ब्रोकर कमिसन घटाउने तयारी
०३ पौष २०७७
•
४ मिनेट पाठ
ब्रोकर कमिसन घटाउने तयारी
लामो समयदेखि माग हुँदै आएको सेयर ब्रोकरको कमिसन घटाउने तयारी सुरु भएको छ।  




लगानीकर्ताको पटकपटकको माग तथा विभिन्न अध्ययन प्रतिवेदनले ब्रोकरको कमिसन घटाउनुपर्ने देखाएपछि सोही अनुसारको तयारी थालिएको धितोपत्र बोर्डले जनाएको छ। ‘ब्रोकरको मागपछि गरिएको अध्ययनमा ब्रोकरको कमिसन घटाउनुपर्ने देखिएको छ,’ बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘त्यसैले बोर्डले ब्रोकर कमिसन घटाउने तयारी थालेको छ।’  

कमिसन कति घटाउने र कहिले अन्तिम निर्णय गर्ने भन्नेमा छलफल भइरहेको उनको भनाइ छ। ‘ब्रोकरको कमिसन त घट्छ नै,’ उनले भने, ‘तर कति र कहिले भन्नेबारे टुंगो लगाउन सम्बद्ध पक्षसँग छलफल भइरहेको छ।’ पुँजी बजारमा लगानी गर्नेहरूले वर्षौंदेखि ब्रोकरको कमिसन घट्नुपर्ने माग राख्दै आएका छन्।  

त्यस्तै, मर्चेन्ट बैंकिङलाई सेयर कारोबार दिनुपर्ने लगानीकर्ताको माग छ। हाल ५० वटा ब्रोकरले मात्र कारोबार गर्दा लगानीकर्ताले लाभ लिन नसकेको गुनासो छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले १५ करोड र सात अर्ब रूपैयाँको कारोबार हुँदा एउटै कमिसन लिनु जायज नभएको बताए।  

पुँजी बजार सानो हुँदा केही वर्षअघिसम्म थोरै कारोबार हुने गथ्र्यो, अहिले दैनिक सात÷आठ अर्ब रूपैयाँको कारोबार हुने गरेको छ। पुँजी बजारमा सूचीकृत कम्पनीको संख्या दुई सयभन्दा माथि पुगेको छ। सेयर कारोबार गर्ने लगानीकर्ता गर्नेको संख्या व्यापक रूपमा बढेको छ। डिम्याट खाता खोल्नेको संख्या २१ लाख नाघेको छ।  

कारोबार र संख्याको दृष्टिकोणले पुँजी बजारमा व्यापक वृद्धि भए पनि ब्रोकर कमिसन यथावत छ। नियमनकारी निकाय बोर्डले कमिसन घटाउन चासो नदिएको आरोप छ। ‘पुँजी बजारमा जति सुधार गर्‍यो, त्यत्ति नै वृद्धि हुने हो,’ रौनियारले भने, ‘तर हामीकहाँ नियमनकारी निकाय बोर्ड सुधारमा लाग्नुको साटो कारोबार वृद्धि हुँदा विज्ञप्ति निकालेर बस्छ।’  

उनले बोर्डको जिम्मेवारी पुँजी बजारलाई स्वःस्फूर्त चल्न दिएर लगानीकर्ताको हक र हित संरक्षण गर्नुपर्ने रहेको बताए। यतिखेर एकातिर ब्रोकर कमिसन घटाउनैपर्ने र अर्कोतर्फ बैंकलाई सेयर कारोबार गर्ने अधिकार दिन आवश्यक रहेको उनको भनाइ छ।  

हाल लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४० देखि ०.६० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। ५० हजार रूपैयाँसम्मको कारोबार गर्दा ब्रोकरले ०.६० र एक करोड रूपैयाँभन्दा बढीको कारोबारमा ०.४० प्रतिशत कमिसन लिने गर्छन्। सेयर खरिद र बिक्री गर्ने दुवैले कमिसन तिर्नुपर्छ।

रौनियारले बैंकलाई सेयर कारोबार गर्ने अधिकार दिने हो भने सबै जिल्लाका लगानीकर्ताको आकर्षण बढ्न गई पुँजी बजार वृद्धि हुने बताए। बोर्डका प्रवक्ता गिरीले अहिले ब्रोकरले लिएको कमिसनबाट नेप्से र सिडिएसलाई पनि केही रकम बुझाउनुपर्ने भएकाले केही मिलाउन आवश्यक देखिएको बताए।  

बोर्ड स्रोतका अनुसार ब्रोकरले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिने कमिसनलाई १०–१५ प्रतिशतसम्ममा सीमित गर्ने गरी छलफल भइरहेको छ। हाल ब्रोकरले लिने कमिसनको २० प्रतिशत रकम नेप्सेले लिन्छ।  

२२.७० बिन्दुले घट्यो नेप्से  

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२.७० बिन्दुले घटेको छ। पछिल्लो दुई कारोबार दिनदेखि नेप्से ओरालो लाग्ने क्रम जारी छ। नेप्से ओरालो लागेपनि बिहीबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

अघिल्लो दिन पाँच अर्ब १४ करोड रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा साताको अन्तिम दिन ६ अर्ब ७६ करोड ९८ लाख रूपैयाँको कारोबार भयो। यस दिन एक सय ९५ कम्पनीको कारोबार भयो। कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अन्य परिसूचक घटे।  

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ८० करोड २५ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख रूपैयाँको कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सेयर कारोबारसम्बन्धी नयाँ निर्देशन जारी गरेपछि पुँजी बजार प्रभावित हुनसक्ने कतिपयको अनुमान छ।  

तर इन्भेस्टर्स फोरमका अध्यक्ष रौनियार राष्ट्र बैंकको नयाँ नीतिले सेयर बजार झनै वृद्धि हुने बताउँछन्। ‘यतिखेर आठ प्रतिशत ब्याजमा जति पनि कर्जा पाइने अवस्था छ,’ उनले भने, ‘त्यसमा अनलाइन कारोबारले सघाएको छ।’ राष्ट्र बैंकको नयाँ निर्देशनमा लगातार तीन वर्ष नोक्सानीमा रहेका संस्थाको सेयरमा कर्जा दिन कडाइ गरिनुको साथै सञ्चालनमा आएको एक वर्ष नकटेका संस्थाको सेयरमा पनि कर्जा दिन पाइने छैन।
अर्को समाचार
अर्थ मन्त्रालय पनि ब्रोकर कमिसन घटाउने पक्षमा
०५ पौष २०७७
•
३ मिनेट पाठ
अर्थ मन्त्रालय पनि ब्रोकर कमिसन घटाउने पक्षमा
लामो समयदेखि सेयर ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको मागमा अर्थ मन्त्रालयमा पनि सहमत भएको छ।  




कमिसन घटाउनुपर्ने लगानीकर्ताको आवाजलाई साथ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बद्ध निकायलाई कमिसन घटाउन निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित सम्बद्ध पक्षको बैठकमा पौडेलले कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा लैजान निर्देशन दिए।

उनले कमिसन घटाउने निर्णयमा विलम्ब नगर्न भनेका छन्। पौडेलले पुँजी बजार विस्तार भइरहेको उल्लेख गर्दै अहिलेका समस्या समाधान गर्न समयतालिका बनाएर कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

पुँजी बजारको विकासका लागि चालु वर्ष नै कमिसन घटाउने निर्णय गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन्। ऐन, नियममा सुधार गर्नुपर्ने भए त्यसको तयारी गर्न पनि उनको जोड छ। बैठकमा मन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुंगाना, रामशरण पुडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य सहभागी थिए। त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको बैठकमा सहभागिता थियो।  

लगानीकर्ताले लामो समयदेखि कमिसन घटाउनुपर्ने माग दोहोर्‍याउँदै आएका छन्। केही समयअघि धितोपत्र बोर्डले गरेको एक अध्ययनले पनि ब्रोकर कमिसन घटाउनुपर्ने देखाएको थियो।  

उक्त अध्ययनपछि बोर्डले कसिमन घटाउने तयारी थालिसकेको प्रवक्ता निरज गिरीले बताए। कमिसन कति घटाउने र कहिले अन्तिम निर्णय गर्ने भन्नेमा भने छलफल भइरहेको उनको भनाइ छ। ब्रोकर कमिसन घटाउनुका साथै लगानीकर्ताले मर्चेन्ट बैंकिङलाई सेयर कारोबार दिनुपर्ने माग उठाउँदै आएका छन्।  

हाल ५० वटा ब्रोकरले मात्र कारोबार गर्दा लगानीकर्ताले लाभ लिन नसकेको गुनासो छ। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले विगतमा १५ करोड रूपैयाँको कारोबार गर्दा र अहिले कारोबार बढेर सात अर्ब रूपैयाँ पुग्दा एउटै कमिसन लिनु जायज नभएको बताए।  

पुँजी बजार सानो हुँदा केही वर्षअघिसम्म थोरै कारोबार हुने गथ्र्यो, अहिले दैनिक सात/आठ अर्ब रूपैयाँको कारोबार हुने गरेको छ। तर ब्रोकरले लिने कमिसन उस्तै छ, जसले गर्दा आम्दानी जति ब्रोकरले लिने गरेको लगानीकर्ताको भनाइ छ। यतिखेर पुँजी बजारमा सूचीकृत कम्पनीको संख्या पनि दुई सयभन्दा माथि पुगेको छ। सेयर कारोबार गर्ने लगानीकर्ता गर्नेको संख्या व्यापक रूपमा वृद्धि भएर डिम्याट खाता खोल्नेको संख्या २१ लाख नाघेको छ।  

यतिखेर नियमनकारी निकाय बोर्डले कमिसन घटाउन चासो नदिएको आरोप लाग्दै आएको छ। ‘पुँजी बजारमा जति सुधार गर्‍यो, त्यत्ति नै वृद्धि हुने हो,’ रौनियारले भने। हाल लगानीकर्ताले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४० देखि ०.६० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। त्यस्तै सेयर खरिद र बिक्री गर्ने दुवैले कमिसन तिर्नुपर्छ। रौनियारले पुँजी बजारको  अवस्था राम्रो भएका मुलुकमा खरिद र बिक्री गर्नेबाट कमिसन लिने चलन नभएको बताए। उनले बैंकलाई सेयर कारोबार गर्ने अधिकार दिने हो भने सबै जिल्लाका लगानीकर्ताको आकर्षण बढ्न गई पुँजी बजार वृद्धि हुने समेत बताए।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस