ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणको माग
२३ कार्तिक २०७७
•
२ मिनेट पाठ
ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणको माग
भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्न माग गरिएको छ। संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाकोमा पुगी यो माग गरेका हुन्।\




टोलीले औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका निर्देशक तथा अधिकारीहरूसँग भएको छलफलमा भक्तपुर औद्योगिक क्षेत्रलाई नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार काठमाडौं उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन माग गरियो। औद्योगिक क्षेत्रको स्थापनाको उद्देश्यअनुसार भक्तपुर साना औद्योगिक क्षेत्र कायम गरी टेक्सटाइल, डाइङ र अन्य रसायन प्रदूषण फाल्ने नेपो इण्डष्ट्रिजलगायत उद्योगहरू स्थानीय पीडित जनताको निवेदन र भक्तपुर नगरपालिकाको पत्रअनुसार अविलम्ब हटाउन आग्रह गरियो।

छलफलमा संघीय सांसद सुवालले मानव बस्तीभित्र अवस्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण फाल्ने उद्योगहरू जनताको चाहनाबमोजिम स्थानान्तरण हुनुपर्ने माग राखे। उनले त्यहाभित्रको नेपो इण्डष्ट्रिजलगायतबाट स्थानीय जनता पीडित भएको हुँदा त्यस्ता टेक्सटाइल र डाइङलगायत ध्वनी धुलो फाल्ने उद्योग सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिए। साना औद्योगिक क्षेत्रको रुपमा स्थापित उद्योग क्षेत्रमा अपारदर्शी ढंगले काम भइरहेकोमा आपत्ति जनाउँदै सांसद सुवालले मानव बस्तीभित्र सञ्चालित उद्योगहरूले जनताको चाहनाबमोजिम सञ्चालन हुनुपर्नेमा औद्योगिक क्षेत्र व्यवस्थापन लि. को ध्यानाकर्षण गराए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ढिलो न्याय दिनु अन्याय भएको बताउँदै जनताको गुनासो सम्बन्धित निकायबाट समयमै सम्बोधन नभए अराजकता ल्याउन सक्नेतर्फ ध्यानाकृष्ट गराए। विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक नगरभित्र सञ्चालित सो उद्योगहरूले पर्यटकीय नगरमा नकारात्मक असर पारिरहेको बताउँदै नेपो उद्योगलाई ध्वनी र धुँवा प्रदूषण नहुने गरी बिहान १० देखि ५ बजेसम्म चलाउने निर्देशन दिइएकोमा कार्यान्वयन नभएको हुँदा तत्काल कारबाही गर्नुपर्ने माग राखे।  

औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरणको विषयमा उद्योग मन्त्रालयले समिति गठन गरी आवश्यक निरीक्षणपश्चात कसरी अगाडि बढ्नु उचित हुने टुंगो लाग्ने बताए। कुनै पनि उद्योग स्थानीयको चाहनाविपरीत अगाडि बढ्न नसक्ने स्पष्ट पार्दै सिटौलाले दर्ताविना सञ्चालन भएका उद्योगहरू कानुनको दायरामा आउने प्रष्ट पारे।

छलफलमा उक्त उद्योग रहेको भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालयका सृजना श्रेष्ठ, कार्यालयका निर्देशक सञ्जयलाल मानन्धर, भक्तपुर नपाका कर्मचारी गौतमप्रसाद लासिवा र पीडित स्थानीय विनोदचरण रायको टोली सहभागी थिए।
अर्को समाचार
विमानस्थल विस्तार गर्न घोडा प्रजनन् केन्द्र स्थानान्तरणकाे तयारी
११ माघ २०८०
•
२ मिनेट पाठ
विमानस्थल विस्तार गर्न घोडा प्रजनन् केन्द्र स्थानान्तरणकाे तयारी
भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ। लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पका रुपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो।




विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन्। केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो।

सरोकारवाला निकायका सबै सकारात्मक देखिएसँगै विस्तारको काम अघि बढ्ने भएको हो। भरतपुर महानगरपालिकाले विस्तारको पहल गर्दै आएको छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर धावन मार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिइन्। मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले निर्देशन दिइसकेको जनाइएको छ। 

अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ। यो तराईको लुक्ला भनेर पनि परिचित गरिन्छ। प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार पाँच सय मिटर बनाइँदै छ। अहिले एक हजार दुई सय मिटर मात्रै लामो छ। यससँगै ७२ सिट क्षमताका ठूला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उनले जानकारी दिए।

गत शनिबार भरतपुरको श्री नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको जानकारी दिएका थिए।

यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताए। सोही अवसरमा रक्षामन्त्री खड्काले स्थलगत निरीक्षण गरी प्रजनन् केन्द्र सार्ने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिएका थिए।

केन्द्रमा साना ठूला गरी हाल ११० घोडा छन्। वि.सं. २०४१ बाट केन्द्र सञ्चालनमा छ। यहाँ जन्मिएका घोडाका बच्चालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौं पठाउने गरिन्छ। प्रजनन् केन्द्र स्थानान्तरण गरिए पनि सेनाको गण भने यही रहने जनाइएको छ।

धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिए।

नयाँ टर्मिनल भवन बन्दै गरेको जनाउँदै उनले विस्तारका लागि जग्गाको व्यवस्था भएसँगै धावनमार्ग विस्तारको काम तत्काल अघि बढाउने बताए। चालु आर्थिक वर्षमा धावनमार्गका लागि कार्यक्रमसमेत राखिएको उनले जानकारी दिए।

यो विमानस्थल वि.सं. २०१५ मा निर्माण भएर विसं २०१८ बाट सञ्चालन हुँदै आएको छ। विमानस्थलको हाल कुल क्षेत्रफल ६२ बिघा रहेको छ। यसमा एक हजार दुई सय मिटर मात्र धावनमार्ग छ। विमानस्थलबाट अहिले काठमाडौं र पोखरा उडान हुँदै आएको छ। छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ। –रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस