नेपालीहरुको मुख्य चाडवाडहरु नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय रोल्पाले यहाँका मुख्य ब्यापारिक केन्द्रहरुमा बजार अनुगमनलाई तीव्रता दिएको छ। गत साता सदरमुकाम लिवाङ बजार अनुगमन गरेको प्रशासनले बुधबार जिल्लाको ठूलो ब्यापारिक केन्द्र सुनिलस्मृती गाउँपालिकाको सुलिचौर बजारको अनुगमन गरेको थियो।
म्याद सकिएका खाद्य सामाग्रीहरु बिक्रि वितरण र कालो बजारी गरिएको पाइएकाले बिभिन्न सामाग्रीहरु जफत गरि नस्ट गरिएको अनुगमनमा गएका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसिले बताए। उनले भने ‘म्याद सकिएका खाद्य सामाग्री जफत गरेर नस्ट गरेका छौ भने कालो बजारी गरिरहेको डिजेल र पेट्रोल लिलाम गरेर राजस्व जम्मा गर्ने छौ।’
दुर्गम जिल्लाहरुमा ब्यापारीहरुले म्याद सकिन थालेका खाद्य सामाग्रीहरु पठाउने तथा स्थानीय ब्यापारीले पनि खान नमिल्ने भईसकेका सामाग्री बेच्ने गरेका कारण अनुगमनलाई तीव्रता दिनु परेको प्रशासन कार्यालयले बताएको छ। जिल्ला समन्वय अधिकारी, प्रहरी, सुनिलस्मृती गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, घरेलु, पशु कार्यालयका प्रमुख लगायतले बजार अनुगमन गरेका थिए।