रोल्पामा काम गरिरहेको एक लघुबित्त बित्तिय सस्थाले ग्राहकलाई अनुदान वितरण गरेको छ। दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले सोमबार रोल्पाको सुलिचौरमा एक औपचारीक कार्यक्रमका बीच उक्त अनुदान हस्तान्तरण गरेको हो। सुनिलस्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती र संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत सारदा शर्माले चारवटा बोयर बोका, चार वटा सिचाई स्प्रे, ८ वटा हजारी लगायतका सामाग्री ग्राहकलाई अनुदान स्वरुप हस्तान्तरण गरेका थिए।
संस्थाकी नायब प्रमुख कार्यकारी अधिकृत सारदा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सहभागीले महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले पूर्वी रोल्पामा उद्यमीहरु महिलाहरुलाई सहज बनाएको बताएका थिए। प्रमुख अथितिका रुपमा रहेका सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले ग्राहकलाई अनुदान दिनु नयाँ कामको थालनी भएको बताए। ‘बिपन्न महिलालाई अनुदान दिनु महत्वपुर्ण हो।’ उनले कृषकतिर लक्षित गर्दै भने ‘यदि तपाईहरु साच्चीकै कृषक हो भने सावा तपाई तिर्नुस ब्याज गाउँपालिकाले तिर्ने छ।’
२०६० सालदेखि बित्तिय क्षेत्रमा काम थालेको सस्थाले नाफाको दुई प्रतिशत रकम संस्थागत ग्राहक संरक्षण कोषको माध्यम मार्फत अनुदान वितरण गर्न थालेको हो। महिला उद्यमीसंग मात्र काम गरिरहेको संस्थाले अहिले युवा पुरुष ब्यवसायसंग पनि काम गर्न तालेको संस्थाकी सारदा शर्माले बताईन्। पछिल्लो समय महिला सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेडले आफ्ना ग्राहक सदस्य सुत्केरी हुँदा तिन हजार रुपैयाँ र एकाघरमा किरिया खर्चको अवस्था आएमा २५ हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ।
पटक पटक बिभिन्न बिबादमा आउने लघुबित्तहरुका बीचमा महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले उदाहरणीय काम गरेको भन्दै सहभागीले धन्यबाद दिएका थिए।