नुवाकोट जिल्लाका नमराज सापकोेटा गत साता राराताल पुगे। सबैले रारातालको वर्णन गर्दा उनलाई पनि एक पटक पुग्ने रहर जाग्यो। रारालाई कसैले अप्सरा भन्छन्, कसैले कर्णालीको रानी त कसैले रंग फेर्ने ताल। सापकोटाको मनमा पनि निकै छटपटी भयो। रारातालमा पुगेर सुन्दरतासंग रमाउने र राम्रोसंग राराताल नियाल्ने अठोट गरे।
जब उनी रारातालको छेउमा पुगे। निकै रमाए। कच्ची बाटोको यात्रामा लागेको थकान थकान मेटियो। मनभित्रका सबै उकुसमुकुस हटे। केबल राराताल तिर हेरिरहन मन लाग्यो। सापकोटाले भने,‘राराताल त सुन्दरताले भरिएको ठाउँ रहेछ। दुर्गमता भित्रको सुन्दरता रहेछ। मनभित्रको दुःख बिसाउने चौतारी र मनलाई शान्ति दिने छहारी जस्तै रहेछ। एक पटक रारातालको भ्रमण अनिवार्य रहेछ।’
साथीसंगीले राराताल घुमेको, तालमा डुंंगामा चढेको सामाजिक सञ्जालमा फोटो पोष्ट गरेको देखेका उनी आफैले झण्डै डेढ घण्टासम्म रमाए। उनले भने,‘रारा एक पटक पुग्नै पर्ने ठाउँ हो।’ राराताल तीन किलोमिटर चौडाइमा फैलिएको छ। सात किलोमिटर लम्बाइ। एक ठाउँबाट हेर्यो भने अर्को छेउसम्म राम्रोसंग देख्न सकिदैन।
राराताल नियाल्नको लागि पुग्नै पर्ने ठाउँ हो, मुर्माटप। यो रारा छायानाथ नगरपालिका भित्र पर्छ। मुर्माटबाट रारातालको पुरै दृश्य खिच्न सकिन्छ। मुर्माटपबाट हेर्दा लाग्छ,‘यो छुट्टै संसार हो। त्यसको आकाश भनेको राराताल हो। साना बालबालिकाले त राराताललाई आकाश जस्तो निलो देखिएको सम्झन्छन्।’
रारातालबाट तीन घण्टापछि मात्र मुर्माटप पुगिन्छ। मुर्माटप जानको लागि पैदल पनि जान सकिन्छ। त्यहाँसम्म पुग्नको लागि घोडाको समेत व्यवस्था छ। घोडामा जाँदा मुर्माटप जान र आउन गरेर दुई हजार रुपैयाँ लाग्छ। तर अहिले यहाँको पर्यटन व्यवसाय खस्केको छ।
रारा छायाँनाथ नगरपालिका ९ का बाँचे रोकाया रारा तालमा आउने अधिकांस पर्यटक मुर्माटपमा पुग्ने गरेको बताउँछन्। अहिले कोरोनाका कारण पर्यटन आएका छैनन्। उनले भने,‘पर्यटक नआउँदा व्यवसाय पनि शुन्य छ। नरमाइलो पनि भइरहेको छ।’ गाउँमा पर्यटक आउँदा कुखुरा, खालु सिमी, स्याउ किन्थे। घोडा व्यवसाय राम्रोसंग चलेको थियो। तर अहिले व्यवसाय ठप्प छ। पर्यटक आइपुगे पनि नजिकै जान डर लाग्छ।’
राराताल माझघट्ट हुँदै मुर्मा गाउँ पुग्छ। मुर्मा गाउँबाट कोच्चे काँध हुँदै मुर्मा टपमा पुगिन्छ। यहाँबाट राराताल देखिन्छ। हुम्ला, बाजुरा, जुम्ला मुगुको भूभाग अवलोकन गर्न सकिन्छ।
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।
सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।
दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने।
उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ।
किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।
पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।
'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...