चाडपर्वमा मात्रै बजार अनुगमन
२१ असोज २०७७
•
३ मिनेट पाठ
चाडपर्वमा मात्रै बजार अनुगमन
बैतडीको सुर्नया गाउँपालिकामा भेटिएका म्यान गुज्रेका खाद्यवस्तु नष्ट गर्दै बजार अनुगमन टोली । तस्बिरः नागरिक
चाडपर्व नजिकिएको छ। बजारभाउ आकाशिएको छ। दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन्। तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन्।




यो वर्ष मात्रै होइन हरेक वर्ष बैतडीमा चाडपर्व दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ। अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ। मानौं गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन्।

विगतमा जस्तै चाडपर्वको मुखमा आएर बजार अनुगमन हुने परम्पराले जिल्लामा यसपटक पनि निरन्तरता पाएको छ। विशेषगरी गौर, दसैंतिहार जस्ता ठूला पर्व र असार मसान्तमा अनुगमनको रकम सक्न बजार अनुगमन हुने गरेको स्थानीयको गुनासो छ। चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएपछि बजारमा अखाद्यवस्तुको बिक्री निरन्तर हुने गरेको उपभोक्ता बताउँछन्।

जिल्ला घरेलु तथा साना उद्योग बैतडीको संयोजकत्वमा खटिएको संयुक्त टोलीले बजार अनुगमन गरेको हो। सदरमुकाम, सुर्नया, डिलासैनी, दोगडाकेदार गाउँपालिका र मैलौली नगरपालिकामा बजार अनुगमन गरी म्याद नाघेका लाखौं रुपैयाँको अखाद्य वस्तु नष्ट गरिएको छ। कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए।

चाडपर्वमा मात्रै गरिने बजार अनुगमन प्रभावकारी नहुँदा सदरमुकामकै पसलमा म्याद नाघेका चाउचाउ बिष्कुट भेटिने गरेको उपभोक्ताको गुनासो छ। पसलबाट अखाद्य वस्तु बरामद गरे पनि व्यवसायीलाई कारबाहीको दायरामा नल्याउँदा बजारमा म्याद नाघेका वस्तु बिक्री वितरण हुने गरेको उपभोक्ताले बताएका छन्। गोठालापानी बजारमा धेरै पसल दर्ता नगरी सञ्चालन गरेको समेत अनुगमनका क्रममा भेटिएका छन्। दर्ता नभएका पसल दर्ता गर्न र म्याद नाघेका वस्तु बिक्री नगर्न र उपभोक्तालाई उत्पादन मिति हेरेर समान खरिद गर्न अनुगमन टोलीले आग्रह गर्दै आएको छ।

म्याद नाघेका अखाद्य वस्तु तराईका बजारबाटै पहाड आउँदा समस्या हुने गरेको व्यवपारी बताउँछन्। ‘म्याद सकिनै लाग्दा यता पठाउँछन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘व्यपारी र ग्राहक जागरुक नहुँदासम्म यस्ता सामग्री बिक्री हुने क्रम रोक्न समस्या छ।’ नीति नियम तथा कार्यान्वयन पाटो पनि फितलो छ। फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत तथा जरिवाना नगराइ छाडिने गरिएको उपभोक्ता बताउँछन्।

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउने गरेका छैनन्। बिक्रीको लागि राखिएका वस्तुको उत्पादन मिति र व्याच मात्रै हेरेर अनुगमन गरिँदै आएको छ। एक व्यापारीले अर्को व्यापारीलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सन्देश प्रवाह गर्दा अनुगमन कार्य फितलो भएको देखिन्छ। अनुगमन टोली आउँदै छन् भन्ने सुइको पाउनासाथ व्यापारीहरु पनि ढोका थुनेर बस्ने गर्छन्। अनुगमनलाई निरन्तरता दिँदै दसैंतिहारमा मात्रै होइन निरन्तर बजार अनुगमन गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख लेखकले जानकारी दिए।

प्रत्येक वर्ष उपभोक्ता ठगिने, लुटिने क्रम बढ्दो भए पनि उचित अनुगमन र कारबाहीमा प्रभावकारिता नहुँदा ठगिने पक्षमा सुधार आउन नसकेको स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठीले बताए। मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो केवल देखाउने दाँत मात्र भएको उनी बताउँछन्।
अर्को समाचार
चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
०७ भदौ २०७८
•
३ मिनेट पाठ
चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
अघिल्ला वर्षमा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन हुने गरिए पनि यो वर्ष भने बैतडी बजार अनुगमन गरिएको छैन। उपभोक्ता हित रक्षा र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यको बजार अनुगमन गौरा पर्व नजिक आउँदासमेत हुन नसकेको उपभोक्ताले बताए। 




चाडपर्वको बेला कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण हुने गरे पनि सम्बन्धित निकायले अनुगमनमा चासो देखाएको छैन। अनुगमन नहुँदा कालोबजारी, मूल्यवृद्धि, अखाद्य वस्तु बिक्री वितरण बढ्न थालेको छ। 

व्यवसायीले उपभोग्य सामग्रीको मूल्य पनि आफूखुसी बढाएका छन्। उपभोक्ताको खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए। गुणस्तरहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा असर गर्छ जस्तो गरेर चाडपर्वमा मात्र अनुमगन गर्ने परम्परा हटाउनुपर्ने उनको धारण छ।

बजार अनुमगन पनि सदरमुकाम मात्रे सीमित नराखेर ग्रामीण क्षेत्रमा समेत हुनुपर्ने उनको भनाइ छ। चाडपर्वलाई लक्ष्य गरेर केही दिनमै बजार अनुगमन सुरु गर्ने तयारी रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र  भारती बताउँछन्। यसअघि निषेधाज्ञाको बेला पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरी ८ लाखको अखाद्य सामग्री बरामद गरी नष्ट गरेको थियो। त्यस बेला २ लाख ८४ हजार राजस्व संकलन भएको बताइएको छ।

बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। चाडपर्वमा मात्रै गरिने अनुगमन प्रभावकारी नहुँदा सदरमुकामकै पसलमा म्याद नाघेका चाउचाउ बिस्कुट भेटिने गरेको उपभोक्ताको गुनासो छ। पसलबाट अखाद्य वस्तु बरामद गरे पनि व्यवसायीलाई कारबाही नगर्दा म्याद नाघेका वस्तु बिक्री–वितरण हुने गरेको उपभोक्ताले बताए। गोठालापानी बजारमा धेरै पसल दर्ता नगरी सञ्चालन गरेको समेत अनुगमनका क्रममा भेटिएका छन्।  

म्याद नाघेका वस्तु तराईका बजारबाट पहाड आउँदा समस्या हुने गरेको व्यापारी बताउँछन्। ‘म्याद सकिनै लाग्दा यता पठाउँछन्,’ उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले भने, ‘व्यापारी र ग्राहक जागरुक नहुँदासम्म यस्ता सामग्रीको बिक्री रोक्न समस्या छ।’ नीति–नियम तथा कार्यान्वयन पाटो पनि फितलो छ। फेला परेका व्यापारीलाई सामान्य रूपमा सचेत गराएर छाड्ने गरिएको उपभोक्ता बताउँछन्।

अनुगमन गर्ने क्रममा टोलीले अनुगमन गर्ने प्रविधि तथा मापनयन्त्र समेत ल्याउँदैन। वस्तुको उत्पादन मिति र ब्याच मात्रै हेरेर अनुगमन हुन्छ। एक व्यापारीले अर्कोलाई अनुगमन गर्न टोली आउँदैछ भन्ने सूचना दिँदा कतिपय पसलको अनुगमन नै हुन पाउँदैन। अनुगमन टोली आएको सुइँको पाउनासाथ व्यापारी ढोका थुनेर बस्छन्। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख लेखक चाडपर्वमा मात्रै नभएर नियमित रूपमा अनुगमन हुनुपर्ने औंल्याउँछन्। प्रत्येक वर्ष उपभोक्ता ठगिइरहे पनि उचित अनुगमन र कारबाही नहुँदा ठग्ने क्रम नरोकिएको स्वतन्त्र विचार मञ्च बैतडीका अध्यक्ष गणेश ठकुराठीले बताए। मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू नहुँदा यो देखाउने दाँत मात्र भएको उनी बताउँछन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस