गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यो वर्ष पाँच हजार मेट्रिकटन मात्र स्याउ फल्यो। स्याउको उत्पादन घटेपछि मूल्य त बढ्यो तर किसान सन्तोष हुन सक्ने अवस्था आएन। कर्णालीमै सबैभन्दा बढी स्याउ जुम्लामै फल्छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जुम्लामा ६० प्रतिशतले स्याउ उत्पादनमा कमि आएको बताउँछन्। उनले भने,‘यो स्याउ फलेन। किसानको लगानी पनि उठ्न सकेन। मूल्य बढेपछि स्याउको उत्पादन प्रति किसान सन्तुष्ट छैनन्।’
जुम्ला त उदाहरण मात्र हो। जुम्ला जस्तै साबिकको कर्णालीका जिल्लामा यो पटक ७० प्रतिशत स्याउ कम फल्यो। कर्णालीभरी गत वर्षको तुलनामा यो वर्ष स्याउ उत्पादन कम भएको कृषि कार्यालयहरु बताउँछन्। बजारमा स्याउको मूल्य बढ्यो, तर किसानको बगैँचामा स्याउ फलेन। बजार र उत्पादन भएको स्याउको तालमेल नमिलेकोले किसानले घाटा बेहोर्नु परेको अनुभव गरेका छन्।
अपेक्षा अनुसार स्याउ फलेन। उत्पादित स्याउ कोसेलीका रुपमा दिन पनि पुगेन। स्याउ किसान ओमबहादुर खत्री भन्छन्,‘सोचेअनुसारको उत्पादन नहुँदा आम्दानी समेत गुमेको आभास भइरहेको छ। जुम्लामा यसपाली प्रतिकेसी स्याउ ‘ए’ ग्रेडको १ सय ६० रुपैयाँ, ‘बी’ ग्रेडको १ सय ५५ रुपैयाँ र ‘सी’ ग्रेडको १ सय ५० रुपैयाँ तोकिएको थियो। उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने कृषि प्रमुख देवकोटा बताउँछन्।
हुम्लामा गतवर्ष साढे १४ सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो। यो वर्ष स्याउ उत्पादनमा ५० प्रतिशतले कमि आयो। स्याउ नफल्दा किसान चिन्तित छन्। कर्णालीमा प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ नफलेपछि किसानमा निराशा जागेको छ। मुगु जिल्लामा गत वर्ष १५ सय मेट्रिकटन स्याउ फल्यो। यो वर्ष ७० प्रतिशत उत्पादन घटेको छ। स्याउ उत्पादन घटेपछि यो वर्ष बाहिरी जिल्लामा स्याउ निर्यात नभएको जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलाल बुढा बताउँछन्। कर्णालीको स्याउको बजार प्रसस्त छ, उनले भने,‘तर उत्पादन नहुँदा बजारसम्म पुर्याउन सकिएको छैन। माग अनुसार स्याउ आपुर्ति गर्न कठिन भइरहेको छ ।’
गतवर्ष तीन हजार दुई सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएको डोल्पामा यो वर्ष झण्डै चारसय मेट्रिकटन स्याउ मात्रै उत्पादन भएको थियो। कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले डोल्पामा स्याउ नफलेको बताए। कर्णालीको साबिकका जिल्ला जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्लामा अर्गानिक स्याउ उत्पादन हुन्छ।
स्याउको फूल फुल्ने समयमा असिनापानी पर्दा फूल झरेपछि स्याउ उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालय बताउँछन्। गत जेठ बैशाखमा परेको असिना र पानीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख देवकोटाले सुनाए।
गतवर्ष कर्णालीको स्याउको मूल्य किलोको ८० र ९० रुपैयाँसम्म हुन्थ्यो। यो वर्ष १ सय ६० रुपैयाँसम्म पुग्यो, प्रमुख देवकोटा भन्छन्, ‘स्याउको उत्पादन घटेका कारण मूल्य बढ्यो। स्याउको उत्पादन घट्दा व्यवसायीक किसान भने मर्कामा परे।'
किसानलाई स्याउ खेतिमा आकर्षण गर्न कर्णालीमा स्याउ आत्मनिर्भर कार्यक्रम, एक घर एक बगैँचा जस्ता कार्य चलेका थिए। पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायीक रुपमै स्याउ उत्पादन सुरु गरेका छन्। कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, पोखरा र काठमाडौं लगायतका सहरमा बिक्री हुने गरेको छ। स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएका छन्। त्यही अनुदानका कार्टुन समूह सहकारीमा माज्ञ जाने भएकोले विदेश स्याउको कार्टुनमा समेत कर्णालीको स्याउ निर्यात भइरहेको छ।
कर्णालीमा रेड, रोयल, गोल्डेन, जोनाथन, चक्लेटी र फुजि जातका स्याउको खेती गरिँदै आएको छ। अहिले मुगुमा बाहिर जिल्ला निर्यात गर्ने स्याउ छैन। उत्पादन घटेपछि जिल्ला बाहिर निर्यात गर्ने स्याउ नै नभएको जिल्ला कृषि विकास कार्यालयमा मुगुका प्रमुख पञ्चलाल बुढा बताउँछन्। उनका अनुसार कृषि कार्यालयले अघिल्ला वर्षहरुमा स्याउ निर्यातका लागि चार हजारभन्दा बढी कार्टुन किसानलाई दिदै आएको थियो। यो वर्ष किसानले कार्टुन मागेनन्। जिल्ला बाहिर निर्यात नभएपछि गमगडी बजारमै १० देखि पन्ध्र रुपैयाँमा दानामा स्याउ किनबेच भइरहेको छ।
कर्णालीमा सडक सञ्जाल जोडिएपछि किसानले स्याउ जिल्ला बाहिर पठाउन थालेका थिए। गतवर्ष स्याउ बेचेर ५० हजार रुपैयाँ आम्दानी गरेकी छायाँनाथरारा नगरपालिका ५ कार्कीबाडाका जगमाया भामले यो वर्ष दुई हजार मात्रै आम्दानी गरेको बताइन्। बजार र मूल्य राम्रो भएकोले अन्य कृषि बाली उत्पादन छोडेर स्याउखेतिमा लाग्यौँ, उनले भनिन्,‘स्याउले पनि आशा मरिसक्यो। यो वर्ष स्याउ कम फलेपनि अर्को वर्षको लागि निकै मेहनत गरिरएको छौँ।’
स्याउको उत्पादन घटेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ताले किसानलाई पिरोल्न थालेको छ। हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्लामा स्याउको फाटफुट्ट बिक्री भइरहेको छ। किसानका अनुसार जहाजबाट स्याउ निर्यात गर्दा महंगो पर्ने भएकाले दश रुपैयाँ दानाको स्याउ बिक्री गर्नु परेको किसान बताउँछन्।