टले किसानको खातामा पैसा पठाउन पहल भएको आश्वासन दिए। भट्ट फर्किएपछि किसानले उनीविरुद्ध नाराबाजी गरेका थिए।

सत्तारुढ दलमात्र नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका थिए। पौडेल सरकारको गैरजिम्मेवारीका कारण किसानले भुक्तानी नपाएको बताए। ‘कांग्रेस तपाईंहरूको साथमा छ,’ किसानलाई सम्बोधन गर्दै पौडेलले भने, ‘आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको हुँ।’ उनले उखुको बक्यौता तत्काल भुक्तानीका लागि सहजीकरण गर्न सरकारलाई आग्रह गरे। ‘किसान ठग्नेलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनले भने, ‘किसानको रकम तत्काल भुक्तानी दिनुपर्‍यो।’
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
२ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस