कोरोना त्रासबीचको तिहारलाई सयपत्रीको स्वागत
२८ कार्तिक २०७७
•
४ मिनेट पाठ
कोरोना त्रासबीचको तिहारलाई सयपत्रीको स्वागत
पोखरामा तिहारका लागि सयपत्री फूलको थुंगा टिप्दै पुष्प व्यवसायी । तस्बिरः उमेश पुन/नागरिक
कोरोना भाइरस संक्रमणले उच्च गति लिइरहेको छ। यहीबेला तिहारले छपक्कै छोपिसकेको छ। तिहारले छपक्क छोपेको यो बेला मखमली र सयपत्री फूलले बगैंचा ढकमक्क भइसकेका छन्। मखमली र सयपत्री फुलेर ढकमक्क हुँदा तिहारको छनक देखिएको छ। तर, ढकमक्क फुलेको त्यही सयपत्री फूलले बजारमा उत्तिसारो गति लिन भने सकेको छैन।




किनकी कोरोना भाइरस संक्रमणको त्रासले त्यही फूल किन्न जानका लागि पनि सर्वसाधारण डराएका छन्। कोरोना मारमा परेको तिहारमा फूलले पनि उत्तिसारो बजार पाउन नसकेको पुष्प व्यवसायीको भनाई छ। ड्यामसाइडस्थित मनकामना सिजनल नर्सरीका संचालक दीलबहादुर गुरुङका अनुसार यो पटक तिहारका लागि सयपत्री र मखमलीको थुंगा किन्न आउने ग्राहक पोहोरजति छैनन्। अघिल्ला वर्ष तिहारका लागि फूलको माग धान्न हम्मेहम्मे हुने गरेपनि अहिले उत्तिसारो माग नभएको उनले बताए।

‘यो पटक कोरोनाले सबैलाई तर्सायो, चाँडबाँड पनि यही कोरोना महामारीबीच परेको छ,’ उनले भने,‘त्यही भएर फूलको ब्यापारमा पनि प्रभाव परेको छ। पोहोर मलाई थुंगा बेच्न भ्याइ न भ्याई हुन्थ्यो, तर, अहिले त्यो अवस्था आइपरेको छैन।’ उनले एकरोपनी जग्गामा झन्डै २२ सयवटा सयपत्री फूलका विरुवा रोपेका छन्। पोहोर त्यत्तिकै विरुवा रोप्दा फुलेको फूल बेचेर उनले झन्डै दुई लाख रुपैयाँ कमाएका थिए। यो पटक पोहोरजस्तो माग नहुँदा आम्दानीको आँकलन पनि गर्न नसकिएको उनले बताए।  

‘पोहोर होटल क्षेत्रमा फूलको ब्यापक माग हुँदा हामीलाई पुर्‍याई नसक्नु हुन्थ्यो। यो पटक भने फूलको माग उत्तिसारो भएन,’ उनले भने, ‘होटल सजाउन र पाहुनालाई स्वागत गर्दा फूलको माला पहिर्‍याइदिने चलन हो। यो पटक पाहुना नहुँदा होटलमा फूूलको माग छैन। अब तिहारको माला बनाउनका लागि मात्र फूल खोज्ने ग्राहक छन्। त्यही पनि पहिले जस्तो भीड छैन।’

उनका अनुसार यो पटक माला बनाउने फूलको थुंगाको प्रतिगोटा मूल्य ५ रुपैयाँ पर्छ। ‘बजारमा पनि उत्तिसारो मान्छे छैनन्। लकडाउनको छेको पारेर चैतमा गाउँ फर्केका कतिपय बासिन्दा अझै बजार झरेका छैनन्। ‘बजारमा मान्छे कम हुँदा त्यसको प्रभाव पनि तिहारमा पर्दछ,’ उनले भने,‘तर, अहिले तिहारको भाइटीका लगाउन पनि हिँड्डुल सहज छैन। त्यसैले गर्दा फूलको माग पनि कम भएको हो। टीका थाप्न दिदीबहिनीकहाँ जाने अवस्था नहुँदा फूलको मागमा पनि असर परेको छ।’ ढकमक्क फुलेको सयपत्रीले तिहारको छनक दिएपनि कोरोनाले भने मान्छेलाई त्रासमै राख्दा चाँडबाँडको पनि मज्जा नआएको उनले बताए। ‘कोरोना त्रासबीच ढकमक्क सयत्रपीले स्वागत त गरेको छ, तर, नागरिक त्रसित छन्,’ उनले भने।  

पोखरा महानगरपालिका–१३ को दुईकुलाको मुहानमा शंकर गुरुङले सयपत्री फूलखेती गरेका छन्। उनले झन्डै दुईरोपनी क्षेत्रफलमा सयपत्रीका ५ हजार विरुवा लगाएका छन्। बगैंचामा सयपत्री फूल फुलेर ढकमक्क भएको छ। ‘कोरोनाले गर्दा यो पटक फूलको विरुवा बिक्री गर्न पाइएन,’ उनले भने,‘विरुवा रोप्ने बेलामा लकडाउन पर्‍यो। त्यसले गर्दा विरुवाको बिक्रीमा असर परेको हो।’ यो बेला फूल फुलिसकेकोले थुंगा किन्न आउने ग्राहक भएपनि पोहोर–परार जस्तो भीडभाड भने नभएको उनले बताए। ‘फूलको थुंगा किन्न पनि पहिलेजस्तो मान्छे आएका छैनन्। किनकी बजारमा बस्ने एक समूह गाउँमा रोकिएको छ। कोरोनाले मान्छेलाई गाउँमै रोक्यो। त्यसको मार अहिले फूल ब्यापारमा पनि परेको छ।’  

उनले सयपत्री फूलको एउटा थुंगालाई ५ देखि ७ रुपैयाँमा बेच्छन्। एउटा माला बनाउन २० देखि ३० वटासम्म थुंगा आवश्यक पर्छ। ‘अहिले त बोटबाटै थुंगा टिपेर लैजाने ग्राहक छन्। आइतबारसम्म सबै फूल बेचिसक्ने योजना छ। शनिबार फूलका सबै थुंगा टिप्ने हो।’  

पुष्प व्यसायीको संस्था फ्लोरिकल्चर एशोसिएसन अफ कास्की (फ्यान) की अध्यक्ष सिता रानाका अनुसार यो वर्ष व्यवसायिक रुपमा फूलखेती गरिरहेका व्यवसायीले मात्र सयपत्री र मखमली फूल रोपेका छन्। अघिल्ला वर्षजस्तो तिहारलाई मात्र लक्षित गरेर गरिने फूलखेती यो पटक गरिएको छैन। त्यसले गर्दा पनि बजारमा पोहोरजस्तो बढी उत्पादन नभएको उनले बताईन्। ‘तिहार लक्षित मात्र गरिएको खेती यो पटक छैन। पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले मात्र गरेका छन्,’ उनले भनिन्, ‘पुष्प व्यवसायीले गरेको खेतीमा पनि उत्तिसारो माग बढ्ने अवस्था रहेन।’ रानाका अनुसार तिहारका लागि लक्षित गरि ९० दिन अघि नै सयपत्री र मखमली फूलका विरुवा रोपिन्छ।  

पोखरामा मात्र तिहारमा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने गरेको छ। तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको बढी प्रयोग हुन्छ। अघिल्ला तिहारमा पुष्प व्यवसायीसँगै किसानले पनि फूलखेती गर्दथे। तर, यो पटक किसानको खेती छैन। पोखरामा मागको ८० प्रतिशत स्थानीय उत्पादन हुने गरेको छ। करिब २० प्रतिशत भने भारतबाट आयात हुने गरेकोमा यो पटक कोरोनाका कारण भारतबाट आयात नहुने उनले बताईन्। पोखरामा स्याङ्जा, तनहुँ, वागलुङ, गोरखा, धादिङ, मकवानपुर लगायतका जिल्लाबाट फूल आउने गर्छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस