केहि वर्षअघिसम्म पूर्ण रुपमा फूल व्यावसायमा परनिर्भर रहेको लुम्बिनी प्रदेश अहिले आत्मनिर्भर बन्ने बाटोमा अगाडी बढेको छ।
लुम्बिनी प्रदेशमा पछिल्लो समय फूल उत्पादन सन्तोषजनक रुपमा देखिएको छ। विगतमा वर्षमा लुम्बिनी प्रदेश पूर्ण रुपमा आयातित फूलमा निर्भर थियो। भारतबाट आउने फूलले नेपाली बजारलाई ओगटेको थियो। तर पछिल्लो समय लुम्बिनी प्रदेशमा माग भए अनुसार ५० प्रतिशत फूल उत्पादन हुने गरेको बताउँछन् फूल व्यावसायी।
फूल खेतीबाट आत्मनिर्भर बन्ने सम्भावना रहेकाले नेपालमा फूल खेतीमा आकर्षण बढ्दै गएको छ। तर फूलमा बाँकेलाई आत्मनिर्भर बन्न केहि वर्ष अझै लाग्ने देखिएको छ।
लुम्बिनी प्रदेशको प्रमुख जिल्ला बाँकेमा पनि पछिल्लो समय फूल उत्पादन क्रमश बढ्दै गएको छ। तर बाँकेमा करिब ८० प्रतिशत फूल अझै पनि बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको फूल व्यावसायीहरु बताउँछन्।
बाँकेमा मात्रै होइन लुम्बिनी प्रदेशमा फूल खेतीतर्फ आकर्षण बढ्दै गइरहेको छ। अहिलो प्रदेशमा उत्पादन भएको फूलले यहाँको ५० प्रतिशत बजारको मागलाई पूर्ति गरेको बताउँछन् लुम्बिनी फ्लोरिकल्चर एसोसियसन अफ नेपाल (लुफान) का अध्यक्ष एवम् फूल व्यवसायी रमेश पाण्डेय। उनले भने, ‘अहिले लुम्बिनी प्रदेशभित्र उत्पादन भएको फूलले यहाँको ५० प्रतिशत मागलाई पूरा गरेको छ। बाँकी ५० प्रतिशत भने भारत तथा बाहिरी जिल्लाबाट आउछ।’
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सयपत्री फूलको उत्पादन हुने गरेको छ। विशेषगरी तिहारका बेला बढी खपत हुने सयपत्री र मखमली फूलको उत्पादनले भने यहाँको ८० प्रतिशत मागलाई पुरा गरेको छ। तर फूलहरु मौसम, ठाउँ र समयअनुसार फुल्ने भएकाले कतिपय फूलहरु माग भएपनि प्रदेशमा उत्पादन नभएको पाण्डेयले बताए।
उनले भने,‘कुनै फूल पहाडमा उत्पादन हुन्छ। कुनै तराईमा हुन्छ त कुनै चिसोमा र कुनै गर्मी स्थानमा। त्यसैले यहाँ माग हुने सबै प्रकारका फूलहरु हामीले उत्पादन गर्न सकिहेका छैनौं।’
तिहारमा मात्रै यो वर्ष लुम्बिनी प्रदेशमा दुई लाख माला आवश्यक पर्छ। जसमा एक लाख बढी माला प्रदेश मै उत्पादन हुने र बाँकी बाहिरबाट आयात हुने अध्यक्ष पाण्डेयले जानकारी दिए।
अहिलो प्रदेशमा सयपत्री फूल प्रतिकेजी चार सय रुपैयाँमा बिक्री भइरहेको छ भने मखमली फूल प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ।
यसका साथै प्रदेशमा गुलाबको फूलको माग पनि अत्याधिक रहेको पाण्डेय बताए। तर लुम्बिनीमा प्रदेशमा गुलाबको खेती एक दमै न्युन मात्रामा हुने गरेको छ।
पाण्डेय भन्छन्,‘अहिले लुम्बिनी प्रदेशसहित नेपालमा १६ करोड रुपैयाँभन्दा बढीको गुलाबको फूलमात्रा आयात हुन्छ। साथै गुलाबको फूलको बिरुवा पनि करोडौ करोडको निर्यात हुन्छ।’ पाण्डेयका अनुसार लुम्बिनी प्रदेशमा पनि करोड बढीको गुलाबको फूल बाहिरबाट आउने गर्दछ।
लुम्बिनी प्रदेशमा फूलको माग धेरै भएता पनि फूल उत्पादकको संख्या भने न्युन रहेको छ। पाण्डेय प्रदेशमा एक सयको हाराहारीमा फूल उत्पादक रहेको बताउँछन्।
लुम्बिनी प्रदेशलाई फूलमा पूर्ण आत्मनिर्भर बनाउन सरकारले साना कृषकलाई मध्यनजर गरेर बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने लुफानकी उपाध्यक्ष विन्दु घर्तीमगर बताउँछिन्। उनले भनिन्,‘फूल खेती गर्ने भनेको साना किसान, गाउँघरका मानिसहरुले हो। उनीहरुसँग धितो राख्न सम्पत्ती हुँदैन। त्यसका लागि बिना धितो सरकारले ऋण दिने व्यवस्था मिलाउनु पर्छ।’