सरकारी जग्गामा बसेकालाई पनि मुआब्जा
०३ पौष २०७७
•
१ मिनेट पाठ
सरकारी जग्गामा बसेकालाई पनि मुआब्जा
बूढीगण्डकी आयोजना कार्यालय
बूढीगण्डकी आयोजनाले सरकारी जग्गा भोगचलन गरेर बसेकालाई पनि मुआब्जा दिने भएको छ । मुआब्जा दिन कार्यदल गठन गरेर प्रक्रिया सुरु गरिएपनि कसलाई कति दिने भन्ने यकिन भने गरिसकेको छैन ।  




आयोजना कार्यालयले धादिङ र गोरखाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा दिने आधार सहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको बतावरण, मुआब्जा, बितरण पुनर्वास तथा पुनस्र्थापना इकाईका संयोजक कृष्णबहादुर कार्कीले बताए ।  

आयोजना क्षेत्र भित्र र बाहिर कतैपनि जग्गा नभएकाले मात्रै मुआब्जा पाउने गरी कार्यदलले काम गर्ने मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

२०७४ जेठ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले रैकर जग्गासँगै ऐलानी, पर्ति(सरकारी जग्गा) मा सरकारी जग्गा घुसाई भोगचलन गरिरहेकाको हकमा समेत जग्गाको क्षतीपूर्ती प्रदान गर्ने निर्णय गरेपछि तीनवर्ष ढिला गरी कार्यदल गठन भएको हो । कार्यदलले काम थालिसकेको छ ।  

आयोजनाले सार्वजनिक जग्गा भोगचलन गरेर बस्दै आएकालाई बिस्थापित गर्दा उनीहरु सुकुम्बासी हुने भएपछि मुआब्जा बितरण गर्ने तयारी गरिएको हो । ‘मुआब्जा बितरण गर्दा ब्यक्तिगत जग्गाको मुआब्जा जसरी बितरण हुँदैन, कार्यदल बनेको छ, सिफारिस गरे अनुसार मुआब्जा निर्धारण समितिले तोक्नेछ’ प्रजिअ भट्टराईले भने ।  

गोरखा र धादिङ दुबै तर्फ सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालय, नापी, सम्बन्धित स्थानीय तहका प्रतिनिधि र आयोजना कार्यालयका अधिकृत सहितको कार्यदल बनेको आयोजना कार्यालयका संयोजक कार्कीले बताए । एकमहिना भित्र समितिले काम सक्ने लक्ष्य लिइएको छ ।
अर्को समाचार
बूढीगण्डकी आयोजनाले ३२ अर्ब मुआब्जा बाँड्यो
०२ साउन २०७७
•
१ मिनेट पाठ
बूढीगण्डकी आयोजनाले ३२ अर्ब मुआब्जा बाँड्यो
आयोजना कार्यालय घ्याल्चोक ।
बूढीगण्डकी जलविद्युत आयोजनाले ३२ अर्ब २७ करोड १७ लाख ९ हजार रुपैयाँ मुआब्जा वितरण गरेको छ । चार वर्षमा गोरखा र धादिङ तर्फ १५ हजार सात सय ९४ जग्गाधनीको ४७ हजार चार सय ३९ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा वितरण गरेको हो ।




‘दुबै जिल्ला तर्फ गरी २३ हजार पाँच सय ८८ कित्ता जग्गाको मुआब्जा असार मसान्तसम्म गइसक्यो’ बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण पुनर्वास तथा पुर्नस्थापना इकाईका प्रमुख कृष्णबहादुर कार्कीले भने । आर्थिक वर्ष २०७३/७४ देखि ०७६/७७ असारसम्म चार वर्षमा उक्त रकम आयोजनाले जग्गाधनीको खातामा पठाइसकेको जनाएको छ । मुआब्जा गइसकेका जग्गाको लालपुर्जा आयोजनाको नाममा आइसकेको छ ।  

हालसम्म गाोरखा तर्फ १६ अर्ब ५१ करोड ४४ लाख मुआब्जा वितरण गरिएको छ । आठ हजार छ सय २५ जग्गाधनीलाई २३ हजार छ सय १२ रोपनी क्षेत्रफले जग्गाको मुआब्जा वितरण भइसकेको इकाईका लेखाअधिकृत निराजन कोइरालाले बताए । गोरखामा एक हजार छ सय ८८ कित्ता जग्गा अधिग्रहणमा परेको छ । धादिङ तर्फ आयोजना कार्यालयले सात हजार एक सय ६९ जग्गाधनीलाई १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ वितरण गरेको छ । २३ हजार आठ सय २७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम वितरण गरिएको हो । ‘ब्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ’ इकाई प्रमुख कार्कीले भने ‘सार्वजनीक र संस्थानको जग्गाको मुआब्जा दिएका छैनौँ, ब्यक्तिगत जग्गाको गुनासो भरेका बाहेक मुआब्जा बाँकी छैन ।’  

मुआब्जा रकम बुझेकाहरुले चितवन, काठमाडौँ लगायत ठाउँमा जग्गा खरिदमा धेरै पैसा लगानी गरेका छन् । घरको ह्रास कट्टि गर्ने, नगर्ने यकिन नहुँदा गत आर्थिक वर्ष मुआब्जा वितरण हुन सकेन । उर्जा मन्त्रालयले यसबारे कुनै निर्णय नपठाउँदा कार्यालयले घरगोठको मुआब्जा वितरण गर्न नसकेको कार्कीले बताए । मुआब्जा वितरण नहुने भएपछि गत आर्थिक वर्ष बिनियोजन गरिएको मध्ये सात अर्ब रुपैयाँ अर्थ मन्त्रालयले आयोजनाको खाताबाट फिर्ता गराएको कार्यालयले जनाएको छ ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस