बासमती धानको ट्रेडमार्क विवाद इयुमा
२८ मंसिर २०७७
•
३ मिनेट पाठ
बासमती धानको ट्रेडमार्क विवाद इयुमा
नेपालीले उत्पादन र प्रयोग गर्दै आएको बासमती धान र चामलको ‘भौगोलिक ट्रेडमार्क’ विवाद युरोपियन युनियन (इयु) मा पुगेको छ। नेपालमा परापूर्वकालदेखि लगाइँदै आएको बासमती धानको ‘प्याटेन्ट राइट’ मा भारतले एकाधिकार जमाउन खोजेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो दाबी पेस गरेको छ। भारतले बासमती धान र चामलको भौगोलिक ट्रेडमार्कमा आफ्नो एकाधिकार रहेको भन्दै युरोपियन युनियन (इयु) मा आवेदन दिएको थियो। त्यसविरुद्ध नेपाल सरकारले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ। पाकिस्तानले पनि यसअघि नै दाबी गरेको थियो।




बास्ना आउने धानमा भारतले एकाधिकार गर्न खोजेकाले दाबी गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक दीपक भण्डारीले बताए। ‘नेपालमा पनि परापूर्वककालदेखि बासमती धान लगाउँदै आएका छौं,’ भण्डारीले भने, ‘यथेष्ट प्रमाणसहित इयुमा दाबी पेस गरेका छौं।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमतिमा नार्कले दाबीसहित विरोधपत्र पठाएको हो। भारतले बासमती धानको प्याटेन्ट राइट पाए नेपालमा प्रयोग गर्न अनुमति आवश्यक पर्ने भण्डारीले बताए। ‘भारतले मात्र प्याटेन्ट राइट पायो भने नेपालमा उत्पादन भए पनि प्रयोग गर्न अनुमति लिनुपर्छ,’ भण्डारीले भने।  

अहिले भारतले युरोपियन मुलुकमा बासमती चामल निर्यात गर्दै आएको छ। युरोपियन मुलुकमा भारतसहित पाकिस्तान, भियतनामलगायत देशले चामल निर्यात गर्दै आएका छन्। अन्य देशले दाबी नगरे बासमतीको उत्पादन, बिक्री र भौगोलिक ट्रेडमार्क अधिकार भारतको मात्र हुने भएपछि नेपालले पनि दाबी गरेको हो।

धान वैज्ञानिक भोलामान सिंह बस्नेतले बासमती धान नेपालमा परापूर्वककालदेखि लगाइँदै आएको बताए। ‘बासमती भारत मात्र नभएर पाकिस्तान, नेपाललगायत मुलुकमा पनि लगाइन्छ,’ बस्नेतले भने, ‘भारतले हाम्रो भौगोलिक सूचकभित्रको मात्र धान हो भनेर दाबी गर्न मिल्दैन।’

कृषि अनुसन्धान परिषद् (नार्क) का प्रवक्ता मनोज ठाकुरका अनुसार लल्का बासमती धान नार्कले रिलिज गरेको हो। ‘जेनेटिक क्यारेक्टराइजेसन गर्नुपर्ने छ,’ ठाकुरले भने, ‘नेपालको पनि यसमा प्याटेन्ट राइट छ।’ पुरानो बासमती धानलाई परिमार्जन गरेर लल्का बासमती धान बनाएको उनले बताए। यो धान तराई र भित्री मधेसमा लगाइन्छ। बासमती धान मीठोमसिनो हुन्छ। ‘भारतले मात्र अधिकार लिन मिल्दैन,’ उनले भने, ‘त्यही भएर इयुमा हामीले पनि दाबी गरेका हौं।’

अहिले नेपालमा विदेशबाट चामल आयात हुँदै आएको छ। भारतको दाबी प्रमाणित भए र नेपालले चामल निर्यात गर्ने अवस्था आए यो चामल निर्यात गर्न मिल्दैन।

नेपालले बास्ना आउने धानका २५ जात नेपालकै जिन बैंक र ४५ वटा जात अन्तर्राष्ट्रिय जिनमा बैंकमा राखेको नार्कले जनाएको छ। नार्कका अनुसार नेपालमा धानका झन्डै २३ सय स्थानीय जात छन्। नार्कअन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले स्थानीय जातका धानका बीउ संकलन गरेको थियो। उन्नत, हाइब्रिडदेखि स्थानीय रैथाने धानका जात छन्। जैविक विविधताको संरक्षणका लागि केन्द्रले बीउ संकलन र संरक्षण गर्दै आएको छ।

रैथाने जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्न सकिन्छ। नेपालमा करिब ३० किसिमका धानका उन्नत बीउ विकास गरिएको छ। कतिपय जातका बीउ भने किसानले रोप्न छाडेपछि लोप पनि भएका छन्। नेपालमा बासमतीसहित राधा–१४, राधा–१३, हर्दिनाथ, मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छ«ेलगायत धान धेरै प्रयोगमा छन्। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहीँ तयार पारिन्छ।४७ वर्ष पुराना धान पनि यहाँ रोप्दै आएका छन्। तराईमा लगाउने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि नार्कले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।
अर्को समाचार
लोपोन्मुख बासमती धानको व्यावसायिक खेती
२१ असार २०७८
•
३ मिनेट पाठ
लोपोन्मुख बासमती धानको  व्यावसायिक खेती
पकाउँदा र भोजन गर्दा समेत मगमग बास्ना चल्ने स्वादिस्ट बासमती चामललाई संरक्षण गर्ने ध्येयले  राष्ट्रिय खाद्य बैंक कम्पनीले मुलुकका विभिन्न जिल्लामा बासमती धानको व्यावसायिक खेती शुरुआत गरेको छ।




झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ। शनिवार सयभन्दा बढी रोपाहार लगाएर परम्परागत रुपमै धुमधामका साथ रोपाइ गरेको थियो। स्थानीय १३  किसानको ५बिगाहा जमिन प्रतिबिगाहा वार्षिक रु ३५ हजारका दरले भाडामा लिइएको उनले जानकारी दिए। आगामी वर्षदेखि झापामै सयौ बिगाहामा बासमाती धानको खेती विस्तार गर्ने योजना रहेको उनले बताए। कम्पनीको झापाका संयोजक धनञ्जय चुँडालका अनुसार गौरादहमा कालो नुनिया, हुलास बासमती, हाइव्रिड कालो नुनिया र रैथाने बासमतीको विऊ रोपिएको छ।

स्थानीय डिल्लीप्रसाद सेढाईंले कम्पनीलाई चार बिगाहा जग्गा भाडामा दिइको जानकारी दिएका छन्। बिगतमा आफूले उत्पादन गरेको धान समयमै बिक्री नहुने, विचौलियाका कारण सस्तो मूल्यमा बेच्नुपर्ने, खेतीमा मजदूर नपाउने आदि कारणले हैरान भइरहेको अवस्थामा कम्पनीले जग्गा लिजमा लिँदा खुशी लागेको प्रतिक्रिया दिए। यस बर्ष कम्पनीले परम्परागत रुपमै खेती गरेको कारण खेत जोत्न, बीऊ उखेल्न र रोपाई गर्न स्थानीयबासीले नै रोजगारी पाएका छन्। अर्को सालदेखि यान्त्रिकीकरण गरेर खेती गरिने कम्पनीले जनाएको छ।

कृषिको उत्पादन, भण्डारण र विक्री वितरण आफैंले गर्ने नीति अनुरुप देशैभर धान खेती गर्ने यो पहिलो कम्पनी हो। जिल्लामा कूल ८७ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती भइरहेको छ। तीमध्ये ६ देखि ७ प्रतिशत मात्र बासमती धानको खेती हुँदै आएको कृषिज्ञान केन्द्रका  विज्ञ शालिकराम भट्टराईले जानकारी दिए। अन्य धानको तुलनामा यसको उत्पादन कम हुने र पाक्ने समय पनि बढी हुने हुँदा किसानहरुको यसप्रति खासै रुची नभएको उनको भनाइ छ। “पुराना र धनाढ्य किसानले मात्र बासमति धानको खेती गरिरहेका छन्”, उनले भने, “अरु धान पाक्दा यो धान पसाउन मात्र सुरु गर्छ। मगमग बासना धेरै आउने हुँदा किराहरु बढी लाग्ने र उत्पादकत्व घट्ने हुँदा व्यावसायिक किसानले यसको खेती गर्दैनन्।” रोपेको १२० दिनमा मन्सुलीलगायतका धान पाक्ने भए पनि बासमती धान १५० दिनमा मात्र पाक्ने उनको भनाइ छ।

थोरै भए पनि झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगी र दक्षिण क्षेत्रमा बासमति धानको खेती हुने गरेको छ। तर, राष्ट्रिय खाद्य बैंकले जिल्लामा गरिरहेको बासमति धानको खेती बारे कृषिज्ञान केन्द्रमा कुनै पनि जानकारी नआएको बताए। दुई अर्बको पूँँजी रहेको खाद्यान्न बैंकका ७७ वटै जिल्लामा कार्यालय रहेको र मुलुकका ७५३ वटै स्थानीय तहमा कार्यक्षेत्र रहेको अध्यक्ष उप्रेती बताउँछन्।  कृषि, माटो, बनस्पति, वातावरण, पर्यटन तथा जलस्रोत विज्ञहरु, कृषि प्राविधिक र कोरिया, जापान, चीनबाट कृषि तालिम लिएका अनुभव प्राप्त व्यक्तिहरुको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको उनको दाबी छ। बैंकमा हालसम्म ५८७ जना प्रमोटर शेयर सदस्य रहेको र निकट भविष्यमै यसले एक हजार शेयर सदस्य पुर्‍याउने लक्ष्य लिएको छ ।  

झापा, मोरङ र सुनसरीका लागि नमूना परियोजनाका रुपमा गौरादहमा यसले धान खेती गरेको जनाएको छ। अन्य प्रजातिको धानको तुलनामा बासमती धानमा पोषक तत्वको मात्रा बढी हुने हुँदा यसको खेती गरिएको उनले बताए। उनकाअनुसार फुड एण्ड न्यूट्रिसनको बारेमा जानकारी दिलाउने, पोषणयुक्त खानेकुरा उत्पादन गर्ने र  अग्र्यानिक कृषि उपजहरु उत्पादनमा लगाउने बैंकको मुख्य लक्ष्य रहेको छ। लाखौंलाई रोजगार दिने र परनिर्भरतालाई घटाएर मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने उनले बताए।

रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस