सरकारसँग स्रोत अभाव भएपछि एक वर्षभित्रै करिब साढे चार खर्ब रुपैयाँ आन्तरिक र बाह्य ऋण परिचालन गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण र एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
विकास निर्माणका लागि राजस्व नभएपछि सरकारले ऋण लिएर प्रयोग गर्दै आएको छ। २०८२ असार मसान्तमा सरकारको कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
जसमध्ये बाह्य ऋण १४ खर्ब एक अर्ब ४२ करोड र आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो ऋण कुल गार्हस्थ्य उत्पादनको ४२.७१ प्रतिशत रहेको थियो।
बजेटको आकार वृद्धि हुँदै गए पनि अपेक्षित रूपमा राजस्व वृद्धि नहुँदा सरकारलाई सार्वजनिक ऋणको बोझ बर्सेनि थपिँदै गएको छ। आर्थिक वर्ष २०८१/८२ मा सरकारको सार्वजनिक ऋण दायित्व दुई खर्ब ३१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ। विकास निर्माणका लागि ऋण लिनुपर्ने बाध्यता भएपछि त्यस्तो अवस्था आएको हो।
आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तमा आइपुग्दा २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको हो। चालु खर्च धान्न कठिन हुँदा सरकारले विकास खर्चका लागि आन्तरिक र बाह्य ऋण लिने गरेको छ। सरकारले राजस्व संकलन वृद्धि गर्न नसक्दा वैदेशिक र आन्तरिक ऋण लिने गरी बजेट बनाउँदै आएको छ।
सरकारले एक वर्षको अवधिमा दुई खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ सावाँ र ७० अर्ब ११ करोड रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। त्यसमा १३ खर्ब १५ अर्ब राजस्वबाट उठाउने योजना बनाएको छ। बाँकी रकम वैदेशिक अनुदान, विदेशी ऋण र आन्तरिक ऋणबाट जुटाउने लक्ष्य राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ मा करिब ६ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिने गरी बजेट बनाएका छन्।
पछिल्ला वर्षमा सार्वजनिक ऋणको भार निकै बढेको छ। आर्थिक वर्ष २०७५/७६ सम्म आन्तरिक तथा बाह्य ऋण १० खर्ब ४८ अर्ब रुपैयाँ मात्रै रहेकोमा आव २०८१/८२ को अन्त्यसम्म आइपुग्दा कुल ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यसले पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य ऋण लिने प्रवृत्ति ह्वात्तै बढेको देखिन्छ।
राजस्व कम उठेपछि सरकारले आन्तरिक तथा बाह्य ऋण लिएर विकास निर्माणसहित अन्य खर्च गर्दै आएको छ। राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि ऋणको भार बढ्दै गएको हो। आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ सार्वजनिक ऋण थियो। त्यो बेला एकै वर्षमा तीन खर्बभन्दा धेरै सार्वजनिक ऋण बढेको थियो।
सार्वजनिक ऋण आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब आठ करोड रुपैयाँ पुगेको थियो। आव २०७८/७९ मा झन्डै साढे दुई खर्ब रुपैयाँ बढी सार्वजनिक ऋण बढ्यो। आव २०७९/८० मा आइपुग्दा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ पुग्यो। सार्वजनिक खर्चको तुलनामा राजस्व परिचालन पर्याप्त नभएकाले स्रोत परिचालनमा दबाब पर्न गई सार्वजनिक ऋणको आकार बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ। बाह्य स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाइ ऋणमाथिको निर्भरता कम गर्दै जानुपर्ने चुनौती छ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन वृद्धि गरे पनि लक्ष्यअनुसार भने राजस्व संकलन गर्न सकेको छैन। एक वर्षमा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँबराबर राजस्व संकलन भएको छ। आव २०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यभन्दा दुई खर्ब ४१ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ।