सिरहाको बरियारपट्टी गाउँपालिकाको चौथो गाउँसभा आइतबार सम्पन्न भएको छ। गाउँसभाले चालु आर्थिक वर्ष ०७७/७८ को अनुमातिक बजेट ५१ करोड ८७ लाख ६८ हजार २ सय २४ रुपैयाँ प्रस्तुत गरिएको छ।
गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत गरिएको बजेटमा कृषि र सिँचाइलाई प्राथमिकता दिइएको छ। अध्यक्ष महतोले भने,‘कृषि विद्युतिकरणमार्फत किसानको खेतमा निःशुल्क सिँचाइ सुविधा पुर्याउँछौं।’
सभामा गाउँपालिकाको आन्तरिक आम्दानी १ करोड ५५ लाख , संघीय सरकारको वित्तिय समानिकरण अनुदान ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदान १७ करोड २ लाख, संघीय सरकारको राजस्व बाँडफाँड ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदान २० लाख, सामाजिक सुरक्षा भत्ता ३ करोड ५५ लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रम १० लाख ३० हजार, शौर्य उर्जा कार्यक्रम ८ लाख र गत वर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ रुपैयाँ प्रस्तुत गरिएको छ।