रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा लक्ष्यको तुलनामा निकै कम राजस्व संकलन गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो।
नाकाबाट न्यून आयात हुँदा चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनाको राजस्व संकलन प्रभावित बन्न पुगेको कार्यालयको तथ्यांकले देखाउँछ। कार्यालयले तीन महिनामा २ अर्ब ४० करोड ८५ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ६३ करोड ४० लाख २८ हजार मात्र राजस्व संकलन भएको छ। यो लक्ष्यको २६.३२ प्रतिशत मात्रै हो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले चीनसँग हुने आयात तथा निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पूर्ण प्रभावित बन्न पुगेको बताए। ‘अहिले रसुवागढी नाकाबाट न्यून सामग्री मात्र आयात भइरहेको छ’, उनले भने, ‘निर्यात लामो समयदेखि ठप्प छ।’
कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा ६८ करोड १० लाख ६५ हजार, भदौमा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ र असोजमा १ अर्ब १३ करोड ३६ लाख ५४ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा साउनमा २३ करोड ५६ लाख ९८ हजार, भदौ महिनामा १५ करोड ३७ लाख र असोजमा २४ करोड ४३ लाख ९८ हजार राजस्व संकलन गरेको छ।
भन्सार विभागले रसुवा भन्सारलाई चालु आर्थिक वर्ष २०७७/७८ का लागि ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको छ। गत आर्थिक वर्षमा पनि लामो समय नाका बन्द भएका कारण वार्षिक लक्ष्य पूरा हुन सकेको थिएन। यो वर्ष पनि लक्ष्य पूरा गर्न कार्यालयलाई कठिनाइ छ।
कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।