दाङका १० क्रसर बन्द गर्न निर्देशन
०७ मंसिर २०७७
•
३ मिनेट पाठ
दाङका १० क्रसर बन्द गर्न निर्देशन
जिल्ला प्रशासन कार्यालयले गरेको पत्रकार सम्मेलनमा जिल्लाका क्रसर उद्योगहरुको अवस्थाका बारेमा जानकारी गराईँदै । तस्बिर : देवेन्द्र/नागरिक
मापदण्ड विपरित सञ्चालन भएका दाङका १० वटा बालुवा प्रशोधन केन्द्रलाई बन्द गर्न निर्देशन दिईएको छ। गृहमन्त्रालयको निर्देशन अनुरुप जिल्लाका क्रसर उद्योगको बैधता बारे गरिएको अनुगमनका क्रममा १० वटा बालुवा प्रशोधन उद्योगले मापदण्ड तोडेर क्रसर उद्योग सञ्चालन गरेको भेटिएको हो। सरकारी मापदण्ड अनुसार बालुवा प्रशोधनले क्रसर उद्योग सञ्चालन गर्न पाउँदैनन्।  




जिल्ला प्रशासन कार्यालय लगाएत सरोकारवाला अन्य निकायहरुले गरेको अनुगमनका क्रममा भेटिएका मापदण्ड विपरितका ९ वटा बालुवा प्रशोधन केन्द्रहरुलाई १५ दिनसम्म बन्द गरिसक्न निर्देशन दिईएको छ। अर्को एउटालाई भने असारसम्म बन्द गरिसक्न समय दिईएको छ। एउटा बालुवा प्रशोधन केन्द्र भने राष्ट्रिय गौरबको आयोजनाका लागि क्रसरको काम गरिरहेकाले उसलाई भने असारसम्मको समय दिईएको हो। ‘जिल्लामा रहेका क्रसर उद्योगको अनुगमन गर्ने क्रममा १० वटा बालुवा प्रशोधनहरु सरकारी मापदण्ड भन्दा निकै बाहिर रहि क्रसर उद्योग सञ्चालन गरेको भेटिए,’ प्रतिवेदन बारे जानकारी दिन आईतवार गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने ‘यस्ता बालुवा प्रशोधन केन्द्रहरु मध्य ९ वटालाई १५ दिनसम्म र अर्को एउटालाई भने असारसम्म बन्द गर्न निर्देशन दिएका छौँ।’  

बन्द गर्न दिईएको अवधिमा पनि मापदण्ड विपरितका बालुवा प्रशोधन केन्द्रहरु बन्द नभए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। ‘१५ दिनभित्र यि बालुवा प्रशोधनहरु बन्द भैसक्नु पर्छ, बन्द भैसकेपछि आवश्यक मापदण्ड पुरा गरेर उनिहरु फेरी सञ्चालनमा आउन सक्छन्,’ उनले भने ‘तर १५ दिनभित्र बन्द भएनन् भने बालुवा प्रशोधनको अनुमती पनि खारेज गर्ने गरि कारवाहीको प्रकृया अगाडी बढाउँछौँ।’ जिल्लाभर कुल ३२ वटा बालुवा प्रशोधन केन्द्रहरु छन्। १० बाहेक अन्य सबै प्रशोधन केन्द्रहरुले भने बालुवा प्रशोधनको काम मात्रै गरेको पाईएको छ। यसैगरि जिल्लामा सञ्चालित १० वटै क्रसर उद्योगहरु बैध मानिएका छन्। 

जिल्लामा कुल १२ क्रसर उद्योग मध्य २ वटा हाल बन्द अवस्थामा रहेको र १० वटा सञ्चालनमा छन्। ‘क्रसर उद्योगहरु सबै दर्ता प्रकृया पुरा गरेर सञ्चालनमा छन्,’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने ‘यसगै क्रसर उद्योगहरु सबै बैध छन्।’ तर उनिहरुले गरेको काम र सरकारी मापदण्डमा भने भिन्नता देखिएका छन्। बस्ती, खोला, विद्यालय लगाएतका क्षेत्र देखि टाढा रहेर सञ्चालन गरिनु पर्ने क्रसर उद्योगहरुले यो मापदण्ड भने पालना गरेको नपाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। तर विगतको सरकारको मापदण्ड अनुसारनै क्रसर उद्योगहरु सञ्चालन भएको र फेरिँदै गएका मापदण्डले भने उनिहरुलाई मापदण्ड भन्दा बाहिर रहेको देखाईदिएको उनले बताए।  

‘क्रसर उद्योगहरु दर्ता हुने क्रममा रहेको सरकारी मापदण्ड क्रसर उद्योगहरुले पालना गरेको देखिन्छ,’प्रजिअ आचार्यले भने ‘तर पछिल्लो पटक परिवर्तन हुँदै आएका सरकारी मापदण्डले निर्दिष्ट गरेका विषयभन्दा क्रसर उद्योगहरु बाहिर देखिएका छन्।’ यसैगरि जिल्लाका क्रसर उद्योगहरुले सरकारलाई नियमीत राजश्व बुझाउँदै आएको पनि भेटिएको उनले बताए।  

गृहमन्त्रालयले सात दिनभित्र क्रसर उद्योगको बैधता अनुगमन गरि प्रतिवेदन बुझाउन देशभकार स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको थियो। गत कात्तिक २५ गतेको गृहको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले यहाँका क्रसर उद्योगहरुको अनुगमन गरेको हो। आफ्नो अनुगमनका क्रममा भेटिएका तथ्यसहितको प्रतिवेदन प्रशासनले गृहलाई पठाईसकेको छ।
अर्को समाचार
दाङका सबै क्रसर उद्योग बन्द
०१ माघ २०७९
•
१ मिनेट पाठ
दाङका सबै क्रसर उद्योग बन्द
गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन्। गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले  सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो।




सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन्। अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ। उद्योगहरूको अनुगमनका लागि समिति पनि गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको संयोजकत्वमा छानविन तथा अनुगमन समितिसमेत गठन गरिएको हो।

यसको सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी सङ्घका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन्। सोही समितिले कागजातका आधारमा छानविन अगाडि बढाउनेछ।  दाङमा १२ क्रसर उद्योग र  ३२  बालुवा प्रशोधन केन्द्र रहेका छन्। तर प्रशोधनको अनुमति पाएका आठ उद्योगले क्रसरको काम गरिरहेका छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस