तातोपानीबाट पर्याप्त सामाग्री भित्रिन सकेनन्
२७ कार्तिक २०७७
•
४ मिनेट पाठ
तातोपानीबाट पर्याप्त सामाग्री भित्रिन सकेनन्
दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्। बर्खाको बाढीपहिरो र कोरोना संक्रमणको कहरका कारण साढे तीन महिनाभन्दा बढी समय बन्द भएको नाका कात्तिक १४ बाट सञ्चालनमा आएको थियो।  




तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले नाका सञ्चालनमा आएको १२ दिनमा २३ चिनियाँ कन्टेनर सामाग्री आयात भएको बताए। ‘यो भनेको ४६ नेपाली कन्टेनर बराबर सामाग्री हो,’ उनले नागरिकसँग भने। कोरोना भाइसको संक्रमण फैलने डरले चीनले पर्याप्त सामाग्री नपठाएको भन्सार अधिकारी बताउँछन्।  

चिनियाँ पक्षले दैनिक दुई कन्टेनर (नेपाली चार कन्टेनर) सामाग्री मात्र नाका पठाइ रहेको प्रमुख खत्रीले जानकारी दिए। ‘चिनियाँ पक्षले पर्याप्त सामाग्री पठाउन मानिरहेको छैन,’ उनी भन्छन्, ‘दैनिक धेरैभन्दा धेरै सामाग्री पठाउन निरन्तर दबाब बढाइ रहेका छौँ।’ नाकामा कोरोना संक्रमण रोक्ने कडा शर्तमा चीनले नाका खुलाएको थियो।  

भन्सार अधिकारीहरुका अनुसार धेरै सामाग्री पठाउँदा नाकामा मजदुर र व्यवसायीको भिड तथा गतिबिधि बढ्न गइ संक्रमण फैलने डर चिनियाँ पक्षलाई छ। चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण त्यहाँ भने नियन्त्रणमा आइसकेको छ। छिमेकी नेपालमा कोरोनाले माहामारीको रुप लिइ रहेका बेला नाकामा गतिबिधि बढ्न नदिन चीन सचेत छ। कोरोना संक्रमण रोक्ने शर्तमा गत असोज १९ गते सञ्चालनमा आएकै दिन नाका बन्द गरिएको थियो। सात नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सञ्चालनको २४ घण्टा नबित्दै एक पक्षीय रुपमा नाका बन्द गरेको थियो।  

नाका पुनः सञ्चालनमा आएयता चीनले कोरोनाका कारण नौ महिनादेखि तिब्बती भूमिमा रोकिएका सामाग्री मात्र पठाइ रहेको छ। तातोपानी–खासा नाका तर्फको तिब्बती भूमिमा मात्र नेपाली व्यवसायीका सात–आठ सय कन्टेनर सामाग्री रोकिएको अनुमान गरिँदै आएको छ। रोकिएका कन्टेनरमा गर्मी मौसमका सामाग्री छन्। आगामी डिसेम्बर अन्तिमसम्म रोकिएका सबै सामाग्री नेपाल पठाउने वातावरण बनाइरहेको जानकारी चिनियाँ अधिकारीले दिएको भन्सार प्रमुख खत्रीले बताए।  

रोकिएका सामाग्री नै आउन समय लाग्ने भएपछि व्यवसायीले चाडबाड र जाडो लक्षित सामान अर्डर गर्न सकेका छैनन्। ‘रोकिएका समाग्री लामो समयदेखि ल्याउन नसक्दा हामी ठूलो मारमा परिसकेका छौँ,’ आयातकर्ता रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ भन्छन्, ‘त्यहीँमाथि नयाँ सामाग्री अर्डर गरेर थप जोखिम उठाउन चाहँदैनौँ।’  

छिटोभन्दा छिटो रोकिएका सामाग्री नेपाल भित्र्याउनु पर्नेमा उनले जोड दिए। सुख्खा बन्दरगाह भन्सारले पनि अहिल्यै तातोपानी नाकाबाट आयात गर्ने गरी नयाँ सामाग्री अर्डर नगर्न र सामान ल्याउनै पर्ने भएमा अन्य नाका प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेको छ। भन्सार प्रमुख खत्रीसमेत यो नाकाबाट तत्काल नयाँ सामाग्री ल्याउने अवस्था नरहेको बताउँछन्।  

प्राकृतिक बिपत्ति, बाढीपहिरो र कोरोना महामारीका कारण उत्तरतर्फको सबैभन्दा ठूलो तातोपानी नाकाको पहिचान र अस्तित्व संकटमा परेको छ। लगातारको बन्दका कारण तातोपानी छोटीभन्सार नाका जस्तै भएर खुम्चिएको छ। २०७२ वैशाख १२ गतेको बिनासकारी भूकम्पपछि यो नाका साढे चार वर्ष ठप्प भयो। गत वर्षको जेठबाट नाका सञ्चालनमा आए पनि १० महिना नचल्दै कोरोनाका कारण बन्द हुन पुग्यो। स्वास्थ्य सामाग्री आयात गर्न गत बैशाखमा नाका सञ्चालनमा ल्याइयो। बन्द भएको तीन महिनापछि खुलेको नाका नेपालतर्फको बाढी पहिरोले पुनः असार २५ गतेदेखि ठप्प भयो। त्यसको साढे तीन महिनासम्म कोरोनालाई कारण देखाउँदै चीनले नाका खुलाउन आलटाल गर्दै आयो।  

दैनिक सय कन्टेरसम्म सामाग्री आयात हुने यो नाका पाँच वर्षको अन्तरालमा दुई कन्टेनरमा झरेको छ। भन्सार तथ्यांकअनुसार भूकम्पअघि यो नाकाबाट दैनिक ६० देखि एक सय कन्टेर सामाग्री आयात हुन्थे। बार्षिक २० अर्वको कारोबार (आयात÷निर्यात) हुँदा राज्यले पाँच अर्व रुपैयाँ राजस्व संकलन गथ्र्यो। कोरोनाका कारण नाका बन्द हुनुअघिसम्म पनि दैनिक १५–२० कन्टेनर सामाग्री भित्रिन्थे।  

कोरोनालाई कारण देखाउँदै चीनले फेरि जतिबेला पनि नाका बन्द गर्न सक्नेमा भन्सार अधिकारी संबेदनशील छन्। भन्सार प्रमुख खत्री कडाई साथ स्वास्थ्य मापदण्ड पालनामा प्रतिबद्ध रहेको बताउँछन्। उनका अनुसार चीनबाट आउने सामान पूरानो भन्सार कार्यालयमा बनाइएको आइसोलेसन स्पेसमा राखेपछि मात्र नेपालतर्फको प्रशासनिक प्रक्रिया सुरु हुन्छ। चिनियाँ कन्टेनर सिधै सामाग्री लिएर आइसोलेसन स्पेससम्म पुग्छन्। 

कोरोना संक्रमण नभएको रिपोर्टकार्ड भएका नेपाल मजदुरले मात्र ती सामाग्री नेपाली कन्टेनरमा लोड गरेर सुख्खा बन्दरगाह ल्याइ पुर्‍याउँछन्। ‘सामाग्री लोड/अनलोड गर्ने त्यस्ता २३ मजदुर समूहको हरेक पाँच दिनमा पिसिआर परीक्षण गरिरहेका छौँ,’ संक्रमणकै कारण पुनः नाका बन्द नहोस् भन्नेमा आफूहरु सचेत रहेको बताउँदै प्रमुख खत्रीले भने।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३५ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस