११ महिनामा दुई लाख २० हजार पर्यटक
२४ मंसिर २०७७
•
२ मिनेट पाठ
११ महिनामा दुई लाख २० हजार पर्यटक
सन् २०२० को ११ महिनामा दुई लाख २० हजार एक सय १७ जना पर्यटक नेपाल आएका छन्। तीमध्ये धेरैजसो जनवरीदेखि मार्चसम्मका छन्। यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सरकारले तामझामसहित नेपाल भ्रमण वर्ष उद्घाटन गरे पनि चैतको पहिलो सातादेखि सुरु भएको लकडाउनसँगै नेपालमा पर्यटक आगमन बन्द छ।




अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गएको ११ महिनामा हवाई तथा स्थलमार्ग भएर नेपाल आउने पर्यटक लकडाउनकै कारण आउन पाएनन्। सरकारी तथ्यांकअनुसार एसियाली देशबाट यो वर्ष ७५ हजार नौ सय २५ जना हवाई तथा स्थलमार्गबाट नेपाल भित्रिएका छन्। यो वर्ष नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतका ४० हजार ६ सय ५९ जना छन् भने सबैभन्दा कम युरोपको चेक रिपब्लिकबाट तीन सय २० जना आएका छन्।

बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार यो वर्ष बंगलादेशबाट चार हजार नौ सय ७३, एक हजार ५५, भुटानबाट २१ सय ३२, श्रीलंकाबाट १० हजार चार सय ७२ जनाले नेपाल भ्रमण गरेका छन्।  

त्यस्तै, चीनबाट १८ हजार आठ सय ३०, जापानबाट पाँच हजार ६ सय १४, मेलेसियाबाट तीन हजार पाँच सय ८५, सिंगापुरबाट १५ सय ६८, दक्षिण कोरियाबाट ६ हजार नौ सय ५३, ताइपेईबाट दुई हजार २४ जना, म्यानमारबाट १८ हजार ६ सय ६४ र थाइल्यान्डबाट १८ हजार आठ सय ४१ जनाले नेपाल आएका छन्।  

युरोपेली मुलुकमध्ये अस्ट्रियाबाट सात सय १२, बेल्जियमबाट ११ सय ८०, डेनमार्कबाट नौ सय ५५, फ्रान्सबाट ४४ सय १७, जर्मनीबाट ४४ सय ३३, इजरायलबाट ६ सय ८०, इटालीबाट १६ सय १०, नेदरल्यान्डबाट २४ सय ९१, नर्वेबाट पाँच सय नौ, पोल्यान्डबाट ११ सय ९०, रसियाबाट १६ सय ८०, स्विजरल्यान्डबाट ११ सय ४६, स्पेनबाट १६ सय १७, स्विडेनबाट पाँच सय ८५ र युकेबाट ११ हजार तीन सय ९७ जना नेपाल आएको तथ्यांक छ। त्यस्तै, अस्ट्रेलियाबाट यो वर्ष ६ हजार आठ सय आठ, न्युजिल्यान्डबाट सात सय चारजना नेपाल आएका छन्। यो वर्ष क्यानडाबाट तीन हजार ५६ र अमेरिकाबाट १७ हजार एक सय ८७ जना आएका छन्।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सन् २०१८ मा पनि घटेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०१९ को ११ महिनासम्मको तथ्यांक हेर्दा दैनिक साढे ६ सय हवाई यात्रु घटेका थिए।

सन् २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार नौ सय १३ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए। सन् २०१८ को सोही अवधिमा ४३ लाख ४२ हजार चार सय ८६ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेको पाइन्छ।

यो वर्ष विदेशी पर्यटक संख्या घट्नुको प्रमुख कारण कोरोनालाई मानिएको छ। नेपालमा पर्यटक भित्रिने प्रमुख मुलुकमध्येको चीनले गत वर्षको पहिलो महिनामै कोरोना संक्रमण देखिएपछि आफ्ना नागरिकलाई देश छोड्न रोक लगाएको थियो। त्यस्तै, युरोप लगायत अन्य मुलुकसँगको हवाई सेवा बन्द भएपछि नेपाल आउन भिसाको प्रक्रियामा रहेका पर्यटकसमेत नेपाल आउन पाएनन्।
अर्को समाचार
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
१९ जेष्ठ २०७९
•
१ मिनेट पाठ
पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए
सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन्।




पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकोभर’ भएको बताए। उनले पर्यटक बढोत्तरीमा बङ्गलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस