मानहुँमा उर्लिएको भीड
२२ कार्तिक २०७७
•
५ मिनेट पाठ
मानहुँमा उर्लिएको भीड
तनहुँको मानहुँडाँडामा शनिबार घुम्न पुगेका पाहुनाको भीड । तस्बिर सौजन्य: पुर्ण गुरुङ
पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने जो कोहीले तनहुँको दमौली आइपुग्दा आँखैमा ठोकिने कहालीलाग्दो भीर देख्न पाउँछन् । त्यो भीरको सिरानमा समथर भूभाग छ । राजमार्गमा गुड्नेले त्यहाँ समथर भूभाग भएको अड्कल समेत लगाउन सक्दैनन् । जबसम्म त्यो डाँडाको टुप्पैमा पुगिन्न, तबसम्म त्यहाँको भू बनोटबारे अड्कल काट्न कठिन छ । त्यही डाँडाको नाम हो–मानहुँ ।




तनहुँको ब्यास नगरपालिका–५ मा पर्छ मानहुँ । मानहुँको टुप्पोमा कोट पनि छ । त्यसैले कतिपयले त्यसलाई मानहुँकोट भनेर पनि चिन्छन् । त्यही मानहुँको डाँडामा घुम्न पुग्ने आन्तरिक पाहुनाको शनिबार थामिनसक्नु भीड लाग्यो । त्यो भीड अरु कुनै मेला वा भेलाका लागि थिएन, सदरमुकाम दमौली र आसपासलाई बादलले ड्याम्मै छोप्दा माथि खुलेको सूर्याेदय हेर्नका लागि उक्लिनेको भीड थियो । सूर्याेदय हेर्ने बाहेक डाँडामा रमाउन उक्लिनेको भीड मध्यान्हसम्म उस्तै थियो ।  

‘शनिबार बिहान ३ बजेदेखि सडकमा मोटर गुडन् थालेका थिए । एकाएक भीड उर्लिदा व्यवस्थापनमा समेत कठिन भयो,’ ब्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ भन्छन, ‘उर्लिएको भीड व्यवस्थापनमा १५ जना प्रहरी र ५ जना ट्राफिक प्रहरी नै परिचालन गर्नुपर्‍यो ।’ उनका अनुसार शनिबार मात्र करिब १५ हजार आन्तरिक पाहुना घुमघामका लागि मात्र मानहुँडाँडा उक्लेको अनुमान छ । ‘म आफै डाँडामा उक्लिन नसकेर बीचबाटै फर्किनुपर्‍यो । सडकका दुवै किनारमा यत्रतत्र गाडी पार्किङ गरिँदा सकस भयो,’ उनले भने, ‘यस्तो भीड होला भन्ने त सोचेका पनि थिएनौ । भीड छिचोल्न सकस भएपछि बीचबाटै फर्केको हुँ ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार काठमाडौदेखि तराईसम्म र तनहुँ आसपासका जिल्लाका युवायुवती मानहुँ उक्लिन बिहानै सदरमुकाम दमौली आइपुगेका थिए । अधिक भीड हुँदा कतिपय त डाँडामा उक्लिनै नसकेर बीचबाटै फर्किनुपरेको उनले बताए । ‘सोच्दै नसोचेको भीडभाड भयो । कोरोनाको यो बेला सबैतिर घुम्न सहज नहुँदा मानहुँडाँडाले अवसर जुटायो,’ उनले भने, ‘यतिधेरै आन्तरिक पाहुना आउलान् भन्ने सोचेका पनि थिएनौ ।’ उनका अनुसार बिहान सबेरै जाने सूर्याेदय हेर्नका लागि थिए । त्यसबाहेक ठुलो संख्याका पाहुना शुक्रबार बेलुकी नै टेन्ट टाँगेर डाँडामा बसेका थिए ।  

‘मानहुँकोटमा बास बस्ने ठाउँ नहुँदा सदरमुकाम दमौलीका सबै होटल शुक्रबार बेलुकीका लागि बुकिङ थिए । दमौलीका होटलमा बास नपाएपछि कतिपय पाहुना घाँसीकुवाका होटलमा समेत बास बस्न पुगेका थिए । ‘बास बस्ने ठाउँ नपाएर धेरै पाहुनाले शुक्रबार बेलुकी सकस खेपे,’ उनले भने, ‘यत्तिको भीडभाड पहिलो पटक भयो । सधैं पाहुना आउने निश्चत हुन्थ्यो भने त्यही अनुसार व्यवस्थापन हुन्थ्यो । तर, त्यो हुने अवस्था रहेन ।’ यो आगमनले आगामि दिनमा मानहुँलाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा बल पुगेको उनले बताए ।  

मोटरसाइकल र निजी सवारीमा राजमार्गबाट उकालो लाग्नेको भीडभाड दिउँसो अबेरसम्म हुँदा जसोतसो उक्लिएकालाई फर्किन पनि उस्तै सकस भएका उनले बताए । युवापुस्ता बाहेक परिवारैसहित घुम्न आउने पाहुना पर्याप्त भएको उनले सुनाए । मानहुँमा घुम्न पुग्नेको संख्या अधिक भएपनि त्यहाँ खानपिन र बसोबासको अहिलेसम्म उचित व्यवस्था छैन । कुनैबेला ७० घर रहेको मानहुँडाँडामा अहिले ६ घर छन् । खानेपानीको चरम अभाव भएपछि त्यहाँका गाउँलेले घरबार छाड्न थालेका थिए ।

मानहुँ घुम्न जानेमा पोखराबाट समेत उस्तै भीड थियो । पोखराका पुर्ण गुरुङ बिहान ४ मानहुँका लागि हिडेका थिए । परिवारका सदस्य सहित निजी गाडिमा गएका उनलाई मानहुँको फेँदीमा पुग्न २ घण्टा लागेको थियो । पोखराबाट जम्मा ५० किलोमिटर दुरीमा मानहुँको फेँदी भएपनि मोटरसाइकल र निजी सवारीको भीडका कारण दुईघण्टा लागेको उनले बताए । ‘मैले पोखरामा देखेका निजी सवारी र मोटरसाइकल सबै मानहुँका लागि गएका रहेछन् । पोखरामा नयाँवर्षमा हुने सडक महोत्सवमा जस्तै सडकमा भीड थियो,’ उनले भने, ‘त्यो भीड छिचोलेर डाँडामा पुग्न निकै नै सकस भयो ।’

सदरमुकाम दमौलीदेखि सातकिलोमिटर माथिको त्यो डाँडासम्म पुग्ने मोटरबाटो छ । त्यसमा पनि धेरैजसो खण्ड कालोपत्रे भईसकेको छ । ‘अधिक जामले गर्दा डाँडामा नपुगि फर्किए,’ उनले भने, ‘फर्किदा पनि उत्तिकै दुख भयो । सातकिलोमिटर दुरी छिचोल्न २ घण्टा लाग्यो । ८ बजे फर्किन सुरु गरे, राजमार्गमा झरिसक्दा सबा १० बजेको थियो ।’ डाँडाबाट तल हेर्दा कुहिरोले ड्याम्म छेकिने  त्यही बेलाको सुर्याेदय हेर्न भनेर आफुहरु पोखराबाट हानिएर गएको गुरुङले सुनाए । ‘ट्राफिक व्यवस्थापनमै निकै नै सकस थियो,’ उनले भने, ‘त्यत्तिको भीड पोखराको सडक महोत्सवमा मात्र हुन्छ । हामी ओर्लिदै गर्दा उक्लिने पाहुनाको भीड अधिक बढिसकेको थियो । सडकमा तेर्साएर राखेका सवारी हटाउँदै हामी राजमार्गसम्म झर्‍यौ ।’

मानहुँकोटको यो मैदानले दसैंपछि आन्तरिक पाहुना पाउन थालेको थियो । अन्यत्रका चल्तिका गन्तव्यमा कोरोनाका कारण आउजाउमा सकस हुँदा मानहुँले भने पाहुनालाई स्वागत गर्ने अवसर पाएको थियो । ‘दिनमा दुईहजार जति पाहुना उक्लिरहेका थिए । तर, शनिबार कम्तिमा १५ हजार मान्छे त्यो डाँडामा पुगेका अनुमान छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘यो पटक मानहुँले आन्तरिक पाहुनाबाट न्यानो माया पायो । अब यो अवसरलाई सदुपयोग गरेर पर्यटनमा खर्चिनुपर्छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार रातीमा बास बस्नेगरि टेन्ट लिएर पनि ठूलो संख्यामा आन्तरिक पाहुना मानहुँ उक्लिरहेका छन् । त्यहाँ होटल र बसोबासका उत्तिसारो व्यवस्थापन नहुँदा बाहिरबाट जानेलाई केही समस्या छ । ठुला आकारका होटल नभएको र सिमित घरमा धेरैजना पाहुना अट्न सक्ने अवस्था नहुँदा बास बस्न चाहलेले टेन्ट सहित खाने बस्नेको जोहो गरेर उक्लिएको श्रेष्ठले बताए । अहिले ब्यास नगरपालिकाले मानहूँ पुगेका पाहुनाको सुरक्षाको लागि रेलिङ बनाईरहेको छ । त्यस्तै ४० लाख रुपैयाँ खर्चेर भ्यू प्वाईन्ट बनाउने काम थालिएको छ । डाँडामा रहेका पुराना घरलाई होमस्टे बनाउने तयारी छ ।  

तनहुँको पर्यटनमा सक्रिय रहेको संस्था सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङले पनि यो पटक कोरोनाले गर्दा अन्यत्रका गतिविधि ठप्प हुँदा मानहुँले पहिचान बनाउन सकेको बताए । ‘पूर्वाधार बनिरहेकोले आउजाउ सहज भएको छ । होमस्टे पनि विकास हुने क्रममा छ । अहिले नै पुगेर बस्न र खान समस्या छ । खाने र बस्ने व्यवस्थापन आफैले गर्नुपर्छ,’ उनले भने, ‘तर डाँडामा उक्लेपछिको  रोमाञ्चकता बताईसक्नु हुँदैन ।’ समुन्द्री सतहदेखि ११ सय मिटर उचाइको यो डाँडाबाट अन्नपूर्ण, माछापुछ्रेदेखि मनास्लुसम्मका हिमश्रृंखला देख्न सकिन्छ । त्यसबाहेक मादीनदीको नागवेली आकार र आसपासको हरियाली, दमौली बजार सहजै देख्न सकिन्छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस